माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

अभाव टार्न ४० करोड ब्यारेल तेल बजारमा पठाउने ऊर्जा एजेन्सीको निर्णय
काठमाडौं । मध्यपूर्वको तनावका कारण विश्व बजारमा देखिएको इन्धन आपूर्तिको अभावलाई कम गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले आपतकालीन भण्डारबाट ४० करोड ब्यारल तेल बजारमा उपलब्ध गराउने निर्णय गरेको छ । यसमा सबैभन्दा धेरै हिस्सा अमेरिकाको हुनेछ । अमेरिकाले कूल ४० करोडमध्ये १७ करोड २० लाख ब्यारेल तेल उपलब्ध गराउने छ । अन्तर्राष्ट्रिय ऊर्जा...
पोखरामा बिजुलीकाे तार भूमिगत आयोजना सुस्त, ६७ प्रतिशत मात्रै प्रगति
पोखरा ।  पोखरामा बिजुलीको तार भूमिगत गर्ने आयोजना तीनपटक ठेक्का म्याद थप्दा पनि अपेक्षित गतिमा अघि बढ्न सकेको छैन। नेपाल विद्युत् प्राधिकरणअन्तर्गत पोखरा–भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाका अनुसार हालसम्म आयोजनाको भौतिक प्रगति करिब ६७ प्रतिशत पुगेको छ। गत सेप्टेम्बरमा ठेक्काको म्याद पुनः थपेर आगामी जुन ३० सम्म पुर्‍याइएको भए पनि उक्त अवधिभित्र काम सकिने सम्भावना...
डिल्लीबजार कारागारबाट रिहा भए पूर्व सांसद ‘दिपक मनाङे’
पोखरा । ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर भएका गण्डकी प्रदेशका पूर्व सांसद राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’ बुधबार डिल्लीबजार कारागारबाट रिहा भएका छन्। अदालतले तोकेको कैद सजाय पूरा गरेपछि उनलाई कारागार प्रशासनले मुक्त गरेको हो। उच्च अदालत पाटनले उनलाई ५ वर्ष कैद सजाय सुनाएको थियो, जसलाई सर्वोच्च अदालतले २०८१ कात्तिक २० गते सदर गरेको थियो।...
समानुपातिकमा रास्वपालाई ५१ लाख ७६ हजार मत
काठमाडाैं । प्रतिनिधि सभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक अग्रता हासिल गरेको छ। निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार हालसम्म गणना गरिएको कुल एक करोड ८ लाख ४ हजार ७ सय १ सदर मतमध्ये रास्वपा एक्लैले ५१ लाख ६७ हजार ४ सय २९ मत प्राप्त गरेको छ। यो सङ्ख्या कुल...
महावीर पुनलाई सडकमा पुस्तक बिक्री नगर्न पोखराका मयेरको सुझाव
पोखरा । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले म्याग्दीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित महावीर पुनलाई पोखराका सडकमा पुस्तक नबेच्न सुझाव दिएका छन् । वैज्ञानिक तथा राष्ट्रिय आविष्कार केन्द्रका अभियन्तासमेत रहनुभएका पुनले अनुसन्धान तथा नवप्रवर्तन अभियानलाई सहयोग जुटाउन पोखराको सडकमा पुस्तक बिक्री गर्दै हिँडिरहेको विषयलाई लिएर पोखरा महानगर प्रमुख आचार्यले ध्यानाकर्षण गराएका हुन् । प्रमुख आचार्यले ध्यानाकर्षण...
लागु औषधसहित पाेखरामा एक जना पक्राउ
पोखरा । पोखरामा प्रहरीले लागू औषधसहित  एक जना पक्राउ परेका छन् । प्रहरीका अनुसार ४३ वर्षीय सुनिल कमरलाई पक्राउ परेका हुन् । पोखरा महानगरपालिका वडा नम्बर ९ शान्तिबनमा लागू औषध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखराबाट खटिएको संयुक्त टोलीले सोमबार कमरलाई पक्राउ...
पृथ्वीराजमार्गको पूर्वी खण्ड काम पूरा भइ हस्तान्तरण
तनहुँ । मुग्लिन–पोखरा सडक विस्तार योजनाअन्तर्गत तनहुँमा पर्ने पूर्वी खण्डको निर्माण कार्य पूर्ण रूपमा सम्पन्न भइ हस्तान्तरण समेत भइसकेको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर सडक खण्डको काम सकिएपछि आयोजनाले नेपाल सरकारलाई हस्तान्तरण गरिएको हो । पूर्वी खण्डका सूचना अधिकारी विष्णुप्रसाद पाण्डेका अनुसार निर्माण कम्पनीले आफ्नो जिम्मेवारीअनुसारको मुख्य काम सम्पन्न गरेर सडक हस्तान्तरण गरिसकेको छ ।...
चैतको पहिलाे साता नयाँ सरकार बन्ने प्रक्रिया सुरु हुने सम्भावना
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ को परिणामबमोजिम सरकार गठन प्रक्रिया करिब दुई सातापछि मात्रै सुरु हुने छ । पहिलो हुने निर्वाचित हुने प्रणालीको अन्तिम परिणाम सार्वजनिक भए पनि समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने ११० जना उम्मेदवार टुङ्गो लाग्ने प्रक्रिया लम्बिने भएकाले सरकार गठनका लागि समय लाग्ने छ । नेपालको संविधान, २०७२ को धारा...
पर्वतमा अफ्रिकन स्वाइन, ४६ बङ्गुर मरे
पर्वत । पर्वतका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको सङ्क्रमण बढेको छ । सदरमुकाम आसपासका क्षेत्रमा गरिएको परीक्षणमा अफ्रिकन स्वाइन फिभर पुष्टि भएपछि किसान तथा बङ्गुरपालकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । पर्वतमा अहिलेसम्म उक्त रोगको सङ्क्रमणका कारण ४६ वटा बङ्गुर मरिसकेका छन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा कार्यालय पर्वतका अनुसार कुश्मा...
समानुपातिकतर्फ एक करोड सात लाख मत गणना, रास्वापलाई ५१ लाख १९ हजार
काठमाडौँ ।  समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल एक करोड सात लाख २० हजार ५६७ मत गणना भएको छ । निर्वाचन आयोगले उपलब्ध गराएको आज बिहान ३ः३० सम्मको विवरण अनुसार, राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ५१ लाख १९ हजार ६१९ मत प्राप्त गरेको छ । नेपाली कांग्रेसले १७ लाख ४५ हजार ९५४, नेकपा (एमाले) ले...