माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

गण्डकीका मन्त्री विन्दुको निवासमा तोडफोड र आगजनी
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास तथा युवा मन्त्री विन्दु थापाको निजी निवासमा तोडफोड र आगजनी र तोडफोड गरिएको छ । जेनजी प्रदर्शनका क्रममा उत्रिएका प्रदर्शनकारीहरुले थापा निवासमा पनि आगजनी र तोडफोड गरेका हुन् ।
पोखराको बुलौदीमा रहेको इभेन्ट सेन्टरमा आगजनी
पोखरा । पोखरा बुलौंदीस्थित पोखरा इभेन्ट सेन्टरमा आगजनी भएको छ । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरुले इभेन्ट सेन्टरमा आगजनी गरेका हुन् । अहिले काठमाडौं, पोखरा लगायत देशका विभिन्न ठूला शहरहरुमा प्रदर्शन भइरहेको छ । शीर्ष नेतका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा प्रदर्शनकारीहरूले लगातार ढुंगामुढा गरिरहेका छन् ।
आन्दोलनकारीद्वारा पोखरा महानगर तोडफोड र आगजनी
पोखरा । आन्दोलनकारीले पोखरा महानगरपालिकाको कार्यालयमा भीषण आगजनी र तोडफोड गरेका छन् । महानगर कार्यालय अघि खटिएका सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडपका क्रममा सुरक्षाकर्मीलाई हटाएर आन्दोलनकारीले कार्यालय कब्जा गरेका छन् । उनीहरूले महागरभित्रै पसेर तोडफोड र आगजनी गरका छन् । महानगरभित्र रहेका सवारी साधनलाई बाहिर ल्याएर आगजनी गरिएको छ । भित्रै रहेका सवारीसाधन तोडफोड र आगजनी गरिएको...
जेन जीको आन्दोलनलाई मध्य नजर गरेर पोखरामा कर्फ्यु जारी
पोखरा । जेन जीको आन्दोलनलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले मंगलबर जारी गरेको कर्फ्यु आदेशमा भदौ २४ गते राति १० बजेसम्म तोकिएको क्षेत्रमा भेला, जुलुस, प्रदर्शन तथा धर्ना गर्न नपाउने उल्लेख गरिएको छ । जेन जी प्रदर्शनकारीले हिजो सोमबार...
पोखरामा प्रहरीसहति ४ जना घाइते
पोखरा । सामाजिक सञ्जाल बन्दका साथै भ्रष्टाचार र अनियमितताको विरोधमा उत्रेका जेन जी प्रदर्शनकारीले सुरक्षा घेरामा रहेको मुख्यमन्त्री कार्यालयमा तोडफोड गरेका छन् । प्रमुख जिल्ला अधिकारीको कार्यालय अगाडि प्रदर्शन गरेको टोली प्रहरीकै अगाडिबाट प्रदेश प्रहरी कार्यालयको ढोकैमा पुगेका थिए । ठूलो संख्यामा रहेका प्रदर्शनकारीलाई प्रहरीले नरोक्नु र प्रशासनले पनि कुनै सजकता नअपनाउँदा मुख्यमन्त्री कार्यालयमा तोडफोड...
पोखरामा आज निजी विद्यालय बन्द रहने
पोखरा  ।  जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानमा विद्यार्थी र युवाको मृत्यु भएपछि कास्कीका निजी विद्यालयहरूले मंगलबार एक दिन  बिदा दिने निर्णय गरेका छन् । प्याब्सन कास्कीका अध्यक्ष षडानन्द गौतमले सोमबार प्रदर्शनका कारण विद्यार्थी र अभिभावक दुबै प्रभावित भएकाले मंगलबार कक्षा १ देखि १२ र मन्टेसरीसम्मका सबै निजी विद्यालय बन्द रहने जानकारी दिए । गौतमका अनुसार...
आन्दोलनको दबाबपछि सामाजिक सञ्जालमा लगाएकाे प्रतिबन्ध सरकारले हटायो 
काठमाडौं । सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकपछि सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले अब सामाजिक सञ्जालहरू पुनः सञ्चालनमा आइसकेको जानकारी दिएका छन् । उनका अनुसार सरकारलाई सामाजिक सञ्जाल बन्द गरेकोमा कुनै पश्चाताप छैन । तर यही विषयलाई आधार बनाएर आन्दोलन चर्किएपछि निर्णय फिर्ता...
जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु, देशभर तीन सयभन्दा बढी घाइते
काठमाडौं। ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ भने एक सय जनाको उपचार भइरहेको छ । यस्तै वीर अस्पतालमा छ जनाको उपचार भइरहेको...
पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी अध्यक्षमा एनकुमार साई निर्वाचित
पोखरा । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेड, पोखराको हालै सम्पन्न निर्वाचनबाट नयाँ कार्यसमिति चयन भएको छ। अध्यक्षमा एन कुमार साई विजयी भए। उनले ६०८ मत प्राप्त गर्दै प्रतिस्पर्धी विज्ञान श्रेष्ठलाई ८४ मत अन्तरले पराजित गरे। श्रेष्ठले ५२४ मत पाए। सञ्चालक पदतर्फ हेमन्त मल्ल ८४० मतसहित सर्वाधिक मत ल्याउँदै विजयी भए। त्यस्तै जय प्रसाद शर्मा र...
जेनजीको आन्दाेलनलेउग्र रुप लिएपछि कास्कीका निषेध आज्ञा जारी
पोखरा । जेन जीको आन्दोलन नियन्त्रणा बाहिर जानथालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा निषेधाज्ञा जारी गरेको छ । प्रहरी घेराभित्र रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तोडफोडका र आगजनी प्रयास भएपछि पार्दी आसपासमा निषेधाज्ञा  जारी गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माद्वारा हस्ताक्षरित सूचना अनुसार, २०८२ असार २३ गते...