दसैंको टीका र जमरा लगाउने क्रम जारी, दसैं मनाउन गाउँ गएका फर्किन थाले

दसैंको टीका र जमरा लगाउने क्रम जारी, दसैं मनाउन गाउँ गएका फर्किन थाले

1

पोखरा । विजया दशमीको टीकाको आज तेस्रे दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम निरन्तर छ ।

विजयादशमीका दिनदेखि शुरु भएको टीका, जमरा लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म नै जारी रहन्छ । विजया दशमीको मुख्य दिन अस्ति टीका लगाउन नभ्याएकाहरुले आज मान्यजनबाट टीका ग्रहण गर्ने गर्दछन् । नेपालको पोखरासहित पश्चिमी क्षेत्रका केही जिल्लामा भने विजयादशमीको दिन मात्रै टीका लगाउने चलन छ ।

दसैं मनाउन गाउँ गएकाहरु फर्किन थालेका छन् । दसैंको टीकाको भोलिपल्टदेखि दसैं मनाउन गाउँ गएकाहरु फर्किन थालेका हुन् । पोखराको बजारमा पनि अइतबार साँझदेखि विस्तारै चहल पहल बढ्दै गएको छ । आज बिहानदेखि पाेखरामा अझ चहल पहल बढेकोे छ ।

प्रतिक्रिया