Breaking 2

अपांगता भएकालाई सक्षम बनाउन जरूरीः प्रदेश प्रमुख भट्ट
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले अपांगता भएका व्यक्तिहरुलाई सक्षम बनाउन जरुरी रहेको बताउनुभएको छ । उनीहरुलाई रोजगारी प्रदान गरी सहज जीवनयापनका लागि सक्षम बनाउनु आजको मुख्य दायित्व रहेको उहाँको भनाई छ । नेपाल दृष्टिविहीन कल्याण संघको पोखरामा शनिबार भएको ३८ औं केन्द्रीय वार्षिक साधारणसभाको उद्घाटन गर्नुहुँदै प्रदेश प्रमुख भट्टले अपाङ्गता भएका व्यक्तिहरू समाजका...
गण्डकी प्रदेश दीर्घकालीन पुनर्स्थापना केन्द्र सञ्चालनका लागि सम्झौता
पोखरा । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय र कोपिला नेपाल, पोखरा–६ बीच गण्डकी प्रदेश दीर्घकालीन पुनस्र्थापना केन्द्र सञ्चालनका लागि सम्झौता भएको छ। सम्झौतामा मन्त्रालयका महाशाखा प्रमुख प्रकाशचन्द्र ढुङ्गाना र कोपिला नेपालकी कार्यकारी निर्देशक बिना सिलवालले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार कोपिला नेपालले “गण्डकी प्रदेश दीर्घकालीन पुनस्र्थापना केन्द्र सञ्चालन (प्रथम संशोधन), कार्यविधि २०८२” बमोजिम घरेलु...
कस्ताे छ आजको माैसम
पोखरा । अहिले मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको तराई र पहाडी भू–भागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशलगायत बाँकी पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक–दुई स्थानमा...
अन्नपूर्ण क्षेत्रमा पर्यटक बढेसँगै प्रवेश शुल्क आम्दानी ४६ करोडभन्दा बढी
पोखरा । पछिल्लो वर्ष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)मा पर्यटक आगमन उल्लेख्य बढेपछि प्रवेश शुल्क आम्दानी पनि उल्लेख्य रुपमा वृद्धि भएको छ । एक्यापका अनुसार आव २०८०/८१ मा दुई लाख ७८ हजार ११३ विदेशी पर्यटक उक्त क्षेत्रमा पुगेका थिए । अघिल्लो आवको तुलनामा करिब २५ प्रतिशत बढी पर्यटक भित्रिएपछि प्रवेश शुल्कबापत जम्मा ४६ करोड ४८...
पोखराबाट छेन्दुहुँदै अष्ट्रेलिया उडानको तयारी
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट छेन्दु हुँदै अष्ट्रेलिया उडान सुरु गर्ने तयारी चीनको सिचुवान एयरलाइन्सले गरेको छ । यसका लागि कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागिसकेको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलका अनुसार अनुमतिका विषयमा अनौपचारिक छलफल भएको छ र प्रक्रिया पूरा भएपछि अनुमति दिने तयारी भइरहेको छ । एयरलाइन्सले सेप्टेम्बरदेखि उडान सुरु...
लेखनाथको सिर्जना बहिरा माविको समस्या समाधानका लागि छानविन समिति गठन गरिने
पोखरा । विद्यालय सुधारको माग राखी आन्दोलन गरिरहेका सिर्जना बहिरा माध्यामिक विद्यालयका विद्यार्थीहरुसँग सोमबार सहमति भएको छ । पोखरा महानगरपालिका वडा नं. २६ का अध्यक्ष नरेन्द्र थापाको पहलमा भएको सर्वपक्षीय भेलामा विद्यार्थीहरुले उठाएको समस्याका लागि महानगरको शिक्षा महाशाखामा लेखि पठाउने सहमति भएको हो । विद्यार्थीहरुले उठाएका समस्या समाधानका समिति बनाई छानविन गर्न महानगर शिक्षा महाशाखालाई...
संस्था दर्ता र नियमनका लागि नयाँ कानुन प्रस्ताव
काठमाडौँ ।  सरकारले संस्था दर्ता, नियमन र व्यवस्थापनसम्बन्धी छरपस्ट प्रचलित कानुनलाई एकीकृत गर्ने तयारी अघि बढाएको छ। गृह मन्त्रालयले तयार पारेको मसौदा विधेयकमा अहिलेको समाज कल्याण परिषद् खारेज गरी समाज कल्याण विभागमार्फत नियमन गर्ने व्यवस्था प्रस्ताव गरिएको छ। प्रस्तावित कानुन पारित भएपछि राष्ट्रिय निर्देशन ऐन, संस्था दर्ता ऐन र समाज कल्याण परिषद् ऐन खारेज हुनेछन्।...
पर्यटकहरुलाई लेक लाग्ने समस्यामा सुरक्षा प्रदान गर्न सराेकारवालाबिच छलफल
पोखरा । उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हिमाली क्षेत्रमा पुग्ने पर्यटकको सुरक्षालाई केन्द्रमा राखेर मुस्ताङ स्थित घरपझोङ गाउँपालिकाको आयोजना र होटल संघ पोखरा नेपालको समन्यमा कार्यक्रम भएको हो । खासगरी पछिल्ला वर्षहरुमा...
कास्कीका फोटो पत्रकारले मनाए विश्व फोटोग्राफी दिवस
पोखरा । नेपाल फोटो पत्रकार संघ, कास्कीले शुभकामना आदानप्रदान गरी विश्व फोटोग्राफी दिवस मनाएको छ । संघले १ सय ८६ औं फोटोग्राफी दिवसको अवसरमा कास्कीको मादी गाउँपालिका– ५, सुनपदेलीमा शुभकामना आदानप्रदान, बधाई तथा तीज खाने कार्यक्रम गरेको हो । कार्यक्रममा संघका अध्यक्ष राम गुरुङलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले प्रदान गर्ने कञ्चन पत्रकारिता...
नेपाल पूर्वप्रहरी संगठनको ३५ औं स्थापना दिवस मनाइयो
पोखरा । नेपाल पूर्वप्रहरी संगठनको ३५ औं स्थापना दिवस मनाइएको छ । पूर्वप्रहरी संगठन इकाइ समिति लेखनाथले नेपाली महिलाहरुको पर्व हरितालिका तिजको अवसरमा पूर्वप्रहरी परिवार महिला संघका पदाधिकारी तथा सदस्यहरुलाई दर खुवाएर र बिरामी भएका आफ्ना सदस्यको स्वास्थ्य अवस्था बुझी स्वास्थ्य लाभको कामना गरेर मनाएको हो । समितिले पूर्वप्रहरी संगठनका सदस्य वीरबहादुर गुरुङ र प्रेम...