बाख्रा चोरेको आरोपमा कुटपिट गरी युवाको हत्या

अपराध

बाख्रा चोरेको आरोपमा कुटपिट गरी युवाको हत्या

hattya

कैलाली । बाख्रा चोरी गरेको आरोपमा गौरीगंगा नगरपालिका–११ को कान्तिपुर बस्ने ३० वर्षीय सुरेश भुलको कुटपिट गरी हत्या भएको छ ।
अस्ति साँझ ६ बजेतिर १०÷१५ जनाको समूहले उनीमाथि आक्रमण गरेको मृतकका आफन्तले बताएका छन् ।

गाउँमा एउटा बाख्रा हराएको र त्यो बाख्रा भुलले आफ्नो मेडिकल नजिकै राखेको भएपनि चोरी गरेर आरोप लगाएर उनीमाथि आक्रमण गरिएको आफन्तले बताएका छन् । कुटपिटबाट घाइते भएको भुलको सोमबार बिहान धनगढीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भएको हो । घटनामा सम्लग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ । उनका आफन्तले १० जना विरुद्ध किटानी जाहेरी दिएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार भुलमाथि कुटपिट गर्ने ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जंग भुल, १८ वर्षीय प्रकाश भुल(नाम परिवर्तन), २३ वर्षीय विशाल बिक र ३० वर्षीय धर्म बिक रहेका छन् । अदातलबाट म्याद थप गरी घटनाको अनुसन्धान गरिने प्रहरीले बताएको छ ।

प्रतिक्रिया