पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) लाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । मंगलबार न्यायाधीश डा नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले तत्कालीन पाटन अदालतले गरेको फैसलालाई सदर गरेको हो । तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । मनाङेको समूहले...
पोखरा । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राख्न मंगलबार म्याद थप भएको छ । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले १० दिन हिरासतमा राख्न अनुमति दिएकाे हाे । सहकारी ठगी प्रकरणमा उनी पक्राउ परेका हुन् । रास्वपा कार्यकर्ताले रविलाई अदालत लाने बेलामा भने पाेखराको वाइचोकमा विराेध प्रदर्शन गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीमा...
पोखरा । तीन किसिमको मौसमी प्रणाली विकासित हुँदा भाइटीका अर्थात कात्तिक १८ गते बाट गण्डकी प्रदेशको राजधानी पोखरासहित नेपालका अधिकांश पहाडी भुभागमा वर्षा भएको छ । पोखरामा सोमबार असिना र पानी नै परेको छ । असिनाले थन्क्याउने बेलाको धानमा क्षति पुर्याएपछि किसान चिन्तित बनेका छन् । हिजो साँझ पौन ६ बजेको रेकर्ड अनुसार पोखरामा विगत...
न्युयोर्क — अमेरिकाको ४७ औं राष्ट्रपति चयनका लागि मंगलबार निर्वाचन हुँदैछ । पछिल्ला चुनावी सर्वेक्षणमा रिपब्लिकन दलका उम्मेदवार डोनाल्ड ट्रम्पभन्दा डेमोक्रेटिक दलका उम्मेदवार कमला ह्यारिस केही अघि देखिएकी छन् । अमेरिकाकै पहिलो महिला राष्ट्रपति हुने दौडमा रहेकी ह्यारिसले ४८ प्रतिशत मतदाताको समर्थन प्राप्त गरेकी छन् । ट्रम्पलाई ४७ प्रतिशत मतदाताको साथ रहेको पछिल्लो चुनावी सर्वेक्षणहरूले...
रौतहट । सशस्त्र प्रहरीले पेस्तोलसहित एक जना भारतीय नागरिकलाई रौतहटबाट नियन्त्रणमा लिएको छ । राजदेवी नगरपालिका–९ ब्रहमपुरीबाट ४२ वर्षीय राजेश सिंहलाई आज दिउँसो पक्राउ परेका हुन् । भिनाजु नाता पर्ने संजिव सिंहको भट्टी पसलबाट उनलाई सशस्त्रको बेलविछवा बीओपीको टोलीले नियन्त्रणमा लिएको हो । उनको साथबाट एउटा कुवा पेस्तोलसहित त्यसमा लाग्ने तीन राउण्ड गोली र एउटा...
काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको आज मुख्य दिन । भाइटीका । यमपञ्चक पनि भनिने तिहारमा आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की, मातहत प्रहरी इकाईहरू र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की समेतको संयुक्त प्रयासमा सवारी साधन जाँच गर्दा अवस्था ठिक नभएका साधनलाई नियन्त्रणा लिइएको छ । सवारी साधनमा चर्को आवाजमा ध्वनी प्रदुषण गर्ने ३५ वटा मोटरसाइकलहरु नियन्त्रणमा लिई ट्राफिक कारबाही गरिएको हो । प्रहरीले कसैले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गरी...
काठमाडौं । ‘द हङकङ सिक्सेस’ क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । आज भएको आफ्नो पहिलो खेलमा नेपालले तीन पटकको च्याम्पियन इङ्ल्यान्डलाई ६ विकेटले पराजित गरेको हो । नेपालले प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउँदै ऐतिहासिक जित निकालेको हो । ङ्ल्यान्डले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरको खेलमा १० बल बाँकी हुँदै...
पोखरा । एमाले जनप्रतिनिधिले बहिष्कार गरेको आजको पोखरा महानगर कार्यपालिका बैठकले करार कर्मचारीको म्याद थप गरेको छ । एमाले जनप्रतिनिधि नहुँदा पनि बहुमत पुग्ने भएकाले बैठकले करार कर्मचारीको म्याद थप गरेको हो । मेयर धनराज आचार्यले करार कर्मचारीको म्याद कात्तिक ३० गतेसम्म थप्ने निर्णय बैठकले गरेको जानकारी दिए । उनले करार कर्मचारीको बारेमा छिट्टै निकास...
पोखरा । आज कुकुर तिहार र लक्ष्मीपूजा मनाइँंदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन पर्न गएको नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ । नरके चतुर्दशी र कुकुर तिहार सूर्योदय कालमा चतुर्दशी भएको दिन मनाउनुपर्ने समितिको भनाइ छ । कात्तिक कृष्ण चतुर्दशीका...