Breaking 1

पोखरामा जेनजी आन्दोलन हिंसात्मक, सरकारी र निजी सम्पत्तिमा आगजनी
पोखरा । जेनजी आन्दोलनले मंगलबार पोखरामा हिंसात्मक रुप लिँदै सरकारीदेखि निजी सम्पत्तिसम्म ध्वस्त बनाएको छ । बिहान ९ बजेदेखि सुरु भएको प्रदर्शन दिनभर उग्र बनेपछि संसद् भवन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश प्रमुखको निवाससहित अधिकांश सरकारी निकायमा तोडफोड तथा आगजनी भयो ।आगलागी गरिएका कार्यालयहरु जलेर ध्वस्त भएका छन् भने महत्वपूर्ण कागजात नष्ट भएका छन् ।...
सर्वोच्च अदालतमा आगजनी
सर्वोच्च अदालतमा पनि आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजीहरूले सिंहदरबारपछि सर्वोच्च अदालत पनि आगजनी गरेका हुन् । उनीहरू बिहानैदेखि विभिन्न शीर्ष नेताका घर, कार्यालय, प्रहरी कार्यालय, संसद् भवन लगायतमा तोडफोड र आगजनी गरिरहेका छन् ।
आन्दोलनकारीद्वारा पोखरा महानगर तोडफोड र आगजनी
पोखरा । आन्दोलनकारीले पोखरा महानगरपालिकाको कार्यालयमा भीषण आगजनी र तोडफोड गरेका छन् । महानगर कार्यालय अघि खटिएका सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडपका क्रममा सुरक्षाकर्मीलाई हटाएर आन्दोलनकारीले कार्यालय कब्जा गरेका छन् । उनीहरूले महागरभित्रै पसेर तोडफोड र आगजनी गरका छन् । महानगरभित्र रहेका सवारी साधनलाई बाहिर ल्याएर आगजनी गरिएको छ । भित्रै रहेका सवारीसाधन तोडफोड र आगजनी गरिएको...
जेन जीको आन्दोलनलाई मध्य नजर गरेर पोखरामा कर्फ्यु जारी
पोखरा । जेन जीको आन्दोलनलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले मंगलबर जारी गरेको कर्फ्यु आदेशमा भदौ २४ गते राति १० बजेसम्म तोकिएको क्षेत्रमा भेला, जुलुस, प्रदर्शन तथा धर्ना गर्न नपाउने उल्लेख गरिएको छ । जेन जी प्रदर्शनकारीले हिजो सोमबार...
जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते
काठमाडौं। ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ भने एक सय जनाको उपचार भइरहेको छ । यस्तै वीर अस्पतालमा छ जनाको उपचार भइरहेको...
जेनजीको आन्दाेलनलेउग्र रुप लिएपछि कास्कीका निषेध आज्ञा जारी
पोखरा । जेन जीको आन्दोलन नियन्त्रणा बाहिर जानथालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा निषेधाज्ञा जारी गरेको छ । प्रहरी घेराभित्र रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तोडफोडका र आगजनी प्रयास भएपछि पार्दी आसपासमा निषेधाज्ञा  जारी गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माद्वारा हस्ताक्षरित सूचना अनुसार, २०८२ असार २३ गते...
लेखनाथ  उद्योग वाणिज्य संघको नेतृत्वमा पहिलो पटक महिला निर्वाचित
पोखरा । पोखरा महानगरपालिका भित्र पर्ने (साविक लेखनाथ नगरपालिका) मा रहेको लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा निर्वाचित भएर जानुका पराजुली अधिकारीले इतिहास रचेकी छन् । २०५४ मा स्थापना भएको संघमा पहिलो पटक महिला अध्यक्षमा निर्वाचित भएकी हुन् । सोमबार बिहान सकिएको मतगणना अनुसार ९ सय ९६ मत ल्याएर जानुका पराजुली अध्यक्षमा निर्वाचित हुुँदा उनका प्रतिष्पर्धी...
सामाजिक सञ्चाल नचल्दा व्यवसायमा मार, निर्णय फिर्ता गर्न माग
पोखरा । नेपाल सरकारले फेसबुक, ह्वाट्सयप, इन्टाग्रामलगायत सामाजिक सञ्जाल नचल्दा व्यापार व्यवसायदेखि गण्डकी प्रदेशकै पर्यटन क्षेत्रमा ठूलो मार परेको भन्दै गण्डकीका युवा व्यवसायीले निर्णय फिर्ता लिन माग गरेको छ । अर्थतन्त्र नै प्रभावित परेको र हजारौं नागरिकको रोजीरोटी र दैनिकीमै असर पारेको भन्दै अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) गण्डकीले प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मांमार्फत...
४ सय जनाको सित्तैमा रक्त परीक्षण
पोखरा । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले शनिबार पोखराका २ स्थानमा भएका शिविरमा करिब चार सय जनाको सित्तैमा रक्त परीक्षण गरेको छ । सहयात्री बचत तथा ऋण सहकारीको साधारणसभामा भएको शिविमार २ सय पाँच जनाको सित्तैमा मधुमेह र रगतमा हुने खराब बोसो (टिजी)सम्बन्धी जाँच गरिएको हो । यस्तै, नवीन बचत तथा ऋण सहकारीको १९ औं साधारणसभा...
पोखरामा सुपर फास्ट इभी चार्जिङ केन्द्र सञ्चालनमा
पोखरा । पोखरा सिमलचौरमा अत्याधुनिक विद्युतीय सवारीसाधन चार्जिङ केन्द्र सञ्चालनमा आएको छ । ४०० किलोवाट पावरयुक्त यो हब एकैपटक १० वटा ईभी चार्ज गर्न सक्ने क्षमतासहित प्रदेशकै सबभन्दा ठूलो चार्जिङ केन्द्र हो । वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रको सहयोगमा चार्जिङ स्टेसन निर्माण गरिएको हो । स्टेसनको उद्घाटन गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटाले...