नेरेसो उपशाखा पोखरा ५ को अध्यक्षमा केशव निर्वाचित

नेरेसो उपशाखा पोखरा ५ को अध्यक्षमा केशव निर्वाचित

redcross photo

पोखरा । नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा -५ को नवौ अधिवेशनले केशवप्रसाद कोइरालाको अध्यक्षातामा ११ सदस्यीय नयाँ कार्यसमितिको निर्वाचित गरेको छ ।

सोसाइटीको उपसभापतिमा नेत्रमाया अधिकारी, सचिव प्रदीप सुवेदी, कोषाध्यक्ष गोविन्द खत्री, सह-सचिव विध्या अधिकारी पौडेल, सहकोषाध्यक्ष, केशव बराल चयन भएका छन् ।

सदस्यमा पवित्रा शर्मा, माधव बास्तोला, रामप्रसाद खनाल, कृष्णकुमारी गुरुङ, इन्द्रप्रसाद पराजुली चयन भएका छन् । केही पद निर्विरोध भएको थियो भने केही पदमा निर्वाचन भएको थियो । उपसभापति, सहकोषाध्यक्ष, सहसचिव र महिला सदस्य निर्विरोध निर्वाचित भएका हुन् भने अन्य पदमा निर्वाचन भएको निर्वतमान सहसचिव लक्ष्मण बरालले जानकारी दिए ।अधिवेशन पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद बरालको प्रमुख आतिथ्यतामा भएको थियो ।

प्रतिक्रिया