Breaking 1

पाेखरा २८ ‌‍‌ओख्लेको भीरमा बस दुर्घटना, पाँचको मृत्यु १४ घाइते
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २८ ओख्लेको भीरमा आज बिहान स्कुल दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । घाइतेको पश्चिमाञ्च क्षेत्रीय अस्पताल र जिएमसी अस्पतालमा उपचार भइरहेको छ । बसमा १९ जना सवार रहेको प्रारम्भिक अनुमान प्रहरीकाे छ । कालिका बोर्डिङ स्कुलको ग २ क १४१७ नम्बर को बस आज बिहान करिब साढे...
फेवाताल किनार काेमागाने पार्कमा एक्कासी आगाे लागेपिछ‍‍‍…
पोखरा । पोखराको फेवाताल किनारको कोमागाने पार्क क्षेत्रमा बुधबार बिहानको अवस्था र वातावरण सामान्य थियो । बिहानै पानी परेर खुलेको मौसममा घाम लागिरहेको थियो । तर बिहान करिब ९ः५४ बजेतिर एक्कासी आगो लागेको दृश्य देखियो । त्यसलगत्तै मानिसहरू चिच्याएको आवाज सुनियो । केही बेरमै आगो फैलिन थालेपछि स्थानीय तथा आसपासका मानिसहरू त्रसित भए । तर...
पोखरा विश्वविद्यालय नजिकैका ४ छात्रा हाेस्टल विना दर्ता सञ्चालनमा
पोखरा । पोखरा महानगरपालिका–३० खुदी क्षेत्रमा सञ्चालित छ मध्ये चार वटा छात्रा होस्टल बिना दर्ता सञ्चालनमा रहेको पाइएको छ । ‘हेलो सरकार’मा परेको उजुरीका आधारमा पोखरा महानगरपालिकाले मंगलबार गरेको अनुगमनका क्रममा यस्तो तथ्य बाहिर आएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खुदीस्थित एक होस्टलमा विद्यार्थीलाई गुणस्तरहीन खाना खुवाइएको भन्दै परेको उजुरीमाथि छानबिन गरी सत्यतथ्य जानकारी गराउन...
अख्तियारको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष पेस
पोखरा । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्यालय प्रमुख नारायण प्रसाद सापकोटाले सोमबार संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम प्रदेश प्रमुखसमक्ष ३६ औं वार्षिक प्रतिवेदन पेस गर्नुभयो । प्रदेश प्रमुख भट्टले आर्थिक अनियमितता...
विशाल बजार भित्र उत्कृष्ट टिकटक बनाउने ३ जनाले जनही १० हजार पाउने
पोखरा । नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्व बिशाल बजारमा ग्राहकलाई बिषेश छुट दिइने भएको छ । बुद्व विशाल बजार ब्यापारिक एशोसियसनका पुर्व अध्यक्ष तथा मानार्थ सदस्य केशवबहादुर खत्रीका अनुसार ग्राहक बर्गलाई उपहार भन्दा नि गुणस्तरीय सामान बेच्ने उध्यश्यका साथ सबै ग्राहकलाई बुद्व विशाल बजारमा हरेक सामान खरिदमा ५ देखी २५ प्रतिशत सम्म...
पोखरा १७ मा सार्वजनिक सुनुवाइ
फेवा ड्यामको दिगो संरक्षण र ढल निमार्णलाई प्राथमिकता राख्न पोखरा १७ का वडाबासीको माग
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १७ का वडाबासीले फेवातालमा बनेको फेवा ड्यामको दिगो संरक्षणमा पहलकदमी लिन र सडकमा बग्ने पानीको निकासका लागि ढल निर्माणलाई प्राथमिकता दिएर काम गर्न जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन् । पोखरा महानगरपालिका वडा नं. १७ को आयोजना तथा पोखरा टेलिभिजनको सहजीकरणमा आइतबार भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाबासीले खानेपानीे र यातायात समस्याको...
इन्धनको मूल्य बढेर आयो, निगमले मूल्य बृद्धि नगर्ने
काठमाडौं । इन्धनको मूल्य बढेर आए पनि नेपाल आयल निगमले आम उपभोक्ताको हित र चाडपर्वलाई मध्यनजर गर्दै हालको खुद्रा बिक्री मूल्यमा वृद्धि नगर्ने निर्णय गरेको छ। भारतबाट इन्धनको मूल्य बढेर आए पनि मूल्य यथावत राखिएको निगमनले जानकारी दिएको छ । निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपियाँ ४४ पैसा, डिजेलमा २० रुपियाँ २१...
खोज तथा उद्धारलाई प्रभावकारी बनाउन फेवातालमा जेट स्की बोट सञ्चालन
पोखरा । विश्व पर्यटन दिवसको अवसर पारेर पोखराको पर्यटकीय केन्द्र फेवातालमा ‘जेट स्की बोट’ सञ्चालनमा ल्याइएको छ । २०६९ सालदेखि फेवा वाच एन्ड रेस्क्यू टावर सञ्चालन गरेर फेवातालमा खोज तथा उद्धारमा जुटेको सशस्त्र प्रहरी बलले जेट स्की बोट सञ्चालनमा ल्याएको हो । बोटको आइतबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पूजा गरी शुभारम्भ गर्नुभयो । जापानमा...
‘दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८३’ आयोजना हुने
पोखरा । नेपालीहरुको महान पर्व दशैंको अवसरमा पोखरामा ‘दशैं पर्यटन तथा सांस्कृतिक महोत्सव–२०८३’ हुने भएको छ । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ) ले ‘टीका, जमरा र चङ्गा चेट, पोखरामा पर्यटकसँग दशैं भेट’ भन्ने मूल नाराका साथ महोत्वस आयोजना गरेको हो । महोत्सव आगामी कात्तिक ८ गते कोजाग्रत पूर्णिमाका दिन पोखराको लेकसाइडस्थित बाराहीघाट मैदानमा आयोजना गरिन...
केशवबहादुर खत्रीले कांग्रेस महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने
पोखरा । नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता तथा कांग्रेसका हाल गण्डकी प्रदेश प्रतिनिधि रहेका व्यवसायी केशवबहादुर खत्रीले नेपाली कांग्रेसको आसन्न १५ औँ महाधिवेशनमा कास्की जिल्लाको क्षेत्र नम्बर ३ बाट महाधिवेशन प्रतिनिधिको रुपमा उम्मेदवारी दिने भएका छन् । पोखरा महानगरपालिका २५ बाट प्रतिनिधि छनोट भएका खत्रीले नेपाली कांग्रेसलाई नयाँ दिशा दिनसक्ने आफूमा भिजन भएको र कास्की कांग्रेसलाई...