Breaking 1

आजको मौसम
गण्डकीसहित ५ प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना
पोखरा । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहनुका साथै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ। मधेश प्रदेश,लुम्बिनि प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रहेको र बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ । आज देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली...
२०१२ को ऐन देखाएर प्रहरी समायोजनमा अड्चन : मुख्यमन्त्री पाण्डे
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रहरी समायोजन नहुँदा प्रदेश सरकारको काम समेत प्रभावित बनेको बताएका छन् । ‘संवैधानिक व्यवस्था अनुसार प्रदेश स्तरमा प्रहरी समायोजन भइसक्नुपथ्र्यो’ गण्डकी प्रदेश प्रहरी कार्यालयले बुधबार आयोजना गरेको ६९ औँ प्रहरी दिवसको कार्यक्रममा उनले भने, ‘अहिले पनि २०१२ सालको ऐन देखाएर समायोजना गरिएको छैन ।’ मुख्यमन्त्री पाण्डेले संविधानको व्यवस्था...
दसैंको टीका र जमरा लगाउने आज अन्तिम दिन
पोखरा ।  आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन भएको छ  । सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने...
आजदेखि खुले दसैंमा बन्द भएका सरकारी कार्यालय
पोखरा ।  नेपालीहरुको महान पर्व दसैंका  बेला बन्द भएका सरकारी कार्यालयहरु आजदेखि खुलेका छन् । सरकारी कार्यालयहरुमा फूलपातीदेखि द्वादशीको दिनसम्म सार्वजनिक बिदा दिइएको थियो आजबाट भने सरकारी कार्यालयका सेवाहरु नियमित रुपमा सञ्चालन हुनेछन् । दसैं मनाउन गाउँ गएकाहरु फर्किन थालेपछि पोखरा बजारमा पनि चहल पहल बढेको छ । आज दसैंके टीका पछिको त्रयोदशी हो ।...
दसैंको टीका र जमरा लगाउने क्रम जारी, दसैं मनाउन गाउँ गएका फर्किन थाले
पोखरा । विजया दशमीको टीकाको आज तेस्रे दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम निरन्तर छ । विजयादशमीका दिनदेखि शुरु भएको टीका, जमरा लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म नै जारी रहन्छ । विजया दशमीको मुख्य दिन अस्ति टीका लगाउन नभ्याएकाहरुले आज मान्यजनबाट टीका ग्रहण...
आज विजयादशमी, ११ बजेर ३६ मिनेटमा टीकाको साइत
पोखरा ।  बडादसैंअर्थात् दुर्गापक्षको मुख्य दिन ।  आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर हर्षोल्लासका साथ विजया दशमी मनाइँदै छ । दसैं घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक...
आज महाअष्टमी पर्व मनाइँदै
पोखरा ।  आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरुले बडादसैँका रुपमा दुर्गा भवानीको विशेष पूजा आराधना गरी भव्य रुपमा मनाउँदैछन् । बडादसैंको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजा आराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व रहेको विभिन्न वैदिक सनातन परम्पराका ग्रन्थमा उल्लेख गरिएको...
नवरात्रको आज सप्तमी, फूलपाती भित्र्याइँदै
पोखरा ।आज बडादसैं अर्न्तगत फूलपाती । आश्विन शुक्ल सप्तमीका दिन आज अपराह्न घरघरमा स्थापना गरिएको नवदुर्गा एवं दसैँ घरमा फूलपाती भित्र्याइँदैछ । प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घरघरमा शास्त्रीय विधिअनुसार शुभ साइतको प्रतीक फूलपाती भित्र्याएर मनाइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँ घर...
पोखरा लेकसाइडको द वल्ड लान हुआ रेस्टुरेन्टलाई २ लाख जरिवाना
पोखरा । पोखराको लेकसाइडस्थित द वल्ड लान हुआ रेष्टुरेन्ट एन्ड बारलाई जिल्ला प्रशासन कार्यालय कास्कीले २ लाख रुपैयाँ जरिवाना गरेको छ । पानीको अधिकतम खुद्रा मूल्य भन्दा बढी रकम लिएर ग्राहकमाथि ठगी गरेको उजुरीपछि जिल्ला प्रशासन कार्यालय कास्कीले हिजो कारबाही गरेको हो । कम्पनीले तोकेको अधिकतम मूल्य भन्दा बढी मूल्य लिई बिक्री गरी उपभोक्ता संरक्षण...
कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै
 पोखरा । आज दसैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौं कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । कुनै समय देवताहरुको कार्यसम्पादन गर्न भगवती देवी कात्यायन ऋषिका आश्रममा अत्यन्त सुन्दरी कुमारीका रुपमा अवतार लिइछन् । उनको बाल...