पोखरा पब्लिक स्कुलका २ विद्यार्थीले ल्याए ४‍.० जिपिए

पोखरा पब्लिक स्कुलका २ विद्यार्थीले ल्याए ४‍.० जिपिए

pokhara public school news.photo

पोखरा । पोखराको चाउथेस्थित अनुपम टोलमा रहेको पोखरा पब्लिक स्कुलबाट २०८२ सालको माध्यामिक शिक्षा परीक्षा (एसइई) मा सहभागी २ विद्यार्थीले उच्चतम् ४.०० जिपिए ल्याएका छन् । विद्यालयका संस्थापक प्राचार्य कृष्ण केसीका अनुसार रोनिस खत्री र सक्षम पौडेलले ४.०० जिपिए ल्याएका हुन् ।

पोखार १४ हबेली मार्गका खत्री र भूमेश्वर मार्गका पौडेल नर्सरीदेखि सोही विद्यालयमा अध्ययन गरेका हुन् । पोखरा पब्लिकबाट एसइईमा सहभागी भएका ६४ विद्यार्थी मध्ये ३ः६१ बाट ४ः०० जिपिए ल्याउने, १७ जना, ३ः२१ बाट ३ः६० अंक ल्याउने २७ जना र २ः८१ बाट ३ः२० सम्म अंक ल्याउने २० जना विद्यार्थी छन् । यसअघि पोखरा पब्लिक स्कुलमै अध्ययन गरेका सागर काफ्ले २०७१ मा कास्की जिल्ला प्रथम भएका थिए भने सन्देश तिमिल्सिना २०७२ मा जिल्ला प्रथम साथै नेपाल भरिबाट द्वितीय भएका थिए ।

विद्यालयका संस्थापक प्राचार्य केसीले २ विद्यार्थीले उच्चतम् नतिजा ल्याउनु सुखद् भएपनि पूर्ण सन्तुष्ट हुने अवस्था नभएको बताए । विद्यालयले गुणस्तरीय शिक्षालाई नै जोड दिएको उनको भनाइ छ ।

प्रतिक्रिया