काठमाडाैं । राजावादीहरूले काठमाडौंको तीनकुनेमा गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न ५१ जनालाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार शुक्रबार रातिसम्म ५१ जनालाई नियन्त्रणमा लिइसकिएको छ। प्रहरीका अनुसार अमानवीय, अमर्यादित र गैरकानुनी आपराधिक गतिविधिमा संलग्न भएकाले उनीहरूलाई पक्राउ गरिएको हो।एसपी बोहोराका अनुसार प्रदर्शनका क्रममा ५३ जना प्रहरी घाइते भएका छन्।...