पोखराको सिर्जना माविमा पुरस्कार वितरण

पोखराको सिर्जना माविमा पुरस्कार वितरण

467574881_1142454234554103_1448373606056101710_n

पोखरा । पोखराको सिर्जनाचोकस्थित शान्तिमार्गमा रहेको सिर्जना माविले पुरस्कार वितरण कार्यक्रम गरेको छ । गत शैक्षिक सत्र २०८० मा नर्सरीदेखि कक्षा १० सम्म आआफ्ना कक्षाको सेक्सनमा प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरू लगायत अनुशासन, सरसफाइमा सर्वोत्कृष्ट हुन सफल तथा सतप्रतिशत हाजिरी भएका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । मङ्सिर ९ गते आइतबारका दिन २०८१ साल असोज १६, १७ र १८ गतेका दिन सञ्चालन भएको प्रतिभा प्रस्फुटन कार्यक्रमको विभिन्न विधामा सहभागी भई प्रथम, द्वितीय र तृतीय भएका विद्यार्थीहरू पुरस्कृत भएका थिए ।

पुरस्कार वितरणको पहिलो दिन मंसिर ६ गते बिहीबार नर्सरीदेखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । विभिन्न क्षेत्रमा कार्यरत अभिभावकहरू अन्जन पोख्रेल, शिवकुमार भण्डारी, पितृराज अधिकारी र सुशील पौडेलले पुरस्कार वितरण गरेका थिए । दोस्रो दिन मंसिर ७ गते शुक्रबार रामबहादुर बानिया, अच्युत कटेल, दीपा अधिकारी आचार्य र बालकृष्ण शर्माले पुरस्कार वितरण गरेका थिए ।

तेस्रो दिन मंसिर ९ गते प्रतिभा प्रस्फुटन कार्यक्रमको पुरस्कार वितरण गरिएको थियो । जसमा कक्षा (१–३), (४–५), (६–८) र (९–१०) का विद्यार्थीहरूबिच विभिन्न विद्या (एकल र समूह नृत्य, एकल र समूह गायन, कविता वाचन, वक्तृत्वकला, हास्यव्यङ्ग्य र नाटक) मा छुट्टाछुट्टै विधा र तहमा मूल्याङ्कन गरी विजेत विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । उक्त कार्यक्रममा आशिका आले, कमलराज चुके, नारायण घताले र सरस्वती त्रिपाठीले पुरस्कार वितरण गरेका थिए ।

विद्यालयका प्राचार्य डोलराज पाण्डेको अध्यक्षमा भएको उक्त कार्यक्रममा विद्यालयका सल्लाहकार कृष्णप्रसाद घिमिरेले पुरस्कृत सम्पूर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरे । विद्यालयका निर्देशक सीता पाण्डे, अभिभावक नारायण घताले, विद्यालय अतिरिक्त क्रियाकलाप प्रमुख मीनप्रसाद तिवारीले पनि बोलेका थिए ।

प्रतिक्रिया