भष्ट्राचारको छानबिन नेकपा एमालेबाट सुरु गर्न नेता खगराज अधिकारीको आग्रह

भष्ट्राचारको छानबिन नेकपा एमालेबाट सुरु गर्न नेता खगराज अधिकारीको आग्रह

संविधानलाई लिकमा ल्याउन छाेटो समयको लागि संसद पुनर्स्थापना गर्न माग

uml news pokhara photo 1

पोखरा। नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले भष्ट्राचारको छानबिन नेकपा एमालेबाट सुरु गर्न आग्रह गर्नुभएको छ । जेनजी आन्दोलपछि उत्पन्न परिस्थितिमा लोकतन्त्रको जर्गेना र संविधानको रक्षाका लागि भन्दै नेकपा एमाले पोखरा महानगर कमिटीले मंगलबार पोखरामा प्रर्दशन गरेको र्‍ यालीपछि आयोजित कोण सभामा बोल्दै उहाँले नेकपा एमालेका अध्यक्ष केपी ओलीबाट नै भष्ट्राचारको छानबिन सुरु गर्न आग्रह गर्नुभएको हो ।

“जेनजी पुस्ताले उठाएको मागप्रति नेकपा एमाले सकारात्मक छ”,उहाँले भन्नुभयो,“नेकपा एमालेको अध्यक्ष केपी ओलीबाट भष्ट्राचारको छानबिन सुरु गर, गण्डकीमा मबाटै नै छानबिन सुरु गर, एक पैसा पनि भष्ट्राचार। गरेको प्रमाणित भए सम्पूर्ण सजाँय भोग्न तयार छौँ ।” गत भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको गौरीबहादुर कार्की नेतृत्वको छानबिन आयोगले निष्पक्ष छानबिन गर्न नसक्ने दाबी गर्दै अधिकारीले कार्की नेतृत्वको आयोग खारेज गर्नुपर्ने बताउनुभयो ।

“भदौ २३ गते नै सामाजिक सञ्जालमा गौरीबहादुर कार्कीले केपी ओलीलाई सिंहदरबारबाट निकाल्न्न पर्दछ भनेर लेखेका थिए,” उहाँले भन्नुभयो,“आन्दोलनलाई उत्तेजित बनाउने कार्की नेतृत्वको आयोगले २ दिनका घटनाको निष्पक्ष छानबिन गर्न सक्दैन, यसलाई खारेज गरेर अर्को स्वतन्त्र आयोग बनाउनु पर्दछ ।” अधिकारीले जोनजी पुस्ताको आन्दोलनमा हाम्रा छोरा, नाति पुस्ताहरुलाई मार्न तत्कालीन प्रधानमन्त्री केपी ओलीले आदेश दिएको प्रमाणित गरे नेकपा एमाले विघटन गर्न तयार रहेकोसमेत बताउनुभो । “तत्कालीन सरकारलाई बदनाम गराउन अनावश्यक आरोप लगाइएको दाबी उहाँको छ ।

पूर्वमन्त्रीसमेत रहनुभएका अधिकारीले संविधानलाई लिकमा ल्याउन छोटो समयको लागि संविधान संशोधन गर्नुपर्ने बताउनुभएको हो । नेता अधिकारीले संविधानको संशोधन संसदबाट मात्रै गर्न सकिने बताउनुभयो । “असंवैधानिक रुपमा संसद विघटन गरिएको छ”,उहाँले भन्नुभयो,“नवयुवाहरुको मागलाई पूरा गर्नेगरी संविधान र कानुन संशोधन गर्न नेकपा एमाले तयार छ ।” सुशीला कर्कीे प्रधानमन्त्रीमा नियुत्त पनि कानुन अनुसार नभएको जिकिर गर्दै नेता अधिकारीले छोटो समयको लागि संसद पुनस्र्थापना गरेर प्रतिनिधि सभा सदस्य नभएको व्यक्ति पनि एक पटक प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्न सकिने बताउनुभयो । उहाँले संसद पुनस्र्थापना गरेर संविधान्लाई लिगमा नलाउँदासम्म चुनाव हुने वातावरण नबन्ने दाबी गर्नुभयो ।“तत्कालीन राजा ज्ञानेन्द्रले गराएको चुनाव हामीले देखेकै हो”,उहाँले भन्नुभयो,“निष्पक्ष चुनाव गराउनको लागि संविधानलाई लिकमा ल्याउनु पर्दछ ।”

समन्द्रपारीका सामराज्यवादीहरुले नेपाललाई भुटान र सिक्किम बनाउने षड्यन्त्र अनुरुप देशलाई ध्वस्त पारेको आरोप उहाँले लगाउनुभयो । “तत्कालीन सरकारका प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएपछि सरकारी भवन, निजी सम्पत्तिमा आगजनी भएको छ,”उहाँले भन्नुभयो,“नेपालको प्राकृतिक सम्पदामा कञ्जा गर्ने नियतले नेपालीलाई नै मतियार बनाएर विदेशीले देशलाई ध्वस्त पार्न खोजेका हुन, अब यसप्रति सबै सचेत हुनुपर्दछ ।” षड्यन्त्र बुनेर नै नेपालको लोकतन्त्रमाथि प्रहार गरिएको उहाँले जिकिर गर्नुभयो ।

हाम्रो आमा नेपालको छातिमा विदेशीले परेड खेलेको आरोप लगाउँदै अधिकारीले नेपालले स्वाधिनता र राष्ट्रियताको लागि लामो समय लडाँइ लडेको स्मरण गर्नुभयो । जेनजी आन्दोलनको समयमा सरकारी भवन, निजी सम्पत्तिमा आगजनी गर्नेलाई समर्थन गर्न नसकिने बताउँदै हिम्सा, अपराध कर्ममा लागेका र कानुन विपरीत गर्नेलाई कारबाही नगरे टोल÷टोलमा सुरक्षा समिति बनाएर जनताको रक्षाका लागि नेकपा एमाले अगाडि बढ्ने चेतावनी दिनुभयो । कार्यक्रममा नेकपा एमाले पोखरा महानगर कमिटीका अध्यक्ष जीवन आचार्यले लोकतन्त्रको जर्गेना र संविधानको रक्षाको लागि दबाब दिन कार्यक्रम गरिएको बताउनुभयो । पोखराको तालचोकबाट सुरु भएको र्‍याली शिशुवाचोकमा पुगेर सभामा परिणत भएको थियो ।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds