माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

निर्वाच आउन ३ दिन बाँकी
  देशभर मतदाता शिक्षा कार्यक्रम सकियाे
काठमाडौँ । निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने र बदर मत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ । आयोगले देशभरका ६ हजार ७४३ वटै वडामा एकैपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । आयोगको स्वीकृत कार्यक्रमअनुसार यही फागुन ३ गतेदेखि सुरु भएको मतदाता शिक्षा देशभरका...
इरान–इजरायल युद्धमा २ सय बढीको मृत्यु, १७ लाख नेपाली श्रमिक प्रभावित
काठमाडौं । अमेरिका र इजरायलले जारी राखेको आक्रमणमा परेर इरानमा आइतबारसम्ममा कम्तीमा २ सय जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये १ सय ४८ जना त विद्यार्थी भएको दाबी गरिएको छ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीसहित उनका परिवारका अधिकांश सदस्यको मृत्यु भएको छ । तेहरानको नेतृत्व परिसरमा आयोजना गरिएको बैठकमा खामेनी र उनका...
तराइबाहेका जिल्लामा आज हर्षोल्लासका साथ मनाइँदै फागुपूर्णिमा
पोखरा । फागुपूर्णिमा अर्थात् होली पर्व आज पहाडी र हिमाली जिल्लामा  एकापसमा रङग दलेर मनाइँदैछ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाउने गरिएको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व मनाउने प्राचीनकालदेखिको परम्परा छ । केही वर्ष अघिसम्म उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका...
इरानले यूएइमा गरेको आक्रमणमा एक नेपालीसहित तीनको मृत्यु
काठमाडौं। ईरानद्वारा यूएईमा गरिएको आक्रमणमा परी एक नेपालीसहित तीन जनाको मृत्यु भएको छ। आक्रमण सुरु भएको २४ घण्टाभित्रै भएको घटनामा पाकिस्तानी, नेपाली र बंगलादेशी नागरिक गरी तीन जनाको मृत्यु भएको पुष्टि भएको हो। साथै विभिन्न देशका ५८ जना नागरिक सामान्य घाइते भएका छन्। रक्षा मन्त्रालयले सशस्त्र बल पूर्ण रूपमा तयारी अवस्थामा रहेको जनाउँदै नागरिक तथा...
खाडी क्षेत्रका देशमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति रोकियो
काठमाडौँ । सरकारले मध्यपूर्व तथा खाडी क्षेत्रमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै विभिन्न देशका लागि वैदेशिक रोजगारीमा जाने कामदारको श्रम स्वीकृति स्थगन गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार अर्को व्यवस्था नभएसम्मका लागि व्यक्तिगत र संस्थागत श्रम स्वीकृति रोकिएको हो । वैदेशिक रोजगार विभाग, वैदेशिक श्रम स्वीकृति शाखा ताहाचलले आइतबार एक सूचना...
पोखराको ड्यामसाइडमा सुटकेसभित्र युवतीको शव फेला, श्रीमानले हत्या गरेको आशंका
पोखरा। पोखरा महानगरपालिकाको ड्यामसाइडस्थित खोला किनारमा आइतबार बिहान सुटकेसभित्र एक युवतीको शव भेटिएपछि क्षेत्र स्तब्ध बनेको छ। नयाँपुल मुनी खोलामा तन्नाले बेरिएको अवस्थामा सुटकेस देखेपछि स्थानीयले बिहान करिब ८ बजे वडा प्रहरी कार्यालय बैदाम लाई खबर गरेका थिए। प्रहरी पुगेपछि सुटकेस खोलेर हेर्दा करिब २५ वर्षीया महिलाको शव फेला परेको हो। जिल्ला प्रहरी कार्यालय कास्की...
निर्वाचन आउन  ४ दिन बाँकी,
 निर्वाचनका दिन कुन कुन सवारीलाई पास चाहिँदैन ?
काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । आयोगले सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२ अनुरुप पास आवश्यक नपर्ने उल्लेख गरेको छ । आयोगबाट नेपाल सरकारलाई देहायबमोजिमका...
अमेरिकी-इजरेली हमलामा ‘इरानका सर्वोच्च नेता खामेनेई मारिएका’ ट्रम्पको दाबी
तेहरानमाथि अमेरिकी-इजरेली हमलामा परी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई मारिएका डोनल्ड ट्रम्पले बताएका छन्।ट्रम्पले “इरानी जनता”, “अमेरिकी जनता” र “विश्वभरि धेरै मानिसका निम्ति” “न्याय” भएको भनी सामाजिक सञ्जालमा लेखेका छन्। उनले बमबारी “जारी रहने भन्दै “इरानी जनताका लागि “उनीहरूको देश फिर्ता लिने यो एक मात्र अवसर भएको” टिप्पणी गरेका छन्।अमेरिका र इजरेलले इरानमाथि आक्रमण...
युद्धमा होमियो मध्यपूर्व, त्रासमा नेपाली
अमेरिका र इजरायलले गरेको आक्रमणको बदलामा इरान पनि प्रत्याक्रमणमा उत्रिएपछि मध्यपूर्वमा तनाव भएपछि नेपालीमा त्रास बढेको छ। खासगरी खाडी मुलुकहरूमा रहेका अमेरिकी अड्डालाई इरानले निशाना बनाएको छ। इरानले बहराइन, कतार, कुवेत, यूएई, साउदी अरब, जोर्डनलगायतका देशमा भएका अमेरिकी हवाई अड्डामा आक्रमण गरेको इरानी सञ्चारमाध्यमहरूले जनाएका छन्। आक्रमणपछि सम्बन्धित देशका सरकार र ती देशमा रहेका नेपाली...
रुपामा एमालेको घरदैलो, कास्की–१ मा केही काम भएन भन्न मिल्दैन : बैनबहादुर
पोखरा । कास्की क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार नेकपा एमालेका बैनबहादुर अधिकारी क्षेत्रीले रुपा गाउँपालिकाका मतदातासँग भेटघाट गरेका छन् । अधिकारीले शुक्रबार र शनिबार रुपा गाउँपालिकाका मतदातासँग भेटघाट गरेका हुन् । एमालेको राम्रो पकड क्षेत्र मानिने रुपामा बैनबहादुर पुग्दा स्थानीयको बाक्लो उपस्थिति थियो । उनले पूर्वाधार निर्माणतर्फ रुपा गाउँपालिकामा २०७४ सालअगाडि र अहिलेको...