काठमाण्डौं । नेपालले मैत्रीपूर्ण फुटबलमा अफगानिस्तानलाई हराएको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अफगानिस्तानलाई २—० गाेलले पराजित गरेको हो । ताजिकिस्तानको दुशान्बेमा भएको खेलमा नेपालका फरवार्ड जिलेस्पी जङ्ग कार्की र रोहित चन्दले एक–एक गोल गरे । नेपाल पहिलो खेलमा घरेलु टोली ताजिकिस्तानसँग ४–० गोलले पराजित भएको थियो । नेपालले पछिल्लो दुई फिफा विन्डोमा खेल्न...