‘ऐतिहासिक बाटुलेचौर तीज मेला’ को तयारी तीब्र

‘ऐतिहासिक बाटुलेचौर तीज मेला’ को तयारी तीब्र

ऐतिहासिक बाटुलेचौर तिज मेला

पोखरा–१६ स्थित बाटुलेचौरमा आयोजित ‘ऐतिहासिक बाटुलेचौर तीज मेला’ चार दिनसम्म संचालन हुने भएको छ।

पोखरा–१६ वडा कार्यालयको समवन्यमा स्थानिय वडहरवोट आमा समुहको आयोजनामा यही भाद्र १८ गतेदेखि २१ गतेसम्म वाटुलेचौर खेल मैदानमा मेला गर्न लागिएको मूल आयोजक समितिकी संयोजक वडासदस्य राजकुमारी वाँनियाले जानकारी दिइन्।

वडाभित्रका आमा समुहले मेलाको आन्तरिक तयारीलाई तीब्र पारेका छन्।

परम्परागत रूपमा हुदै आइरहेको तीज मेला यसअघि स्थानीय हिमालय क्लबले गर्दै आएकोमा क्लवले मेला संचालन गर्न नसक्ने जनाएपछि वडाको सक्रियतामा वडाभित्रका आमा समुहलाई नै आयोजक र सह–आयोजकको जिम्मा दिई ४ दिनसम्म मेला संचालनको तयारी सुरु गरिएको वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले बताए।

मेलामा परम्परागत तीज गीत प्रस्तुति, प्रथम अन्तर क्लव ह्याण्डवल प्रतियोगिता, अन्तर विद्यालयस्तरीय लोक नृत्य प्रतियोगिता र वडाभित्रका विद्यावारिधी प्राप्त व्यक्तित्वलाई सम्मान कार्यक्रम तय गरिएको प्रचार–प्रसार उपसमितिका संयोजक संजय थापाले जानकारी दिएका छन्।

मेलामा तीजको परम्परागत हम्काइलो भाका समेत प्रस्तुत गरिने बताइएको छ।

मेलामा भाद्र १८ र १९ गते ह्याण्डवल प्रतियोगिता, २० गते तीज मेलाको उद्घाटन तथा अन्तर विद्यालय लोक नृत्य र सांस्कृतिक कार्यक्रम साथमा सम्मान कार्यक्रम र अन्तिम दिन तीज गीत तथा नृत्य प्रस्तुति रहने संयोजक थापाले वताए।

मेलामा स्थानीय कलाकारको सांगीतिक प्रस्तुतिसमेत रहनेछ।

प्रथम अन्तर क्लव ह्याण्डवल प्रतियोगिताका लागि पोखरास्थित विभिन्न क्लवसँग समवन्य गरिएको संयोजक अनिल वस्नेतले जानकारी दिएका छन्।

प्रतियोगिताका लागि विभिन्न व्यक्ति तथा संस्थाले सहयोगसमेत गरेका छन्।

तीज महिलाहरुको बिशेष चाड भएकाले पनि महिला समूह मार्फत कार्यक्रम संचालन गर्न लागिएको र वडाभित्रका सवै समुहको सहयोग रहेको बडहरबोट आमा समूहका अध्यक्ष कमला तिमिल्सिनाले बताइन्।

वडा प्रतिनिधि तथा स्थानीयहरुले महिलाहरुप्रति गरेको बिश्वास कायम राख्दै मेलालाई सफल बनाउन वडाभरका महिलाहरु उत्साहित भएर अन्तिम तयारीमा जुटेको उनले बताए।

शाहकालीन इतिहास जोडिएको ‘ऐतिहासिक बाटुलेचौर तीज मेला’ मुलुककै पुरानो तीज मेला मानिन्छ।

यसले समग्र यस क्षेत्रकै संस्कृति धानेकाले पनि मेलालाई निरन्तरता दिन आवश्यक रहेको वडाध्यक्ष तिमिल्सिनाले वताए।

राजा कुलमण्डल शाहको शासनकालतिरै पबित्र सेति नदी तथा ठुलीपोखरी नुहाएर आएका महिलाहरुले बाटुलेचौरको मैदानलाई बिश्रामस्थलको रुपमा प्रयोग गरी गीतमार्फत आफ्ना मनका बह पोख्ने थलोको रुपमा उक्त स्थानलाई लिने गरेको सुन्न पाइन्छ।

प्रतिक्रिया

भर्खरै

Advt.


 

This will close in 5 seconds