माधवप्रसाद बराल

माधवप्रसाद बराल

माधवप्रसाद बरालका अन्य लेखहरू

तीनकुने घटनाको सत्य–तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने मन्त्रिपरिषद्को निर्णय
काठमाडौ‌ं ।  सरकारले तीनकुनेमा शुक्रबार भएको घटनाको सत्य–तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने भएको छ । शुक्रबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त घटनाको सत्य–तथ्य छानबिन गरी दोषीउपर कारबाही गर्न र आगामी दिनमा यस्ता घटना हुन नदिन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता एव् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए...
राजावादी आन्दोलनको नेतृत्व गर्ने ५ जना पक्राउ, दुर्गा प्रसाई फरार
काठमाडौं । राजावादी आन्दोलनको नेतृत्व गरिरहेका उच्च तहका  नेताहरूलाई पक्राउ गर्न प्रहरी टोली सक्रिय बनेको छ । प्रहरीका अनुसार, राजावादी मोर्चाको कमाण्ड सम्हालेका  दुर्गा प्रसाईंको शुक्रबार दिउँसैबाट खोजी भइरहेको छ । तर, उनी शनिबार बिहानसम्म पनि भेटिएका छैनन् । प्रहरीले उनीसहित आन्दोलनमा खटिएका राप्रपाका अन्य दुई शीर्ष नेतालाई भने ललितपुरको सातदोबाटोबाट शुक्रबार  प्रकाउ गरेको छ...
वैशाखको तेस्रो साता पोखरामा अन्तर्राष्ट्रियस्तरको भलिबल हुने
पोखरा । पोखरामा वैशाख तेस्रो साता अन्तर्राष्ट्रियस्तरको पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । राष्ट्रिय खेल भलिबललाई प्रवद्र्धन गर्ने उद्देश्यले लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५एम नेपालले वैशाख १८ गतेदेखि २२ गतेसम्म लायन्स कप भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो । विश्वमा लायन्स क्लब स्थापनाको १ सय ७ वर्ष र नेपालमा ५४ वर्ष पुगेको अवसरमा आयोजित प्रतियोगितामा...
रेडियो अन्नपूर्णमा भाेलि  रक्तदान कार्यक्रम
पोखरा ।  रेडियो अन्नपूर्ण र पोखरा इन्टरनेटको संयुक्त आयोजनामा यहीं चैत १६ गते शनिवार हुने वृहत रक्तदान कार्यक्रमको तयारी पुरा भएको छ । रक्तदान कार्यक्रमलाई भव्य बनाउदै रक्तदातालाई यसतर्फ उत्प्रेरित गर्नको लागि निरन्तर आयोजना गरिदै आएको रेडियोका स्टेसन म्यानेजर सञ्जय कुमार मल्लले बताए । रेडियोले सामाजिक उत्तरदायित्व अन्तर्गत “जीवन बचाउन रक्तदान गरौँ” भन्ने नाराको साथमा...
गण्डकीका पर्यटनमन्त्री बस्याल र चिनका सिटिएस प्रमुख यानबिच भेटवार्ता
पोखरा । गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, सिचुवान एयरलाइन्स (CTS) प्रमुख जुन यान (Jun Yan) र  उनकी सेक्रेटरी ली शिन (Li Xin) बीच पोखरामा भेटवार्ता भएको छ। भेटमा सिचुवान एयरलाइन्स (CTS) ले हालै सुरु गरेकाे पोखरा-छेन्दु चार्टर हवाई उडानले पर्यटन र व्यापार प्रवर्द्धनमा ऐतिहासिक उपलब्धी भएकाे सम्वन्धमा कुराकानी भएकाे छ । यसका साथै...
‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगितामा लेखनाथ इगल्सको पहिलो जित
पोखरा ।  पोखरामा जारी ‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगितामा लेखनाथ इगल्सले पहिलो जित निकालेको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको सहयोग तथा पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना र व्यवस्थापनमा भइरहेको प्रतियोगिताको दोस्रो खेलमा लेखनाथ ईगल्सले लेकसाईड फाल्कोनलाई ५६ रनले पराजित गरेको हो । यसअघि बुधबार भएको उद्घाटन खेलमा लेखनाथ ईगल्स न्यूरोड हबसँग ७...
सराङकोट महायज्ञबाट साढे २ करोड बचत
पोखरा । पोखराको सराङकोटमा यही फागुन १४ देखि २१ गतेसम्म भएको श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सवमा करिव साढे २ करोड बचत भएको छ । आयोजक सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले आज बिहीबार एक कार्यक्रमका बीच महायज्ञको आय व्यव विवरण सार्वजनिक गरेको हो ।जसअनुसार यज्ञमा रु.३ करोड १ लाख ९२ हजार, ३ सय...
पोखरामा प्रतिभा एजुकेसनले खोल्यो उन्नत शिक्षा प्रणालीमा आधारित ‘एभरग्रिन एकेडेमी’
पोखरा । पोखराको शैक्षिक शानका रुपमा स्थापित प्रतिभा एजुकेशन फाउण्डेशनले एभरग्रीन एकेडेमी स्थापना गरेको छ । पोखरा तेर्सापट्टिस्थित साविक कल्पना सिनेमा हलको स्थानमा अत्याधुनिक भवन निर्माण गरी एडेकेमी सञ्चालनमा ल्याएको हो । यसै शैक्षिक सत्रदेखि पठनपाठन सुरु गर्न लागेको बुधबार पत्रकार सम्मेलन गरेर एकेडेमीले जानकारी दिएको हो । टोडलरदेखि कक्षा ५ सम्मको पढाइ सुरु हुने...
गण्डकी प्रदेश सभाबाट सडक विधेयक पारित
पोखरा । गण्डकी प्रदेश सभाबाट सार्वजनिक सडक निर्माण विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको छ । मंगलबारको प्रदेश सभा बैठकले उक्त विधेयक सर्वसम्मतिले पारित गरेको हो । विधेयकले प्रदेशभित्रका सडकलाई प्रदेश लोकमार्ग र प्रादेशिक सडक गरी सडकको दायाँबायाँको मापदण्ड तय गरेको छ । तराई क्षेत्रमा प्रदेश लोकमार्गको सडकको केन्द्रबाट...
विभिन्न सीपमूलक तालिम सञ्चालन
पोखरा । गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत सञ्चालित व्यावसायिक तथा सिप विकास तालिम केन्द्र पोखराले कपाल काट्ने शैलुन, प्लम्बिङ, मोबाइल मर्मत, एडभान्स ब्युटी पार्लर, फेशन डिजाइन, एडभान्स कटाई सिलाई, मन्टेश्वरी, कुक (पाक शिक्षा) तथा आधारभूत कटाई सिलाई तालिम सुरु गरेको छ। तालिमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री...