पोखरा । पोखराको पुरानो टुँडिखेलमा रहेको राष्ट्रिय माविले आयोजना गरेको कास्की जिल्ला स्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगितामा छात्रतर्फको उपाधि गुरुकुल विद्या सदन र छात्रातर्फको उपाधि करुणानीधि एजुकेसन फाउन्डेसन (केफ) माध्यामिक विद्यालयले जितेको छ ।
प्रतियोगितामा छात्रतर्फको फाइनल खेलमा गुरुकुल विद्या सदनले माउन्ट अन्नपूर्णलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधी हात पारेको हो । उपाधिसँगै गुरुकुलले नगद ५० हजार, ट्रफी र मेडल हात पार्न सफल भयो । प्रतियोगितामा गुरुकुलकै खेलाडी अरविन्दसुनार उत्कृष्ट खेलाडी घोषित भए । उनले नगद ५ हजार र मेडल प्राप्त गरे । दोस्रो भएको माउन्ट अन्नपूर्णले नगद ३० हजार, ट्रफी र मेडल प्राप्त गरे भने तेस्रो भएको न्यू ग्यालेक्सीले नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गरे ।
त्यसैगरी छात्रातर्फ करुणानिधि एजुुकेसन फाउन्डेशन (केफ)ले शान्ता माबिलाई ३–१ सेटमा पराजित गर्दै उपाधी हात पार्न सफल भयो । उपाधी बिजेता केफले नगद ५० हजार, ट्रफी र मेडल हात पार्न सफल भयो । प्रतियोगितामा केफकी खेलाडी धनकुमारी बिक उत्कृष्ट खेलाडी बन्दै नगद ५ हजार र मेडल प्राप्त गरिन । उपबिजेता बनेको शान्ता माबिले नगद ३० हजार, ट्रफी र मेडलमा चित्त बुझाउन प¥यो । प्रतियोगितामा तेश्रो स्थान हात पार्न सफल पश्चिमाञ्चल माबिले नगद १५ हजार, ट्रफी र मेडल प्राप्त गरे । हीरक महोत्सवको अवसरमा आयोजना गरेको भलिवल प्रतियोगितामा छात्र तर्फ २६ टीम छात्र र १३ टीमको सहभागीता रहेको थियो ।
हीरक महोत्सवकै अवसरमा आयोजना गरिएको छेलो प्रतियोगितामा छात्र तर्फ त्रिभुवन शान्ति माविका लक्सन पुर्जा पुन प्रथम, भद्रकाली माबिका शंकर बिक दोश्रो र गुरुकुल विद्या सदनका मनोज सिर्पाली तृतीय भएभने छात्रातर्फ त्रिभुवन शान्ति माविका शशी रानाभाट प्रथम, गौरीशंकर माविका डोल्मा छन्त्याल दोश्रो र राष्ट्रिय माविका सञ्जिता बिक तृतीय भइन ।
छात्रछात्रा परम्परागत छेलो (ठेलो) प्रतियोगिता अन्तर्गत प्रथम हुनेले नगद ५ हजार, पदक, प्रमाणपत्र र फेटा, द्धितीय हुनेले नगद ३ हजार, पदक र प्रमाणपत्र र तृतीय हुनेले नगद २ हजार, पदक र प्रमाणपत्र प्राप्त गरे । प्रतियोगिताका बिजेताहरुलाई प्रमुख अतिथि शिक्षा निर्देशनालयका महानिर्देशक अम्बिका आचार्य, पोखरा महानगरपालिकाका वडा नं १ का अध्यक्ष साहारा प्रधान, विद्यालय ब्यवस्थापन समितिका कार्यबाहक अध्यक्ष बरुण विक्रम राणा, खेलकुद कार्यक्रम संयोजक तेज बहादुर गुरुङ, शिक्षक अभिभावक संघका अध्यक्ष रमेश पौडेल, विद्यालयका प्रध्याना ध्यापक इश्वरी प्रसाद सापकोटा लगायतले पुरस्कार बितरण गरेका थिए ।