पोखरा । नेपाली पाइलट सर्वजित यादवले नयाँ इतिहास रचेका छन्। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा बुधबार साँझ ६:१९ बजे फ्लाई दुबईको बोइङ ७३७ म्याक्स अवतरण गराएसँगै उनी यो उपलब्धि हासिल गर्ने पहिलो पाइलट बनेका हुन्।
उनले दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय १३ जना यात्रु बोकेर उडेको सो जहाजलाई पहिलो पटक पर्यटकीय नगरी पोखरामा सफलतापूर्वक अवतरण गराए। नेपालका विभिन्न वायुसेवा कम्पनीहरूमा लामो अनुभव सँगालिसकेका यादव सन् २०२२ देखि फ्लाई दुबईमा उडान भर्दै आएका छन्। पोखराबाट नियमित अन्तर्राष्ट्रिय हवाई सम्पर्कको नयाँ अध्याय सुरु भएसँगै ५० वर्षको सपना पूरा भएकाे छ।