माधव बराल

माधव बराल

माधव बरालका अन्य लेखहरू

गण्डकीका मुख्यमन्त्री उपचारको लागि भारतमा, कार्यवहाक मुख्यमन्त्री पद्मा
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे उपचारका लागि आइतबार भारत प्रस्थान गरेका छन् । उनी आफ्नो र पत्नीको उपचारका लागि भारत गएको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ । मुख्यमन्त्रीको घुँडामा समस्या भएकाले गत साउनमा पनि उनी उपचारको लागि भारत भएका थिए । उपचारको लागि भारत गएका मुख्यमन्त्री पाण्डेले कार्यवहाक मुख्यमन्त्रीको जिम्मेवारी कृषि, भूमि तथा...
सहकारी ठगी
ऋण नभएकी महिलालाई पक्राउ गर्दा रवि लामिछानेका विषयमा भने प्रहरी मौन !
काठमाडौं । सहकारीबाट ऋण लिएर कम्पनी सञ्चालन गर्ने, सहकारीकै पैसाले शेयर लिने र सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा आएको करोडौं रुपैंयाँ खर्च गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई अनुसन्धान नै नगरी कहीँकतै ऋण नदेखिएकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । कास्की प्रहरीले सूर्य दर्शन बचत तथा ऋण सहकारीको बचत रकम...
नवरात्रको छैंटौं दिन स्कन्दमाताको पूजा आराधना गरिँदै
पोखरा । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौं दिन आज नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलेकी हुन् । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत...
 पोखरा फेवातालबीचको तालबाराही मन्दिर पुनर्निर्माण गरिँदै
पोखरा । पोखराको फेवाताल बीच भागमा अवस्थित तालबाराही मन्दिर पुनर्निर्माणलाई तीव्रता दिइएको छ । विसं २०७२ को भूकम्पले मन्दिर दक्षिणतर्फ ढल्केपछि दर्शनार्थी नै असुरक्षित हुने खतरा बढेकाले तालबाराही मन्दिर गुठी व्यवस्थापन समितिले एक वर्षयता पुनर्निर्माणलाई अगाडि बढाएको हो । यही असोज महिनामा घटस्थापनाको दिन पारेर पूर्वपट्टिको ढोका राखिएको छ । पुरानै स्वरुप प्यागोडा शैलीमा पुनःनिर्माण...
चाडपर्वमा भाडा नबढाउने यातायात व्यावसायीको प्रतिबद्धता
पोखरा । गण्डकी प्रदेशमा चाडपर्वको समयमा नियमित भन्दा बढी भाडा नलिने प्रतिबद्धता यातायात व्यावसायीले गरेका छन् । प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीको अध्यक्षतामा आइतबार बसेको सरोकारवालाबीचको बैठकमा यातायात व्यवसायीले नियमितभन्दा बढी भाडा नलिने प्रतिबद्धता जनाएका हुन् । बैठकले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी भाडा नलिने, सिट संख्याभन्दा बढी यात्रु नराख्ने, सुरक्षित...
पोखरा बुद्धचोकको जुत्ता पसल पुरै जल्यो
पोखरा । पोखराको बुद्धचोकमा रहेको एक जुत्ता पसलमा आगलागी भएको छ । द स्केट पार्क प्रालिमा सोमबार राति आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार राति सवा ८ बजेतिर सुरु भएको आगो दमकल, स्थानीय र प्रहरीको सहयोगमा ९ बजे नियन्त्रणमा आएको थियो । फलामे ट्रस र जस्ता पाताले बनेको बाँसले बारेको द स्केट...
आज विश्व बसोवास दिवस विविध कार्यक्रम गरी मनाइँदै
काठमाडौं । आज विश्व बसोवास दिवस । विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ । दिगो सहरी विकास प्रवद्र्धन गर्दै सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न दिवस मनाउन थालिएको हो । सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार संयुक्त राष्ट्र संघीइ मानव बसोवास कार्यक्रम आह्वानमा यो दिवस मनाउन थालिएको हो ।...
गाडेको अवस्थामा मानव कंकाल फेला, ४ जना पक्राउ 
झापा । झापामा गाडिएको अवस्थामा मानव कंकाल फेला परेको छ । झापाको बाह्रदशी गाउँपालिका–७ स्थित बिरिङ खोलाको किनारमा गाडिएको अवस्थामा मानव कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ । प्रहरीका अनुसार गत जेठ १५ गते बाह्रदशी–५ फूलाबारीका २२ वर्षीय राजेश हजाम बेपत्ता भएको र उनको खोजी गर्ने क्रममा कंकाल फेला परेको हो ।...
पश्चिम क्षेत्रबाट मनसुन बाहिरिन सुरु
काठमाडौं । नेपालबाट मनसुन बाहिरिन सुरु भएको छ । यस वर्षको मनसुन आइतबारदेखि बाहिरिन थालेको छ । निर्धारित समयभन्दा चार दिनपछि मनसुन बाहिरन सुरु गरेको हो । सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशका पश्चिमी भू–भागको थोरै स्थानहरूबाट मनसुन बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भू–भागबाट...
बाढी र पहिरोमा २ सय ४४ को मृत्यु, १९ अझै बेपत्ता
काठमाडौं । असाेज ११ र १२ गते परेको अविरल वर्षापछि आएको बाढीपहिरामा परी हालसम्म २ सय ४४ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य १ सय ७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १ सय ७४ जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र...