माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

देउवाको तीन दशकभन्दा लामो संसदीय यात्रामा विश्राम
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति तथा पाँच पटक प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने भएका छन्। २०४८ सालदेखि लगातार निर्वाचन जित्दै आएका देउवाको संसदीय यात्रामा यसपटक विराम लागेको हो। देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले उनी निर्वाचनको दौडमा नरहेको पुष्टि गरेका छन्। उनका अनुसार देउवाले यस निर्वाचनमा उम्मेदवारी नदिने निर्णय लिएका छन्।...
प्रतिनिधि सभा निर्वाचन ४५ दिन बाँकी
प्रतिनिधि सभा निवार्चन आचारसंहिता लागू
काठमाडौँ ।  निर्वाचन आयोगले आजदेखि निर्वाचन आचारसंहिता, २०८२ लागू गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू गरेको हो । निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न आचारसंहिता, २०८२ स्वीकृत गरी कार्यान्वयमा ल्याइएको आयोगले जनाएको छ । आचारसंहिता नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ ।...
गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी
पोखरा ।  सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता खारेज गरेको छ । कार्यालयले गत आर्थिक वर्ष २०८१÷८२ मा १३ र चालु आर्थिक वर्षको गत पुससम्म १३ गरी कूल २६ सहकारी संस्थाको दर्ता खारेज गरेको हो । दर्ता भएर सञ्चालनमा नरहेका अथवा दुई वर्षभन्दा बढी निष्क्रिय रहेका, लेखा परीक्षण नगरेका, साधारणसभा नगरेका, आर्थिक...
सीप सिकाउँदै पोउवा संघको सामाजिक विकास केन्द्र
पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गत रहेको सामाजिक विकास केन्द्रले बाल क्लब पदाधिकारी लक्षित दुईदिने जीवनोपयोगी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बालबालिकाहरूलाई जीवनोपयोगी सीप,नेतृत्व विकास,आत्मविश्वास अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वसम्बन्धी विषयमा प्रशिक्षण प्रदान गरिएको थियो । प्रशिक्षणमा बालमनोविद तथा शिक्षक प्रेमनारायण पोखरेल‘पानी पोखरेल’ले सहजीकरण गरेका थिए । किडासाको सहयोगमा माघ २ र ४ गतेसम्म...
एक दिवसीय क्रिकेट
कास्कीले लेखनाथालई २७३ रनले हरायो
पोखरा । पोखरामा जारी कास्की जिल्ला क्लबस्तरीय क्रिकेट प्रतियोगितामा कास्की क्रिकेट क्लबले लेखनाथ युथ क्रिकेट क्लबलाई २७३ रनले हराएको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको तेस्रो खेलमा कास्कीले लेखनाथ माथि सानदार जित हासिल गरेको हो । कास्कीको जितमा सोहिल कुँवर र विश्वास पराजुली नायक बने । ३ सय ५० रनको विशाल विजयी...
पोखरा महोत्सवमा आउने दर्शकलाई अफरै अफर,
पोखरा । पोखराको अमरसिंह खेल मैदानमा जारी पोखरा महोत्सवमा दर्शकका लागि विभिन्न अफर रहेको छ । महोत्सवमा आउने दर्शकहरुका लागि मुख्य प्रायोजक र प्रायोजकहरु संगै महोत्सव आयोजक युनाईटेड क्लबले मुक्तिनाथ दर्शनका लागि २५ सय रुपैयामा दुई तर्फी यात्राको अफर ल्याएको छ । महोत्सवको मुख्य प्रायोजकको रुपमा रहेको बेटर होम एपलायन्सको स्टलबाट एक हजारको सामान खरिद...
पत्रकारद्वय धन र सागरलाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार
पोखरा । पोखराका पत्रकार धन बस्नेत र सागरराज तिमिल्सिनालाई टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ कास्कीले प्रदान गर्ने उक्त पुरस्कार २०८१ बाट बस्नेत र २०८२ बाट तिमिल्सिना सम्मानित हुन लागेका हुन् । नेपाल पत्रकार महासंघ कास्कीका पूर्वअध्यक्ष नारायण कार्की संयोजक रहेको प्रतिक्षा छनोट समितिले छनोट गरेको नाम महासंघ कास्कीको आइतबार...
आयोजक टोलीले जित्यो मनोहर कप भलिबलको उपाधि
पोखरा । पोखरामा भएको मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक टोलीले जितेको छ ।मनोहर क्लबको आयोजनामा पोखरा–१४ मनकामना टोलको खेल मैदानमा शनिबार भएको फाइनल खेलमा पोखरा युनाइटेडलाई ३–० को सोझो सेटमा पराजित गर्दै आयोजक टोलीले उपाधि रक्षा गरेको हो । आयोजक टोलीले पहिलो सेट २५–१६, दोस्रो सेट २५–२२ र तेस्रो...
पोखरा महोत्सवबाट २५ सयमा मुक्तिनाथको यात्रा गराइने
पोखरा । पोखरा महोत्सवबाट २५ सयमा मुक्तिनाथको यात्रा गराउने भएको छ । यात्रुहरुलाई निशुल्क खाना र खाजाको समेत ब्यवस्था मिलाइने छ । पोखराको अमरसिंह चौरमा जारी १४ औं पोखरा महोत्सव स्थलबाट पोखरादेखि जोमसोम मुक्तिनाथ यात्रामा विशेष छुट सहित मात्र २५ सयमा पोखरा मुक्तिनाथ, मुक्तिनाथ पोखरा यातायात ब्यवस्था मिलाईने भएको हो । अन्य समयमा एकतफी यात्राको...
कास्कीमा एक महिनामा १९६ मुद्दामा १ सय २५ पक्राउ
पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीमा गत पुस महिनामा १ सय ९६ वटा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका छन् । १ सय २५ जना प्रतिवादी पक्राउ परेका छन् । अपराधको वर्गीकरण हेर्दा जघन्य तथा गम्भीर अपराध २२, आर्थिक अपराध ९० र अन्य अपराधका ८० वटा मुद्दा दर्ता भएका छन् । फैसला कार्यान्वयनतर्फ फरार २१ जना...