हेल्प नेपालले जित्यो टाइगर कप भलिबल पुरुषतर्फको उपाधि

हेल्प नेपालले जित्यो टाइगर कप भलिबल पुरुषतर्फको उपाधि

Help Nepal, Tiger Cup

चौथो संस्कारणको टाइगर कपको उपाधि टिपटप हेल्प नेपालले जितेको छ।

शनिबार पोखरामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा घरेलु गण्डकीलाई स्तब्ध बनाउँदै टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबले उपाधि जितेको हो।

पोखरा रंगशालामा सम्पन्न खेलमा घरेलु गण्डकीलाई ३–१ को सेटमा हराउँदै हेल्प नेपालले उपाधि जित्यो।

खेलमा पहिलो सेट २५–१३ ले जितेको हेल्प नेपालले दोश्रो सेट २५–१८ ले जित्दै घरेलु गण्डकीलाई दवाबमा राखेपनि तेश्रो सेटमा पुनरागमन गर्दै गण्डकीले २६–२५ ले आफ्नो पक्षमा पार्‍यो।

चौथो सेट हेल्प नेपालले २५–१७ ले सहज जित दर्ता गर्दै टाइगर कप भलिबलको पहिलो पटक उपाधि समेत जित्यो।

हेल्प नेपालको रणनीतिलाई चिर्न नसक्दा घरेलु गण्डकीले उपविजेतामा चित्त बुझाउन बाध्य बन्यो।

विजेता हेल्प नेपालले उपाधिसहित ५ लाख ५५ हजार ५ सय ५५ पुरस्कार जित्यो।

उपविजेता घरेलु गण्डकीले ट्रफीसहित २ लाख ५५ हजार ५ सय ५५ पुरस्कार जित्यो।

प्रतियोगितामा पुरुषतर्फ टिपटप हेल्प नेपालका फकर उद्दिन ‘बेष्ट प्लेयर’ बने।

फकर उद्धिन पाकीस्तानी खेलाडी हुन्।

उद्दिनले ट्रफीका साथमा जनही नगद रु २५ हजार ५५५ प्राप्त गरे।

त्यसैगरी, पुरुषतर्फ टिप टप हेल्प नेपालका पाकीस्तानी खेलाडी मजहर अली उत्कृष्ट स्पाइकर, हेल्प नेपालकै पाकीस्तानी खेलाडी मोहमद काशिफ उत्कृष्ट सेटर, हेल्प नेपालकै दिपक थापा उत्कृष्ट लिबेरो, गण्डकीका हिमाल सुनारी उत्कृष्ट सर्भर, गण्डकीकै भारतीय खेलाडी रामास्वामी आंगामुथु उत्कृष्ट ब्लकर र हेल्प नेपालका उत्सव खड्का उत्कृष्ट प्रशिक्षक घोषित भए।

उनीहरुले जनही नगद १५ हजार बराबरको गिफ्ट ह्याम्परका साथमा ट्रफी प्राप्त गरे।

प्रतिक्रिया

भर्खरै

Copy - Advertisement


 

This will close in 10 seconds