तीनकुने घटनाको सत्य–तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने मन्त्रिपरिषद्को निर्णय

तीनकुने घटनाको सत्य–तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने मन्त्रिपरिषद्को निर्णय

cabinet

काठमाडौ‌ं ।  सरकारले तीनकुनेमा शुक्रबार भएको घटनाको सत्य–तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्ने भएको छ ।

शुक्रबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त घटनाको सत्य–तथ्य छानबिन गरी दोषीउपर कारबाही गर्न र आगामी दिनमा यस्ता घटना हुन नदिन गृह मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको सरकारका प्रवक्ता एव् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

यस्तै प्रदर्शनका क्रममा घाइते भएकाहरुको उपचारको व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया