माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

पोखरा विमानस्थलको २ अर्ब २२ करोड बेरुजु ठेकेदारको भुक्तानीबाटै कटौती हुने
पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भन्सार र मूल्य अभिवृद्धि कर (भ्याट) छुटका नाममा देखिएको २ अर्ब २२ करोड ४० लाख रुपैयाँको बेरुजु अब ठेकेदार कम्पनीकै बाँकी भुक्तानीबाट कटौती गर्ने तयारी भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणको २०८२ कार्तिक १३ गते बसेको बैठकले चाइना सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडलाई भुक्तानी गर्न बाँकी रकमबाट सो...
सगरमाथा आरोहण गर्ने सुरक्षित बाटो खुल्ने
सोलुखुम्बु।  विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि सुरक्षित बाटो आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ । न्यूजील्याण्डका सर एडमण्ड हिलारी र नेपालका तेञ्जिङ नोर्गे शेर्पाले पहिलो पटक सन् १९५३ मा प्रयोग गरेको नुप्से हिमालतर्फबाट सगरमाथा आरोहण गर्ने मार्ग करिब ८० प्रतिशत निर्माण सकिएको पर्यटन विभागले जनाएको छ । विभागका निर्देशक हिमाल गौतमका अनुसार यो मार्ग खुम्बु...
कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकका १७ निर्णय सार्वजनिक
काठमाडौँ। सरकारले सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । सरकारको निर्णय अनुसार  दशौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा फागुन १ देखि ७ गतेसम्म हुनेछ । हेर्नुहाेस मन्त्री परिषद्का निर्णय ।
भष्ट्राचारको छानबिन नेकपा एमालेबाट सुरु गर्न नेता खगराज अधिकारीको आग्रह
पोखरा। नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले भष्ट्राचारको छानबिन नेकपा एमालेबाट सुरु गर्न आग्रह गर्नुभएको छ । जेनजी आन्दोलपछि उत्पन्न परिस्थितिमा लोकतन्त्रको जर्गेना र संविधानको रक्षाका लागि भन्दै नेकपा एमाले पोखरा महानगर कमिटीले मंगलबार पोखरामा प्रर्दशन गरेको र्‍ यालीपछि आयोजित कोण सभामा बोल्दै उहाँले नेकपा एमालेका अध्यक्ष केपी ओलीबाट नै भष्ट्राचारको छानबिन सुरु गर्न...
सर्वाेच्च अदालतले मंसिर १ देखि सबै प्रकारका सेवा सञ्चालन गर्ने 
काठमाडाैं । मंसिर १ गतेदेखि सर्वाेच्च अदालतले सबै प्रकारका सेवा सुचारु गर्ने भएको छ। बिहीबार बसेको सर्वाेच्चको पूर्ण बैठकले यससम्बन्धी निर्णय गरेको हो ।  जेन-जी आन्दोलनका कारण सर्वाेच्चको मूलभवन जलेर खण्डहर भएपछि सर्वाेच्चले आंशिक सेवा मात्र सञ्चालन गर्दै आएको छ। जलेका फाइलहरू पुनर्प्राप्ति गरी नियमित सेवा सञ्चालन गर्न लागेको हो।
२० वटा नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन
निर्वाचन आयोगमा नयाँ दल दर्ताका लागि २० वटा निवेदन परेको छ। आयोगका प्रवक्ता नारायण भट्टराईका अनुसार जेनजी आन्दोलनअघि ९ र त्यसपछि ११ वटा निवेदन परेको हो। उज्यालो नेपाल पार्टी, गतिशिल लोकतान्त्रिक पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नेपाल लिभरल पार्टी, राष्ट्रिय जेन्जी पार्टी नेपाल, कम्युनिस्ट पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी नेपाल, जनयुग पार्टी, हाम्रो पार्टी नेपाल, नेपाली...
पोखरामा ४५ जना सशस्‍त्र प्रहरी सहायक निरीक्षक दीक्षित
पोखरा । सशस्त्र प्रहरी बलका अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआइजी) बंशीराज दाहालले समय र परिस्थिति अनुसार सुरक्षा चुनौती बदलिने बताउनुभएको छ । पोखराको लामापाटनस्थित सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालमा सञ्चालन भएको सि.स. १७ (ख) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा बिहीबार बोल्दै एआइजी दाहालले बदलिरहने सुरक्षा चुनौतीलाई सामना गर्ने...
म्याग्दीमा एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण
म्याग्दी ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् । अन्नपूर्ण–४ का वडाध्यक्ष लोकबहादुुर पुनका अनुुसार पाँच मेगावाट क्षमताको घलेम्दी खोला, ४२...
पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस
बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु र सवारीचालकलाई सास्ती भएको छ । कास्की र पर्वत खण्डको सडकमा खाल्डाखुल्डीको समस्या बढी रहेको पोखरा–बागलुङ चल्ने विद्युतीय माइक्रोका चालक डम्मर केसीले बताउनुभयो । “सहज र निर्वाध रूपले गाडी चलाउन...
दोलखाको हिमपहिरोमा तीन जनाको मृत्यु, आठ जना बेपत्ता
चरीकोट। दोलखाको गौरीशङ्कर गाउँपालिका–९, यलुङ बेसक्याम्प क्षेत्रमा गएको हिमपहिरोमा परेर तीन जना पर्यटकको मृत्यु भएको छ । आठ जना पर्यटक बेपत्ता भएको प्रहरीले जनाएको छ । पहिरोमा परी घाइते भएका चार जनाको उद्धारका लागि हेलिकोप्टर नागाउँमा अवतरण गरिसकेको छ । हिमपहिरोमा परेर घाइते भएका र मृत्यु भएकाको शव लिनका लागि नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरी गरी...