आज विश्व बसोवास दिवस विविध कार्यक्रम गरी मनाइँदै

आज विश्व बसोवास दिवस विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज विश्व बसोवास दिवस । विविध कार्यक्रम गरी यो दिवस मनाइँदै छ । दिगो सहरी विकास प्रवद्र्धन गर्दै सबैका लागि उपयुक्त आवास सुनिश्चित गर्ने उद्देश्यले विश्वको ध्यानाकर्षण गर्न दिवस मनाउन थालिएको हो ।

सन् १९८६ देखि अक्टोबर महिनाको पहिलो सोमबार संयुक्त राष्ट्र संघीइ मानव बसोवास कार्यक्रम आह्वानमा यो दिवस मनाउन थालिएको हो ।
नेपालमा भने सन् २००१ देखि सरकारी एवं गैरसरकारी क्षेत्रबाट यो दिवस मनाउन सुरु गरिएको हो । ‘कर्मशील युवा ः समुन्नत सहर’ नाराका साथ यस वर्षको विश्व बसोवास दिवस मनाउन लागिएको छ ।

राष्ट्रिय जनगणना–२०७८ अनुसार नेपालका नगरपालिकाको जनसंख्या ६६ दशमलव एक सात प्रतिशत रहेको छ । समग्र अर्थतन्त्रमा यस क्षेत्रको योगदान ७६ दशमलव एक प्रतिशत रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया