राजनीतिक व्यवस्था पल्टाउन खोज्नेप्रति राज्य चुप लागेर बस्दैन : सञ्चारमन्त्री गुरुङ

राजनीतिक व्यवस्था पल्टाउन खोज्नेप्रति राज्य चुप लागेर बस्दैन : सञ्चारमन्त्री गुरुङ

ps gurung 12-16 pokhara

पोखरा । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको राजनीतिक व्यवस्थालाई पल्टाउने प्रयासका गतिविधि कसैले गर्छ भने राज्य चुप लागेर नबस्ने बताउनुभएको छ । “अहिलेको सत्ता गणतन्त्रवादीको हो,”उहाँले भन्नुभयो,“नेपलामा फेरि राजतन्त्र आउन सम्भव छैन, कसैले अहिलेको व्यवस्थालाई पल्टाउने प्रयासमा लाग्छ भने राज्यले सहेर बस्दैन ।”

नेपाल सुनचाँदी व्यवसायी महासंघको १२ औँ वार्षिक साधारण सभाको शनिबार पोखरामा उद्घाटन गर्दै उहाँले शुक्रबार राजावादीले गरेको आन्दोलन संविधान विपरीत भएको बताउनुभयो । “राजावादीले आन्दोलनको नाममा गरेको अराजकता संविधान विपरीत छ,”उहाँले भन्नुभयो,“ अराजकता मच्चाउने जो कोहीलाई पनि सरकारले कारबाहीको दायरामा ल्याउँछ ।”

पूर्वराजा ज्ञानेन्द्रप्रति लक्षित गर्दै मन्त्री गुरुङले राजसत्ता, राजदरबार र राजपरिवारलाई जोगाउने नसक्नेले जनताको हित गर्न सक्छ भनेर भ्रममा नपर्न नेपाली जनातालाई आगं्रह गर्नुंभयो. । उहाँले राजावादीको असल्ली अनुहार शुक्रबारको व्यवहारले छर्लङ्ग देखिएको उहाँको भनाइ छ ।

शुक्रबार काठमाडौँको तिनकुनेमा भएको घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य पत्ता लगाई दोषीलाई सरकारले कारबाही गर्ने दाबी उहाँको छ । सरकारका प्रवक्तासमेत रहनु भएका गुरुङले देशमा गणतन्त्र स्थापना भएकाले शान्तिपूर्ण रुपमा आफ्ना माग राख्न र आन्दोलन गर्न पाइएको बताउँदै संविधानको अधिनमा रही विरोध र आन्दोलन गर्नुपर्ने बताउनुभयो ।पत्रकारको हत्या गर्ने, सञ्चार माध्यममा आक्रमण गर्ने, निजी तथा सार्वजनिक सम्पत्ति तोडफोड गर्ने जस्ता अराजक गतिविधि कानुन विपरीत भएको बताउनृुभयो. । नेपाली जनताको बलिदानीबाट प्राप्त उपलब्धिको रक्षा गर्न सरकार प्रतिवद्ध रहेको उहाँको भनाइ छ ।

अर्को प्रसङ्गमा उहाँले एउटा कर्मचारीलाई सरकारले हटाएको विषयमा प्रतिपक्षले संसद अवरुद्ध गर्नु नकारात्मक सोच भएको बताउनुभयो । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएको प्रसङ्गमा उहाँले सरकारलाई असहयोग गर्ने, मन्त्रीलाई नटेरेपछि पाँच÷सात पटक स्पष्टीकरण लिएपछि चित्तबुझ्दो जवाफ नपाएपछि हटाएको उहाँको भनाइ छ । “सरकारले मात्र विभिन्न देशसँग व्यापार सम्झौता गर्न सक्दछ,” उहाँले भन्नुभयो,“ तर कुलमनजी आफैले सम्झौता गर्ने र सरकारलाई नटेरी एकलौटी ढंगले चलेपछि हटाउनु परेको हो, प्रतिपक्षले यसलाई संसदको विषय बनाउनु उचित होइन ।”

जनतामा यो सरकारप्रति निकै भरोसा र विश्वास रहेको बताउँदै उहाँले जनताको चाहाना अनुसार भने सर्भिस डेलिभरी हुन नसकेको स्वीकार गर्नुभयो । “सरकारले विग्रेको, भत्केकोलाई सर्पादै सुधार गरिरहेको छ,”उहाँले भन्नुभयो,“तर जनताको चाहना अनुसार सेवा प्रवाह हुन सकेको छैन, त्यसमा कानुनले पनि बाधा पु¥याएकाले संसोधन गर्न सरकारले काम थालेको छ ।”कार्यक्रममा संघीय संसद दामोदर पौडेल वैरागीले अहिलेको व्यवस्थाले सबै नेपालीको रक्षा गर्ने बताउनुभयो ।आन्दोलनको नाममा सडकमा अराजकता मच्चाउनेलाई कडा कारबाही गर्नुपर्ने भनाइ उहाँको छ ।

प्रतिक्रिया