पोखरा

२४ औं सडक महोत्सवको तयारी पूरा
अंग्रेजी नयाँ वर्षको अवसरमा रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेवान) पोखराले हरेक वर्ष महोत्सव गर्दै आएको छ। यही पुस १३ गतेदेखि १७ गतेसम्म पोखराको लेकसाइडमा हुने २४ औं सडक महोत्सवको तयारी पूरा भएको छ। यसपालि पनि सोहि मितिमा गर्न लागिएको सडक महोत्सवको तयारी पूरा भएको आज (सोमबार) लेकसाइडस्थित बसुन्धरापार्कमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिएको छ।...
लेखनाथ महोत्सवले दर्शक तान्यो, १ करोड २० लाखको कारोबार
लेखनाथको तालचोकस्थित डाँडाको नाकमा सुरु १८ औं लेखनाथ महोत्सव जारी छ। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नारासहित आयोजना गरिएको महोत्सवले दिन प्रतिदिन दर्शकहरुको मन लोभ्याएको छ। यस १८ औं संस्करणको लेखनाथ महोत्सवमा दर्शकको उपस्थिति उल्लेखनीय रहँदै गएको छ। महोत्सवको चौथो दिन आज (आइतबार) ३० हजार बढी दर्शकहरुले अवलोकन गरे। इसाई...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा जेट विमान अवतरण
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो जेट विमानलाई आज (आइतबार) अवतरण गरिएको छ। सौर्य एयरलाइन्सको बम्बार्डियर सिआरजे २०० विमानलाई आज पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराएको हो। यहाँ, सौर्य एयरलायन्सले २०२३ जनवरी १ देखि नियमित उडान गर्ने जनाएको छ। एयरलाइन्सले काठमाडौं–पोखरा–काठमाडौं दैनिक २ उडान गर्नेसमेत जनाएको छ। युरोप, अमेरिका तथा अन्य देशमा आन्तरिक उडानका लागि लोकप्रिय...
लेखनाथ महोत्सव: दर्शकको आकर्षण बढ्दो, एकैदिन १ करोडको कारोबार
लेखनाथको तालचोकस्थित डाँडाको नाकमा सुरु १८ औं लेखनाथ महोत्सव जारी छ। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नारासहित आयोजना गरिएको महोत्सवको दर्शकबीचमा आकर्षण बढ्दो छ। १८ औं संस्करणको लेखनाथ महोत्सव अवलोकन गर्न आम दर्शकहरुको भिड बढ्दो छ। पुस ७ गतेदेखि सुरु भएको महोत्सवको आज तेस्रो दिन (शनिबार) दर्शकहरुको उत्साहजनक सहभागिता रह्यो।...
महजोडी ‘टुर दी पोखरा’ को साइकल र्‍यालीमा सहभागी
यस बर्षको ‘टुर दी पोखरा’ कार्यक्रम अन्तर्गत शनिबार पोखरामा १९ किलोमिटर साइकल र्‍याली गरिएको छ। पोखराको प्रर्दशनी केन्द्रबाट बिहान सुरु भएको उक्त र्‍यालीमा पोखरासहित काठमाण्डौं, धरान, नेपालगन्ज, चितवन, नवलपुरलगायतबाट सहभागी भएको ‘टुर दी पोखरा’का संयोजक राजन गोङ्गजूले बताए। पोखराको प्रर्दशनी केन्द्रबाट सुरु भई उक्त र्‍याली महेन्द्रपुल, पालिखेचोक, तेर्सापट्टी, नालाकोमुख, विन्ध्यवासिनी, बगर, टुँडिखेल, हरिचोक मिरुवा, भद्रकाली...
बीपी मार्ग क्षेत्र विकास समितिद्वारा नवनिर्वाचित सांसदहरुलाई सम्मान
पोखरा महानगरपालिका–१४ स्थित बीपी मार्ग क्षेत्र विकास समितिद्वारा नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सांसदहरुलाई सम्मान गरेको छ। समितिले कास्की जिल्लाको निर्वाचन क्षेत्र नं १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा सो क्षेत्रका प्रदेशसभा सदस्य र समानुपातिकतर्फबाट निर्वाचित सांसदहरुलाई बधाईसहित दोसल्ला ओढाएर सम्मान गरेको हो। कास्की जिल्ला निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेबाट निर्वाचित मनबहादुर...
लेखनाथ महोत्सव: २ दिनमा ४० हजारले गरे अवलोकन, १ करोड २० लाखको कारोबार
लेखनाथको तालचोकस्थित डाँडाको नाकमा हिँजो (बिहीबार) बाट सुरु १८ औं लेखनाथ महोत्सव जारी छ। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र सम्वृद्धि’ भन्ने मूल नारासहित सुरु भएको महोत्सवको दर्शकबीचमा आकर्षण बढ्दो छ। महोत्सव उद्घाटनको दिन हिँजो (बिहीबार) ३० हजार बढी दर्शकले महोत्सवको अवलोकन गरेका छन् भने करिब ८० लाख बराबरको कारोबार भएको छ। त्यस्तै, महोत्सवको...
बागलुङदेखि पोखरा जोड्ने ‘टुर दी पोखरा’ सकियो
यस बर्षको ‘टुर दी पोखरा’ कार्यक्रम अन्तगत विहिबार ७२ किलोमिटर दूरीमा बागलुङको कालिका मन्दिरबाट पोखराको विन्ध्यवासिनी मन्दिरसम्म साइकल र्‍याली गरिएको छ। ‘टुर दी पोखरा’ अन्तर्गत फ्रान्समा हुने ‘साइकल टुरकै’ झल्को दिनेगरी बिहीबार बागलुङदेखि पोखरासम्मको मन्दिर जोड्ने गरी उक्त कार्यक्रम गरिएको ‘टुर दी पोखरा’का संयोजक राजन गोङ्गजुले बताए। उक्त र्‍यालीमा १० बर्षीय लुकास भट्टराईदेखि ७३ बर्षका...
पोखरामा मेलमिलापकर्तालाई आधारभूत तालिम
पोखरा महानगरपालिकाभित्र मेलमिलापसम्बन्धी आधारभूत तालिम सुरु भएको छ। पोखरा महानगरपालिका न्यायिक समितिको आयोजनामा मेलमिलापसम्बन्धी तालिम सुरु गरिएको हो। कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले मुद्दा, मामिलामा जान पर्ने अवस्था आउन नदिनेगरी स्थानीय तहमा विवाद समाधान गर्न सके नागरिकलाई सहज हुने औंल्याए। उनले मेलमिलापकर्ताको कानूनी व्यवस्था भएको जनाउँदै मेलमिलापकर्ताले मध्यस्थकर्ताको भूमिका खेलेर विवाद समाधानमा भूमिका खेल्नुपर्नेमा...
१८ औं संस्करणको लेखनाथ महोत्सव सुरु
पोखराको तालचोकमा विहिबारदेखि १८ औं संस्करणको लेखनाथ महोत्सव सुरु भएको छ। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास संबृद्धि’ भन्ने नारासहित सुरु भएको महोत्सव यही पुष १८ गतेसम्म चल्नेछ। गण्डकी प्रदेशका प्रदेश प्रमुख पृथ्बीमान गुुरुङले महोत्सवको उद्घाटन गरे। कार्यक्रममा बोल्दै उनले हस्तकलालगायत स्थानीय उत्पादनलाई मेला र महोत्सवमा बिशेष जोड दिनुपर्ने औंल्याए। गुरुङले विविध कारणले हाल नेपालको...