पाेखरा पूर्वमेयर मानबहादुर जिसीलाई पितृ शाेक

पाेखरा पूर्वमेयर मानबहादुर जिसीलाई पितृ शाेक

nar-bahadur-gc

पोखरा । पोखरा महानगरपालिकाका पूर्वमेयर तथा नेकपा एमालेका नेता मानबहादुर जिसीका पिता एवं पूर्वस्थानीय जनप्रतिनिधि नरबहादुर जिसीको ९२ वर्षको उमेरमा निधन भएको छ । पोखरा २८ कालिकास्थित निवासमा मंगलबार जिसीको ९२ वर्षको उमेरमा म‌ंगलबार निधन भएको हो ।

१९९२ साल साउन ८ गते साविक कालिका गाउँ विकास समिति वडा नम्बर ५ देवमणि (देउमाडी) जन्मिएका जिसी थिए । पारिवारिक स्रोतका अनुसार साविक ठूलोस्वाँरा पञ्चायतको वडा नम्बर १ का पूर्ववडाध्यक्ष पनि थिए । उनी साविक कालिका पञ्चायत वडा नम्बर ५ को वडाध्यक्ष बनेका थिए ।तत्कालीन पञ्चायती निरंकुशताको विरुद्ध बिगुल फुक्ने घरको रूपमा उनको निवास चिनिन्थ्यो । जिसीको पोखराको रामघाटमा अन्त्येष्टि गरिएको छ ।

दिवंगत जिसीकी श्रीमती मनकुमारी जिसीको पहिले नै निधन भइसकेको छ । उनका चार छोरा र एक छोरी छन् । जिसीको निधनपछि उनको पार्थिव शरीरमा नेकपा एमालेका नेताहरू नवराज शर्मा, मनबहादुर गुरुङ, वेदबहादुर गुरुङ ‘श्याम’, दर्शन लामा र बैनबहादुर अधिकारी लगायतले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

प्रतिक्रिया