खेलकुद

महिला विश्वकप: जाम्बियाविरुद्ध जापानको गोल वर्षा
न्युजिल्याण्डमा जारी महिला विश्वकपमा जापानले उत्कृष्ट सुरुवात गरेको छ। यस प्रतियोगितामा डेब्यू गरिरहेको जाम्बियालाई जापानले ५–० गोलले हराएको हो। जापानको जीतमा हिनाता मियाजावाले २ गोल गरिन् भने मिना टानाकाले १/१ गोल गरिन्। खेलको अन्त्यतिर जाम्बियाकी गोलकीपर क्याथरिन मोसुन्डाले रातो कार्ड पाइन्। त्यसमा जापानले पाएको पेनाल्टीमा रिको उइकीले गोल गरिन्। जितसँगै जापान समूह ‘सी’ को शीर्ष...
महिला विश्वकप : स्पेन र स्विट्जरल्यान्डको सहज जित
महिला विश्वकप फुटबलमा स्पेन र स्विट्जरल्यान्डले सजिलो जित हात पारेका छन्। प्रतियोगिताको शुक्रबार भएको खेलमा समूह ‘सी’ अन्तर्गतको खेलमा स्पेनले कोस्टारिकालाई ३—० गोलको फराकिलो अन्तरले हरायो। स्पेनको जितमा ३ वटै गोल पहिलो हाफमा भएको थियो। खेलको २१ औं मिनेटमा कोस्टारिकाकी भालेरिया डेल क्याम्पोबाट आत्मघाति गोल भएपछि स्पेन अगाडि बढेको थियो। खेलको २३ औं मिनेटमा आइताना...
महिला विश्वकप: दुबै आयोजक राष्ट्र न्युजिल्यान्ड र अस्ट्रेलियाको विजयी सुरुवात
फिफा महिला विश्वकप फुटवलमा दुवै आयोजक राष्ट्र न्युजिल्यान्ड र अस्ट्रेलियाले विजयी सुरुवात गरेका छन्। घरेलु मैदानमा भएको खेलमा अस्ट्रेलियाले आयरल्यान्डलाई १–० गोल अन्तरले हराउँदै विजयी सुरुवात गर्‍यो। अष्ट्रेलियाको जितमा स्टेफ क्याट्ले ले ५२ औ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल निर्णायक बन्यो। हेली रासोलाई आयरल्यान्डकी मारिसा सेभाले पेनाल्टी बक्समा फाउल गरेपछि अष्ट्रेलियाले पेनाल्टी पाएको हो। जितसँगै समुह...
फिफा वरीयतामा नेपाल १७५ औं स्थानमै यथावत
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको वरीयतामा नेपाल यथावत रहेको छ। नयाँ वरीयतामा नेपाल १ सय ७५ औं स्थानमा छ। वरीयता अनुसार दक्षिण एसियाली राष्ट्रमा भने नेपाल तेस्रो स्थानमा छ। नेपालभन्दा अघि भारतले भने १ स्थान सुधार गर्दै ९९ औं स्थानमा आएको छ। यस्तै, माल्दिभ्स १ सय ५५औं स्थानमा छ। नेपालपछि भुटान १ सय...
म्याग्दीले जित्यो गण्डकी प्रदेशस्तरिय महिला भलिबलको उपाधि
गण्डकी प्रदेशस्तरिय महिला भलिबलको उपाधि म्याग्दीले जितेको छ। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा भएको सनसनीपूर्ण फाइनलमा पर्वतलाई ३–२ सेटले पराजित गर्दै उपाधि जितेको हो। उपाधिसँगै म्याग्दीले नगद १ लाखका साथमा ट्रफी पुरस्कार जितेको छ। त्यस्तै, उपविजेता पर्वतले नगद ७० हजारका साथमा ट्रफी पुरस्कार जितेको छ। यसअघि भएको फाइनल खेलमा पहिलो सेट २५–१५ ले जितेर म्याग्दीले पर्वतमाथि...
गोरखाका नवराज मोर्डन पेन्टाथलन च्याम्पियन
गोरखाका नवराज गुरुङले कोशी प्रदेशमा भएको एक खेलमा च्याम्पियन बनेका छन्। इटहरिमा भएको मोर्डन पेन्टाथलन प्रतियोगितामा गुरुङ च्याम्पियन बनेका हुन्। मोर्डन पेन्टाथलोन फेडेरेसन कोशी प्रदेशले भर्खर मात्र सञ्चालन गरेको प्रतियोगितामा उनले स्वर्ण पदक जितेका हुन्। उनले खुल्ला इभेन्टमा स्वर्ण जितेका हुन्। प्रतियोगिताअन्तर्गत लेजर रनमा ११ स्वर्ण पदक जित्दै कोशी प्रदेश पहिलो बन्यो। कूल २७ पदकका...
सिचुवानको टोली बन्यो ड्रागन बोट रेस च्याम्पियन
नेपाल चाइना फ्रेण्डसीप ड्रागन बोट रेस प्रतियोगितामा चिनको सिचुवान ड्रागन बोट टोली च्याम्पियन बनेको छ। पोखराको फेवतालामा शुक्रबार र शनिबार भएको खेलमा सिचुवानको युवाहरु संलग्न टिमले अन्य ७ टोलीलाई पछि पार्दै च्याम्पियन बनेको हो। २ सय मिटर र ५ सय मिटरको रेसमा प्रथम हुँदै सिचुवानले दोहोरो उपाधि जितेको हो। त्यसैगरी, सिचुवानसँग केही सेकेण्डले पछि परेको...
ड्रागन बोट रेसमा पहिलो खेलबाट ४ टिम फाइनलमा
चाइना नेपाल फ्रेण्डसीप ड्रागन बोट रेस प्रतियोगितामा पहिलो दिनको खेलबाट ४ टोली फाइनल चरणमा प्रबेश गरेका छन्। आज (शुक्रबार) देखि सुरु प्रतियोगितामा नेपालका ४ र विदेशका ४ गरी ८ टिम बीच प्रतिस्पर्धा जारी छ। आज भएको २ चरणको प्रतिस्पर्धाबाट नेपाल र चिनको २ टोली फाइनल चरणमा प्रबेश गरेका हुन्। सिचुवाङ ड्रागन समुह, युनान ड्रागन समुह...
पोखरामा चिनियाँ परम्परागत ड्रागन बोट रेस फेस्टिभल सुरु
पोखराको पर्यटकीय केन्द्र लेकसाइडमा आज (शुक्रबार) बाट २ दिने चिनियाँ परम्परागत ड्रागन बोट रेस फेस्टिभल सुरु हुने भएको छ। पोखरामै यस प्रकारको प्रतियोगिता पहिलो पटक भएको हो। चिनीयाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा फेस्टिभल भएको हो। असार ८ र ९ गते हुने प्रतियोगितामा चिनीयाँ ४ टिम र नेपाली ४ टिम गरी...
आर्मीका रामजीले जिते लेखनाथ हाफ म्याराथनको उपाधि
नेपाल आर्मीका रामजी बस्नेतले लेखनाथ हाफ म्याराथनकोे उपाधि जितेका छन्। पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा कास्की एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा म्याराथन भएको हो। शनिबार लेखनाथस्थित भण्डारढिक खेल मैदानबाट भएको दौड प्रतियोगितामा निर्धारित २१ किलोमिटर दूरी १ घन्टा १३ मिनेटमा पार गर्दै रामजीले उपाधि जितेका हुन्। प्रतियोगिताको पुरुषतर्फ राष्ट्रिय खुला २१ किमी अन्तर्गत नेपाल...