माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

३७ कैदीबन्दीले कास्कीमा मतदान गर्ने, कास्कीमा निर्वाचनको तयारी पूरा
पोखरा । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा ३७ जना कैदीबन्दीले मतदान गर्ने भएका छन् । कैदीबन्दीमध्ये मतदाता परिचय पत्र बनाएका र स्थायी मतदाता नामावलीमा नाम समावेश भएका ३७ जनाले मतादान गर्न पाउने कास्की जिल्ला कारागार प्रशासक राजेन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ३७ जना मध्ये एक महिला रहनुभएको छ । कास्की कारागारमा ६ सय ९२...
माैसमले साथ दिए आज लाग्ने चन्द्रग्रहण नेपालका सबै ठाउँबाट देख्न सकिने
पोखरा । आज चन्द्रग्रहण लाग्ने भएको छ।  ग्रस्तोदित खण्डग्रास अर्थात उदाउँदै ग्रहणले करिब आधा भाग ढाकिने चन्द्रग्रहण लाग्ने भएको हो। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार ग्रहणले दिउँसो ३ बजेर ३४ मिनेटमा चन्द्रमालाई स्पर्श गर्नेछ। चन्द्रग्रहण स्पर्श हुँदा खग्रास भए पनि नेपालमा चन्द्रोदय भएपछि भने खण्डग्रास देखिने समितिका अध्यक्ष प्रा शम्भुप्रसाद ढकालले जानकारी दिए। बेलुकी...
तराई मधेशमा आज होली पर्व मनाइँदै
पोखरा ।  रंगहरूको पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा मनाइँदै छ । पहाडी र हिमाली जिल्लाहरुमा सोमबार नै होली मनाइएको थियो । त्यसको एक दिनपछि तराईमा होली मनाउने चलन छ । होलीको अवसरमा सरकारले आज तराई मधेशका जिल्लाहरूमा सार्वजनिक बिदा दिएको छ । पहाडी जिल्लामा सोमबार सार्वजनिक बिदा थियो । स्थानअनुसार मनाइने होलीको नाम पनि फरक–फरक...
हिमालय आँखा अस्पताल स्थापनाकाे  ३३ वर्षमा ४३ लाख नागरिकलाई सेवा
पोखरा ।  पोखरा महानगरपालिका-१७ घारीपाटनस्थित नेपाल नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पतालले आफ्नो स्थापनाको ३४ औँ वर्षमा आइपुग्दा ४३ लाख नागरिकलाई सेवा प्रदान गरेको छ । अस्पातलको ३४औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर डा बबिता गुरुङले २०४९ सालमा स्थापित अस्पतालले हालसम्म ४३ लाख नागरिकको जीवनमा उज्यालो छरेको जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालमा सन्...
निर्वाचनकाे माैन अवधि सुरु, केके गर्न पाइँदैन ?
काठमाडौँ । फागुन २१ गते बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिएको छ । निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई यही फागुन ४ गतेदेखि सोमबार मध्यरात १२ः०० बजेसम्म प्रचारप्रसारको समय दिएको थियो । मतदान हुनु ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म कायम हुने...
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आयात नियमित रहेकाले अनावश्यक भण्डारण नगर्न आमसर्वसाधरणमा आग्रह गरेको छ । निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टले अनावश्यक भण्डारण गर्दा दुर्घटनाको जोखिमसमेत हुने भएकाले अनावश्यक भण्डारण नगर्न अनुरोध गर्दै इन्धन नियमित भइरहेको र चुनावभरि नियमित हुने जानकारी दिनुभयो । उहाँले सोमबार एक सूचनामार्फत भन्नुभएको छ, “पेट्रोलियम पदार्थको आयात पाइप...
निर्वाचन आउन दुई दिन बाँकी
आचारसंहिता अनुगमन अधिकृतलाई आयोगको निर्देशन
काठमाडौँ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई थप निर्देशन दिएको छ । आयोगले आजदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म पालना गर्नुपर्ने विशेष आचरण प्रभावकारी कार्यान्वयनका लागि निर्देशन दिएको हो । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आचारसंहिता कार्यान्वयन सुनिश्चित गर्न सहायक प्रमुख जिल्ला अधिकारी र कोष तथा लेखा नियन्त्रक...
३५ वर्षमा देशले ३० प्रधानमन्त्री पायाे, ५ वर्षे कार्यकाल कसैले पूरा गरेनन्
०४६ को जनआन्दोलनले प्रजातन्त्र पुनस्र्थापना गरेपछिका ३५ वर्षमा यो देशले ३० जना प्रधानमन्त्री पायो । तर, कसैले पनि पाँचवर्षे कार्यकाल पूरा गर्न सकेनन् । यस अवधिमा दल र नेताहरूका राजनीतिक तिकडमले सरकार बन्ने र ढल्ने चक्र चलिरह्यो । त्यति मात्र होइन, जनताले बहुमत दिएर सिंहदरबार पठाएका दलले पनि आन्तरिक किचलोका कारण संसद् विघटन गरेर देशलाई मध्यावधिमा धकेले । सरकार...
सार्वजनिक बिदाका दिन बैकिङ सेवा उपलब्ध गराउन निर्देशन
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक बिदाका दिन बैङ्किङ सेवा उपलब्ध गराउन बैङ्क तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । एक निर्देशनमार्फत केन्द्रीय बैंकले होली पर्व र प्रतिनिधिसभा सदस्य निर्वाचनको दिन अर्थात् फागुन २१ गते बिहीबारका दिन बैङ्क तथा वित्तीय संस्थाका कार्यालय सञ्चालनमा रहने व्यवस्था मिलाउन आग्रह गरेको हो । राष्ट्र बैङ्कले सरकारी कारोबार गर्न...
थकाली समुदायमा ‘तोरनल्ह’ पर्वको रमाइलो
मुस्ताङ । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा तोरन ल्ह (फागुपूर्णीमा) पर्वको रौनक छाएको छ । नेपालका विभिन्न क्षेत्रमा ११ हजार जनाको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागुपूर्णीमाको अवसरमा परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् । फागुपूर्णीमाको अघिल्लो दिन सुरु हुने तोरनल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी...