पोखरा । कास्की प्रहरीले स्वरुप परिवर्तन गर्ने ३५ वटा मोटरसाइकलाई कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको संयुक्त प्रयासमा चर्को आवाजमा ध्वनी प्रदुषण गर्र्दै हिड्ने सवारी साधन कारबाहीमा परेका हुन् ।
स्वरुप परिवर्तन (मोडिफाइ) गरिएका ३५ वटा मोटरसाइकललाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि यातायात व्यवस्था कार्यालय पोखरा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
कसैले स्वरुप परिवर्तन गरी ध्वनी प्रदुषण गरी मोटरसाइकल चलाएको देखेमा जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक कार्यालयमा खबर गर्न प्रहरीले अनुरोध गरेको छ ।