माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप अभियान माघ २२ देखि
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप अभियान थाल्ने भएको छ । मन्त्रालयले आगामी माघ २२ देखि फागुन ६ गतेसम्म अभियान थाल्ने भएको हो । उक्त अभियानमा ६ देखि १० कक्षा सम्मका छात्राहरु र विद्यालय नजाने १० वर्षदेखि १४ वर्षसम्मका बालिकाहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाइने स्वास्थ्य तथा जनसंख्यामन्त्री...
अध्यादेशको विरोध गर्दै सरकारी शिक्षकको सामूहिक राजीनामा
पोखरा । सरकारले गरेको निवृत्तिभरण ऐन संशोधनसम्बन्धी अध्यादेशप्रति असन्तुष्टि जनाउँदै कास्कीका ३५ शिक्षकले सामूहिक राजीनामा दिएका छन् । शिक्षा विकास तथा समन्वय इकाइमार्फत् प्रधानमन्त्री र शिक्षामन्त्रीलाई सम्बोधन गरेर उनीहरुले राजीनामा पत्र बुझाएका हुन् । राजीनामा दिन शिक्षकहरु बढ्ने जाने आन्दोलनमा सहभागीहरुले बताएका छन् । सरकारले निवृत्तिभरण ऐन संशोधनसम्बन्धी अध्यादेशमा २०७५ चैत ४ गतेबाट नियुक्त शिक्षकहरुलाई...
फोनिज कास्कीको अध्यक्षमा बिनाकुमारी थापा बिनु
पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीको अध्यक्षमा बिनाकुमारी थापा (बिनु) चयन भएकी छन् । फोनिज कास्कीका शुक्रबार पोखरामा भएको अधिवेसनले थापाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध गरेको हो । समितिको उपाध्यक्षमा सुशीलकुमार श्रेष्ठ, सचिव देविका तामाङ, सहसचिव प्राश्ना मानन्धर र कोषाध्यक्षमा वशबहादुर शेर्पा चयन भएका छन् । सदस्यमा अल्चना श्रेष्ठ, हुमबहादुर...
पोखरामा इभी ब्रान्डको ‘एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ हुँदै
पोखरा । अटोमोबाइल क्षेत्रमा लामो समयदेखि सक्रिय बराल ग्रुप पोखराले ‘पोखरा एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आयोजना गरेको छ । बृहत अटोमोबाइल प्रदर्शनी माघ ५ गते शनिबारदेखि देखि ७ गते सोमबारसम्म पोखरा इभेन्ट सेन्टर, बुलौदी, लेकसाइडमा आयोजना हुनेछ । निसान, ओमोडा एन्ड जेइको र जिकर ब्रान्डको लागि अधिकृत डिलर ‘एलिट मोटर्स प्रा.लि.’, तथा लिपमोटर र...
जिबी राईको राहदानी रद्द गर्न आदेश
पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा फरार रहेका गीतेन्द्रबाबु (जिबी) राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । शुक्रबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले राहदानी रद्द गर्न निर्देशन दिएको हो । जिल्ला अदालत कास्कीका स्रेस्तेदार राजन खनालका अनुसार राहदानी विभागमा पत्र पठाएर रद्द प्रक्रिया अगाडि बढाउने निर्णय भएको छ । उनले भने, ‘सहकारी...
लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा
पोखरा । २० औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि भन्ने नाराको साथ आयोजना गर्न लागिएको महोत्सवको ९५ प्रतिशत तयारी पूरा भएको सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको छ । लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा पुस १८ गते देखि माघ १ गते सम्म...
पोखराकाे फेवातालमा भएकाे ड्रागन बोट रेसमा नेपाल उपाधिविहीन
पोखरा । दोस्रो संस्करणको अन्तर्राष्ट्रिय ड्रागन बोट रेस फेस्टिभलमा चीनले दुवै विधामा सफलता प्राप्त गरेको छ । प्रतिस्पर्धामा नेपाल कुनै पनि उपाधि जित्न सफल भएन । फेवातालमा आयोजित २ सय र ५ सय मिटरका दूरीमा भएका फाइनल रेसमा चीनको डोङग्वान लाओयु क्लब टिमले शानदार प्रदर्शन गर्दै दोहोरो उपाधि हासिल गरेको हो । फेस्टिभलको फाइनल रेस...
पोखराको फेवासिटी हस्पिटलको अध्यक्षमा सर्वजीत अधिकारी
पोखरा । पोखराको नागढुंगामा रहेको फेवासिटी हस्पिटलको अध्यक्षमा सर्वजीत अधिकारी चयन भएका छन् । हस्पिटलको सञ्चालक समितिको पहिलो बैठकले अध्यक्षमा सर्वजित अधिकारीलाई चयन गरेको हो । अधिकारी फेसासिटीको संस्थापकहरु मध्येकै हुन् । हस्पिटलको २५ औं वार्षिक साधारण सभा तथा ९ औं अधिवेशनबाट अधिकारी अध्यक्षमा चयन भएका हुन् । अधिवेशनले सञ्चालक समितिमा डाक्टर सुरेश थापा, डाक्टर...
पोखराको पश्चिमाञ्चल माविको कानुनी साक्षरता
पोखरा । गैहपाटनस्थित पश्चिमाञ्चल माविले नागरिक मौलिक हक र कानुनी व्यवस्था बारे जानाकारी दिनका लागि साक्षरता कार्यक्रम संचालन गरेको छ । विद्यालय तहका विद्यार्थीमा कानुनी र मानवअधिकारको बारेमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको विद्यालयले बताएको छ । विद्यालयले हरेक वर्ष यस्तै कार्यक्रममार्फत साक्षरता अभियान संचालन गर्दै आएको छ । विद्यालयका प्राचार्य सरोज कोइरालाका अनुसार स्याङजाको...
गुरुङ र मगर भाषालाई सरकारी मान्यता दिने तयारी : मन्त्री थापा
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाले गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाउने तयारी भइरहेको बताए । तमु ल्होसारका अवसरमा पोखरामा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले यस विषयमा कानुन निर्माण प्रक्रिया अघि बढाउने बताएका हुन् ।मन्त्रीका अनुसार गुरुङ र मगर समुदायको सांस्कृतिक, भाषिक पहिचानलाई जोगाउन तथा संरक्षण...