खेलकुद

वाफ वुमन्स च्याम्पियनसीप : नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा
नेपालले वाफ वुमन्स च्याम्पियनसीप अन्तर्गत समूहको अन्तिम खेलमा प्यालेस्टाइनलाई पराजित गर्दै समूह विजेता बनेको छ। शनिबार राति साउदी अरेबियाको जेदाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी मैदानमा भएको खेलमा नेपालले प्यालेस्टाइनलाई ४–० ले हराउँदै समूह विजेता बनेको हो। खेलमा सावित्रा भण्डारीले २ तथा रेखा पौडेल र गीता रानाले १/१ गोल गरे। खेलको ४२ औँ मिनेटमा सावित्राले रेखा...
लामागाउँ गुम्बा एफसी बिटी कप च्याम्पियन
लामागाउँ गुम्बा एफसी सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबलको च्याम्पियन बनेको छ। बुद्धटोल युवा (बिटी) क्लबको आयोजनामा सम्पन्न पोखरा महानगरपालिका–१ पुरानो टुंडिखेलमा बिहीबार भएको फाइनल खेलमा एट टु नाइन एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै लामागाउँ च्याम्पियन बनेको हो। उपाधिसँगै लामागाउँ गुम्बाले नगद १ लाख ७१ हजार १ सय ११ रुपैयाँ, शिल्ड...
वाफ वुमन्स च्याम्पियनसीप : नेपालले इराकमाथि गोल वर्षा गरायो
नेपालले वाफ वुमेन्स च्याम्पियनसीप २०२३ मा इराकलाई ५–० ले पराजित गरेको छ। सावित्रा भण्डारी ‘साम्बा’को ह्याट्रिकसहित ५ गोलको मद्दतले नेपालले इराकमाथि सहज जित निकाल्यो। प्रतियोगिताको समूह ‘बी’ को आफ्नो दोस्रो खेलमा नेपालले साउदी अरेबियाको जेद्दामा भएको खेलमा यो सजिलो जित निकालेको हो। नेपालका लागि अन्तर्राष्ट्रिय फुटबलमा सावित्राले गरेको गोल संख्या कीर्तिमान ५० पुगेको छ। नेपालका...
गण्डकी प्रदेशको टोलीले जित्यो राईनो गोल्डकपको उपाधि
गण्डकी प्रदेशको टोलीले छैटौं संस्करणको राईनो संरक्षण गोल्डकप फुटबलको उपाधि जितेको छ। बुधबार नवलपुरमा भएको फाइनल खेलमा २८ विगाहालाई हराउँदै गण्डकी प्रदेशले उपाधि उचालेको हो। फाइनल खेलमा गण्डकीले २८ विगाहामाथि २–१ को रोमाञ्चक जित दर्ता गर्‍यो। खेलमा अग्रता गण्डकीले ४८ औं मिनेटमा मुकुन्द न्युरेको गोलमार्फत लिएको थियो। उनले ५६ औं मिनेटमा ब्यक्तिगत दोस्रो गोल गर्दै...
वाफ वुमन्स च्याम्पियनसीप फुटबल : सिरियामाथि नेपालको शानदार जीत
२०२४ को वेस्ट एसियन फुटबल फेडरेसन च्याम्पियनसीपमा नेपाली महिला फुटबल टोलीले सिरियामाथि शानदार जीत हासिल गरेको छ। मंगलबार साउदी अरबमा भएको खेलमा ४–१ गोलअन्तरले नेपाल विजयी बनेको हो । नेपालको जीतमा अमिशा कार्की, अनिता बस्नेत, साबित्रा भण्डारी र रेखा पौडेलले १/१ गोल गरे। अमिशाले खेलको १० औँ मिनेटमा नेपाललाई अग्रता दिलाइन्। १३ औँ मिनेटमा अनिताले...
३ केन्याली धावकले जिते सफल पोखरा म्याराथन
तीन केन्याली धावकले १८ औं संस्करणको सफल पोखरा म्याराथन जितेका छन्। केन्याली धावक जुलियस मुरिला वाहोमले जितेका छन्। वाहोमलले निर्धारित ४२.१९५ किलोमिटरको दूरी २ घण्टा १९ मिनेट ३६ सेकेन्डमा पूरा गर्दै उपाधि जिते। उनले उपाधिसँगै नगद ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरे। अघिल्लो वर्ष उनी उपविजेता भएका थिए। दोस्रो र तेस्रो उपाधि पनि केन्याकै इसाक...
पुलिसले जित्यो पीएम कप क्रिकेटको उपाधि
विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ। शनिबार भएको फाइनल खेलमा अर्को विभागीय त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिसले उपाधि आफ्नो पक्षमा पारेको हो। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आर्मीले दिएको १८२ रनको लक्ष्य पछ्याएको पुलिसले ३७ ओभर ५ बलमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो। पुलिसका लागि शंकर...
त्रिभुवन आर्मी क्लबलाई पहिलो पटक आहा ! रारा पोखरा गोल्डकपको उपाधि
विभागीय टोली त्रिभुवन आर्मी क्लबले पहिलो पटक आहा ! रारा पोखरा गोल्डकपको उपाधि जितेको छ। शनिबार, पोखरा रंगशालामा भएको फाइनल खेलमा थ्री स्टार क्लबलाई ३–० गोल अन्तरले हराउँदै आर्मीले उपाधि जितेको हो। आर्मीलाई जित दिलाउन जिलेस्पीजंग कार्र्की, फात्तेमान घले र बसन्त जिम्बाले १/१ गोल गरे। खेलको ३८ औं मिनेटमा जिलेस्पीले गोल गर्दै आर्मीलाई अग्रता दिलाए।...
विभागीय त्रिभुवन आर्मी क्लब आहा ! रारा गोल्डकपको फाइनलमा
विभागीय त्रिभुवन आर्मी क्लबले आहा ! रारा पोखरा गोल्डकपको फाइनलमा स्थान बनाएको छ। २३ औं संस्करणको आहा ! रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड क्लबलाई अतिरिक्त समयमा २–१ गोलअन्तरले हराउँदै आर्मी क्लबले पाँचौ पटक आहा ! रारा पोखरा गोल्डकपको फाइनल यात्रा गरेको हो। बिहीबार पोखरा रंगशालामा भएको खेलमा निर्धारित ९० मिनेटको खेलमा...
थ्री स्टार आहा ! रारा गोल्डकपको फाइनलमा
थ्री स्टार क्लबले आहा ! रारा पोखरा गोल्डकप फुटबलको फाइनल यात्रा गरेको छ। बुधबार भएको खेलमा जावलाखेल युथ क्लबलाई १–० ले हराउँदै थ्री स्टारले फाइनलमा स्थान बनाएको हो। पोखरा रंगशालामा थ्री स्टारलाई जित दिलाउन दिपेश घलेले निर्णायक गोल गरे। खेलको ७८ औं मिनेटमा घलेले गरेको गोल नै खेलको निर्णायक बन्यो। बिहीबार हुने दोस्रो सेमिफाइनलमा त्रिभुवन...