पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीले महेश भण्डारीलाई गण्डकी प्रदेशको पर्यटन संस्कृति विभाग प्रमुखको जिम्मेवारी दिएको छ । विभागको प्रमुख भएपछि उनले गण्डकीको पर्यटन र संस्कृतिको जगेर्ना गर्न सदैव लागि पर्ने बताएका छन्।
उनले पर्यटन र संस्कृतिसँग जोडिएका प्रादेशिक र राष्ट्रिय एजेन्डाहरूमा एक मिनेट पनि खेर नफालिकन काम गर्ने योजना रहेको बताए । उनले लामो समयको संचारकर्म र वैकल्पिक राजनीतिको यात्रामा क्रियाशिल रहिआएको सन्दर्भमा पार्टीले दिएको यो जिम्मेवारीलाई आफूले जनसेवाको सुन्दर अवसरको रुपमा लिएको उल्लेख गरेका छन्।
पार्टीको गण्डकी प्रदेश समितिले उनलाई विभाग प्रमुख बन्न गत माघमा सिफारिस गरेको थियो भने पार्टीको केन्द्रीय विभागले उनलाई गत भदौ २५ गते अनुमोदन गरेको थियो ।