पोखरा । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारण सभा एवम छैठौ अधिवेशनबाट अध्यक्षमा पुनः कृष्णप्रसाद तिमिल्सिना दोहोरिएका छन् ।पोखरामा भएको अधिवेशनले तिमिल्सिनाको अध्यक्षतामा ९ जना कार्यसमिति सर्वसम्मत चयन गरेको हो । संस्थाको उपाध्यक्षमा रुद्रबहादुर विश्वकर्मा, सचिवमा मनोज रसाइली, कोषाध्यक्षमा श्रीजन श्रेष्ठ चयन भए । सदस्यहरुमा शान्ता देवकोटा, हरिप्रसाद न्यौपाने, सूर्य श्रेष्ठ, बाबुराम आचार्य र रिता प्रधान चुनिए । यस्तै लेखा सुपरिवेक्षण समितिको संयोजकमा गोकर्ण कार्की, सदस्यहरुमा कृष्णबहादुर लम्साल र श्रीराम आचार्य चयन भएका छन् ।
यसअघि संस्थाको १५ औं वार्षिक साधारण सभाको उद्घाटन जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष सावित्री कोइरालाले गरिन् । सो अवसरमा बोल्दै कोइरालाले सहकारीलाई जिवन्त राख्नका लागि सञ्चालक, कर्मचारी, शेयर सदस्य सबैको भूमिका महत्वपूर्ण रहेको बताइन् । शेयर सदस्य धर्मराज पन्थीले सरकारले अहिले सहकारीलाई समस्या ग्रष्ट र समस्यामा परेका दुबै सहकारीलाई एउटै बाकसमा राख्दा समस्या देखिएको बताए । उनले संस्थामा गलत व्यक्तिहरु हाबी हुँदा सहकारीहरुमा समस्या देखिएको भएपनि हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थामा त्यो अवस्था नरहेको उल्लेख गरेका थिए ।
संस्थाको १५ औं वार्षिक साधारणको अवसरमा संस्थाका शेयर सदस्यका छोराछोरीले एसइई एवम् विभिन्न तहको परिक्षामा उत्कृष्ट अंक लिएर पास हुने कृति लामिछाने, दृश्य पन्थी, सुजन ढकाल, पूजा विक, दिपीकाकुमारी शर्मा, निश्चल कार्की, गोविन्दनाथ योगी, आयुष तिवारी, अनुपम रिजाल, कपिल दाहाल, सृजना अधिकारी क्षेत्री, प्रतिभा अधिकारी , जेनिशा मल्ल, सुरक्षा दाहाल, जिया राना, राहुल शर्मा, सुवेक्षा भण्डारी, सम्रात गुरुङ सम्मानित भए ।
यस्तै उत्कृष्ट बालबच्चातर्फ इशा पाण्डे, मोतिकला राई, सिमम तामाङ, कमला नेपाली उत्कृष्ट कारोबारीतर्फ कमला नेपाली, संहा शाह, धनकुमारी पोखरेल, उत्कृष्ट कर्मचारीतर्फ संस्थाका कर्जा व्यवस्थापक नारायण अधिकारीलाई सम्मान गरिएको थियो । कार्यक्रममा मादी गाउँपालिका–४ का वडाध्यक्ष एवम् हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाका पूर्वअध्यक्ष शिवप्रसाद सापकोटा, युवा व्यवसायी किसान सुनार, निवर्तमान अध्यक्ष शुक्रराज कँडेल, सल्लाहकार भोजबहादुर सुवेदी लगायतले बोलेका थिए । हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष रुद्रबहादुर विश्वकर्माको स्वागत र सचिव मनोज रसाइलीले कार्यक्रम सञ्चालन गरेका थिए ।