खेलकुद

युरो कप २०२४ः स्पेनका रोड्री बने उत्कृष्ट खेलाडी
च्याम्पियन स्पेनका मिडफिल्डर रोड्री युरो कप २०२४ को उत्कृष्ट खेलाडी घोषित भएका छन्। बर्लिनको ओलम्पिक स्टेडियममा भएको फाइनलमा इंग्ल्यान्डलाई २–१ ले पराजित गर्दै स्पेन च्याम्पियन बनेको हो। स्पेनलाई कीर्तिमानी चौथो पटक युरो कप उपाधि दिलाउन उनले उत्कृष्ट प्रदर्शन गरे। प्रतियोगिताभर उनले १ गोल गरे।
युरो कप २०२४ः यामलले जिते ‘उत्कृष्ट युवा खेलाडी’को अवार्ड
युवा स्टार लामिन यामलले युरो २०२४ को उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन्। स्पेनलाई कीर्तिमानी चौथो पटक युरो उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका १७ वर्षीय खेलाडी यामलले ‘उत्कृष्ट युवा खेलाडी’को अवार्ड जितेका हुन्। युरो २०२४ मा उनले १ गोल गरेका थिए भने ४ असिस्ट समेत गरेका थिए। यो संस्करणमा उनको सर्वाधिक असिस्ट हो। यामलले सेमिफाइनलमा फ्रान्सविरुद्धको...
स्पेन, चौथो पटक युरो कप च्याम्पियन बन्यो
स्पेन चौथो पटक युरो कफ फुटबलको च्याम्पियन बनेको छ। इंग्ल्याण्डलाई पराजित गर्दै युरोकप–२०२४ को उपाधि जितेसँगै स्पेनले चौथो पटक युरो कप च्याम्पियन बनेको हो। सोमबार राति १२ः४५ मा भएको फाइनल खेलमा इंग्ल्याण्डलाई २–१ गोलले पराजित गर्दै स्पेनले चौथो पटक युरोकपको उपाधिमाथि कब्जा गरेको हो। स्पेनका लागि निको विलियम्स र मिकेल ओयार्जाबालले १÷१ गोल गरे। स्पेनका...
प्रदेश खेलकुद परिषद गण्डकीको महाशाखा प्रमुखमा आचार्य
रामप्रसाद आचार्य प्रदेश खेलकुद परिषद गण्डकीले महाशाखा प्रमुख बनेर आएका छन्। परिषद स्थापनाको ३ वर्षपछि आचार्य महाशाखा प्रमुखका रुपमा आएका हुन्। नेपाल शिक्षा सेवाको अधिकृतस्तर १० औं तहमा कार्यरत आचार्य उद्योग, पर्यटन तथा वातावरण मन्त्रालयबाट सरुवा भएका हुन्। विभिन्न जिल्ला शिक्षा कार्यालयहरुमा समेत रहेर कर्मचारी सेवामा २९ वर्षे सेवाको अनुभवप्राप्त आचार्य यसअघि प्रदेश नीति तथा...
विभागीय आर्मी राष्ट्रिय पुरुष हक्कीको च्याम्पियन
विभागीय त्रिभुवन आर्मी क्लब गिरिजा प्रसाद कोइराला स्मृती राष्ट्रिय पुरुष हक्कीको च्याम्पियन बनेको छ। पोखरामा सम्पन्न ‘पाँचौ गिरिजा प्रसाद कोइराला स्मृती राष्ट्रिय पुरुष हक्की च्याम्पियनसीप’ को फाइनलमा अर्को विभागीय नेपाल पुलिसलाई हराउँदै आर्मी क्लब च्याम्पियन बनेको हो। पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सम्पन्न फाइनलमा विभागिय टोली नेपाल पुलिस क्लबलाई ५–१ गोलले पराजित गर्दै आर्मी च्याम्पियन बन्यो।...
म्याग्दीले जित्यो गण्डकी प्रदेशस्तरीय पुरुषतर्फको बास्केटबल उपाधि
म्याग्दीको बास्केटबल टिमले गण्डकी प्रदेशस्तरीय बास्केटबल पुरुषतर्फको उपाधि जितेको छ। प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा शनिबार सम्पन्न पुरुषतर्फको फाइनलमा म्याग्दीले उपाधि जितेको हो। फाइनल खेलको ओभर टाइममा म्याग्दीले पर्वतमाथि ७८–६८ को स्कोर निकाल्दै उपाधि जित्यो। निर्धारित समयको खेल दुबै टिमले ६५–६५ को बराबरी स्कोर खेल्दा खेल ओभर टाइमतर्फ धकेलिएको...
पत्रकार रोहितराज पराजुलीलाई वर्ष उत्कृष्ट खेल पत्रकार अवार्ड प्रदान
पत्रकार रोहितराज पराजुली वर्ष उत्कृष्ट खेल पत्रकारतर्फको अवार्डबाट सम्मानीत भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको आठौँ संस्करणको कार्यक्रममा पराजुलीलाई सो अवार्डद्वारा सम्मान गरिएको हो। पराजुलीलाई दोसल्ला ओढाएर नगद ३५ हजार रुपैयाँसहित सम्मानपत्रद्वारा सम्मान गरिएको हो। गण्डकी प्रदेश मुख्यमन्त्री खगराज अधिकारी, पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारी र महासंघ गण्डकीका महासचिव...
सहारा क्लब पोखरालाई वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड
पोखराको सहारा क्लबलाई वर्ष उत्कृष्ट खेल संस्था वा क्लबतर्फको अवार्ड प्रदान गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको आठौँ संस्करणको कार्यक्रममा सहारा क्लबलाई ‘उत्कृष्ट खेल संस्था वा क्लब’तर्फको अवार्डद्वारा सम्मान प्रदान गरिएको हो। सहारा क्लबलाई नगद ३५ हजारसहित ट्रफी प्रदान गरेको हो। यसैगरी, ओलम्पियन खेलाडी नारायण गुरुङ र टेनिसको अन्तरराष्ट्रिय वरीयताप्राप्त...
एथलेटिक्सकी ईन्द्रा मल्ललाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’ अर्पण
एथलेटिक्सकी इन्द्रा मल्ललाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’द्वारा सम्मान गरिएको छ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको आठौँ संस्करणको कार्यक्रममा इन्द्रालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’द्वारा सम्मान प्रदान गरिएको हो। मल्ललाई चाँदीको करुवा, ट्रफी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिएको हो।
भलिबलका रमेस केसी वर्ष उत्कृष्ट प्रशिक्षक
भलिबलका रमेस केसी ‘पोखरा स्पोर्ट्स अवार्ड–२०८०’ को वर्ष उत्कृष्ट प्रशिक्षक बन्न सफल भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको आठौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा रमेस वर्ष उत्कृष्ट प्रशिक्षक बन्न सफल भएका हुन्। वर्ष उत्कृष्ट प्रशिक्षक रमेसले ३५ हजार रुपैयाँ नगदका साथ ट्रफी हात पारे। यस विधामा रमेससँगै टेनिसका निरज थापा र...