फाइल तस्बिर ।
पोखरा । जेन जीको आन्दोलन नियन्त्रणा बाहिर जानथालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा निषेधाज्ञा जारी गरेको छ ।

प्रहरी घेराभित्र रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तोडफोडका र आगजनी प्रयास भएपछि पार्दी आसपासमा निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जानकारी दिएको छ ।
प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माद्वारा हस्ताक्षरित सूचना अनुसार, २०८२ असार २३ गते दिउँसो २ बजेदेखि लागु हुने गरी स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित) को दफा ६ को उपदफा (एक) बमोजिम निषेधाज्ञा जारी गरिएको हो।
निषेधाज्ञा जारी गरिएका क्षेत्रहरू निम्न छन्:
१. सहिदचोक आसपासका क्षेत्र:
यो आदेश प्रतिकूल हुने गरी कुनै पनि प्रकारका भेला जम्मा भई आमसभा, धर्ना, घेराव, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न नपाइने कार्यालयले जनाएको छ। यदि कसैले यो आदेशको उल्लंघन गरेमा प्रचलित कानून बमोजिम कारबाही हुने चेतावनी समेत दिइएको छ। यो कदम शान्ति सुरक्षा कायम राख्न र कुनै पनि प्रतिकूल अवस्था सिर्जना हुन नदिनका लागि चालिएको हो।


This will close in 10 seconds
