पोखराका प्रमुख प्रशासकीय अधिकृत थापाको सरुवा

पोखराका प्रमुख प्रशासकीय अधिकृत थापाको सरुवा

pokhara metro

पोखरा भदौ ३१ । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाको सरुवा भएको छ । बिहीबार बसेको मन्त्री परिषद्को बैठकले थापाको सरुवा गृह मन्त्रालयमा गरेको हो । पोखरा महानगरको प्रमुख प्रशासकीय अधिकृतमा शिवराज चौलागाईं आउने भएका छन् । उनी राष्ट्रिय दलित आयोगका सचिव थिए ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले ४० जना सहसचिवको सरुवा गर्ने क्रममा काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरी उनको ठाउँमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सरोजप्रसाद गुरागाईंको सरुवा गरेको छ ।

प्रतिक्रिया