Breaking 1

दुबई—पोखरा—दुबई उडानमा फ्लाई दुबईले गर्‍याे समय तालिका परिवर्तन
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान थालेको फ्लाई दुबईले एक महिनापछि आफ्नो उडान तालिका परिवर्तन गरेको छ । सेप्टेम्बर २३ देखि उडान सुरु गरेको फ्लाई दुबईले अक्टोबर २५ देखि समय तालिका परिवर्तन गरेको हो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता जसोदा सुवेदीका अनुसार पर्सि आइतबारदेखि पोखरामा साँझ ७ :३५ मा अवतरण गरेर सोही राति ८ः३५ बजे...
असोज महिनामा सवारी दुर्घटनामा परेर कास्कीमा ११ जनाको निधन
कास्की । कास्कीमा  गत असोज महिनामा ५९ सवारी दुर्घटनाम हुँदा ११ जनाको मृत्यु भएको छ । घटनामा १ सय १ जना घाइते भएका छन् । यो सङ्ख्या अन्य महिनाका तुलनामा बढी हो । जिल्ला प्रहरी कार्यालयका अनुसार असोज महिनामा भएका ५९ सवारी दुर्घटनामा ७९ सवारीसाधन संलग्न थिए । दुर्घटनामा संलग्न सवारीसाधनका चालकलाई प्रहरीले नियन्त्रणमा लिइ...
जुम्लाबाट ५५ करोड रुपियाँ बराबरको स्याउ बिक्री
जुम्ला ।  जुम्लाबाट करिब ७ हजार बढी मेट्रिक टन स्याउ निर्यात भएको छ । कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा उत्पादन भएको स्याउ हालसम्म करिब ७ हजार ३३० मेट्रिक टन बाहिरी जिल्लामा गएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले जानकारी दिनुभयो । जिल्लाभर कुल उत्पादन र निर्यात भएको एकिन तथ्याङ्क संकलन भइरहेको छ । गत...
नवरात्रमा तिथि वृद्धि, आजपनि महाअष्टमी
काठमाडौं । यस वर्ष नवरात्रमा तिथि वृद्धि भएकाले आजपनि महाअष्टमीकै कर्म गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिले स्वीकृति दिएको पात्रोमा कात्तिक १ र २ गते दुवै दिन महाअष्टमी उल्लेख गरिएको छ। कात्तिक १ गते गरिएको महाअष्टमीको कर्म आज २ गते पनि दसैँ घर वा पूजाकोठामा गर्नुपर्ने समितिका पूर्वसदस्य एवं वाल्मिकी विद्यापीठ धर्मशास्त्र...
पाेखरा २८ ‌‍‌ओख्लेको भीरमा बस दुर्घटना, पाँचको मृत्यु १४ घाइते
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर २८ ओख्लेको भीरमा आज बिहान स्कुल दुर्घटना हुँदा ५ जनाको ज्यान गएको छ । घाइतेको पश्चिमाञ्च क्षेत्रीय अस्पताल र जिएमसी अस्पतालमा उपचार भइरहेको छ । बसमा १९ जना सवार रहेको प्रारम्भिक अनुमान प्रहरीकाे छ । कालिका बोर्डिङ स्कुलको ग २ क १४१७ नम्बर को बस आज बिहान करिब साढे...
फेवाताल किनार काेमागाने पार्कमा एक्कासी आगाे लागेपिछ‍‍‍…
पोखरा । पोखराको फेवाताल किनारको कोमागाने पार्क क्षेत्रमा बुधबार बिहानको अवस्था र वातावरण सामान्य थियो । बिहानै पानी परेर खुलेको मौसममा घाम लागिरहेको थियो । तर बिहान करिब ९ः५४ बजेतिर एक्कासी आगो लागेको दृश्य देखियो । त्यसलगत्तै मानिसहरू चिच्याएको आवाज सुनियो । केही बेरमै आगो फैलिन थालेपछि स्थानीय तथा आसपासका मानिसहरू त्रसित भए । तर...
पोखरा विश्वविद्यालय नजिकैका ४ छात्रा हाेस्टल विना दर्ता सञ्चालनमा
पोखरा । पोखरा महानगरपालिका–३० खुदी क्षेत्रमा सञ्चालित छ मध्ये चार वटा छात्रा होस्टल बिना दर्ता सञ्चालनमा रहेको पाइएको छ । ‘हेलो सरकार’मा परेको उजुरीका आधारमा पोखरा महानगरपालिकाले मंगलबार गरेको अनुगमनका क्रममा यस्तो तथ्य बाहिर आएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खुदीस्थित एक होस्टलमा विद्यार्थीलाई गुणस्तरहीन खाना खुवाइएको भन्दै परेको उजुरीमाथि छानबिन गरी सत्यतथ्य जानकारी गराउन...
अख्तियारको प्रतिवेदन गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष पेस
पोखरा । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्यालय प्रमुख नारायण प्रसाद सापकोटाले सोमबार संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम प्रदेश प्रमुखसमक्ष ३६ औं वार्षिक प्रतिवेदन पेस गर्नुभयो । प्रदेश प्रमुख भट्टले आर्थिक अनियमितता...
विशाल बजार भित्र उत्कृष्ट टिकटक बनाउने ३ जनाले जनही १० हजार पाउने
पोखरा । नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्व बिशाल बजारमा ग्राहकलाई बिषेश छुट दिइने भएको छ । बुद्व विशाल बजार ब्यापारिक एशोसियसनका पुर्व अध्यक्ष तथा मानार्थ सदस्य केशवबहादुर खत्रीका अनुसार ग्राहक बर्गलाई उपहार भन्दा नि गुणस्तरीय सामान बेच्ने उध्यश्यका साथ सबै ग्राहकलाई बुद्व विशाल बजारमा हरेक सामान खरिदमा ५ देखी २५ प्रतिशत सम्म...
पोखरा १७ मा सार्वजनिक सुनुवाइ
फेवा ड्यामको दिगो संरक्षण र ढल निमार्णलाई प्राथमिकता राख्न पोखरा १७ का वडाबासीको माग
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १७ का वडाबासीले फेवातालमा बनेको फेवा ड्यामको दिगो संरक्षणमा पहलकदमी लिन र सडकमा बग्ने पानीको निकासका लागि ढल निर्माणलाई प्राथमिकता दिएर काम गर्न जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन् । पोखरा महानगरपालिका वडा नं. १७ को आयोजना तथा पोखरा टेलिभिजनको सहजीकरणमा आइतबार भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा वडाबासीले खानेपानीे र यातायात समस्याको...