माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

पोखरामा २६ औं आदर्श कप फुटबल हुँदै, विजेतालाई ४ लाख ११ हजार पुरस्कार
पोखरा । पोखराको  आदर्श युवा क्लबको आयोजनामा ‘२६ औं संस्करणको आदर्श कप’ फुटबल प्रतियोगिता  हुने भएको छ । शनिबार पोखरामा एक पत्रकार सम्मेलनको आयोजना गरी क्लबले  माघ ९ गतेदेखि फुटबल हुन लागेको जानकारी दिएको हो ।  प्रतियोगिताका संयोजक ओमप्रकाश गुरुङका अनुसार यसपटकको प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्ला र विभागिय टोलीसहित कुल ८ वटा टोलीले सहभागिता...
अमेरिकन डलरको मूल्य बढ्यो
काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५९...
पोखरा महोत्सवमा भाेलिदेखि विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता, आज प्रकाश सपूत आउने
पोखरा । पोखराको अमरसिंह मैदानमा सञ्चालन भइरहेको १४ औँ पोखरा महोत्सव अन्तर्गत विद्यालयस्तरीय सामूहिक लोकनृत्य प्रतियोगिता माघ ४ गतेदेखि  हुने भएको छ । गण्डकी प्रज्ञा प्रतिष्ठानको प्रायोजनामा हुने यस प्रतियोगितामा पोखराका विभिन्न विद्यालयहरूले सहभागिता जनाउनेछन् । प्रतियोगिताको पहिलो दिन माघ ४ गते पोखरा स्पाइरल, सिद्ध मावि र ज्ञान गंगाबीच प्रतिस्पर्धा हुनेछ । त्यसपछि माघ ५...
निर्वाचन आउन ४७ दिन बाँकी
निर्वाचन सामग्री आपूर्तिमा १३ संस्था सूचीकृत
काठमाडौ । निर्वाचन आयोगले हिमाली तथा उच्च हिमाली क्षेत्रमा मतपत्रलगायतका सामग्री ढुवानीका लागि विभिन्न १३ व्यवसायीक संस्था सूचीकरण गरेको छ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आवश्यक निर्वाचन सामग्री, मतपत्र तथा अन्य अत्यावश्यक सामग्री ढुवानीका लागि कुरियर सेवातर्फ दुई वटा फर्म छनौट गरेको हो । आयोगका अनुसार, यसरी छनोट भएका...
पोखराको बाराही माविको खेल मैदानमा भूकम्प गएपछि‍‍…
पोखरा । माघको घमाइलो बिहान । पोखरा ५ मालेपाटनस्थित बाराही माध्यमिक विद्यालयको खेल मैदानमा सबै सामान्य थियो । कोही गफगाफमा व्यस्त थिए, कोही आ–आफ्नो काममा । तर, अचानक एउटा ठूलो ‘साइरन’ बज्यो । जमिन हल्लिएको महसुस भयो । हेर्दाहेर्दै शान्त वातावरण कोलाहलमा बदलियो ।“भूकम्प आयो ! भूकम्प आयो !” भन्ने चिच्याहटले मैदान गुन्जियो । नजिकै...
माघे संक्रान्ति पर्वको अवसरमा गण्डकी प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरा ।  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले माघे (मकर) संक्रान्ति/माघी पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । बिहीबार शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले हाम्रा चाडपर्वले हाम्रो भौगोलिक, धार्मिक, सांस्कृतिक, जातीय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता र साझा नेपाली पहिचान, अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योगदान गरेको उल्लेख गर्नुभएको छ...
पोखरा महानगरमा कर छुटको सुविधा चैत मसान्तसम्म
पोखरा ।  पोखरा महानगरपालिकाको १८औँ नगरसभाले पुस मसान्तसम्मको लागि तोकिएको कर छुटको समयावधिलाई आगामी चैत मसान्तसम्म बढाएको छ । राजस्व सङ्कलन प्रणालीमा आएको समस्याका कारण सेवाग्राही मर्कामा पर्नसक्ने अवस्थालाई दृष्टिगत गर्दै नगरसभाले उक्त समयावधि थप्ने निर्णय गरेको हो । चालु आर्थिक वर्षमा पुस मसान्तभित्र कर बुझाउने करदातालाई १० प्रतिशत छुट दिने आर्थिक ऐनको प्रावधान भए...
शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले परिवर्तित सन्दर्भमा नवपुस्ता मात्र नभएर सबै नेपालीको चाहनाअनुसार सुरक्षित भविष्यको लागि मुलुकलाई निकास दिन आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई सफल पार्न अनुरोध गर्नुभएको छ । बाग्लुङको बलेवास्थित त्रिभुवन माध्यमिक विद्यालयले आज विद्यालय परिसरमा आयोजना गरेको हीरक महोत्सवमा उहाँले शान्ति, सुशासन, विकास र समृद्धिको जनआकाङ्क्षा पूरा गर्नुपर्ने...
कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक
काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि निर्वाचित गगनकुमार थापा नेतृत्वको कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बसेको बैठकले विशेष महाधिवेशनका निर्णयको बारेमा आजै निर्वाचन आयोगमा जानकारी गराउने नवनिर्वाचित केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जानकारी दिनुभयो । बैठकमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरु सहभागी हुनुहुन्थ्यो । गत पुस २७ गतेदेखि जारी...
कांग्रेस फुटको संघारमा, दुई महामन्त्री ५ वर्षका लागि निष्कासित
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरेको छ । भृकुटीमण्डपमा अलग्गै नेतृत्व चयनको तयारी चलिरहँदा सानेपामा बसेको केन्द्रीय समिति बैठकले ३ जनालाई ५ वर्षका लागि साधारण सदस्यसमेत नरहने गरी निष्कासित गरेको एक नेताले बताए । पार्टी निर्णयविपरीत विशेष महाधिवेशन आव्हान गरेकोले उनीहरूलाई केन्द्रीय कार्य समिति...