पोखरा

सहकारी ठगीमा पक्राउ परेका रास्वपा सभापति रविलाई बुटवल लगिँदै
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई बुटवल पठाइएको छ ।गोर्खा मिडियाका तत्कालीन सञ्चालक लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगीबारे अनुसन्धानका लागि रुपन्देही पठाइएको हो । बुटवल लैजान उनलाई अहिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल लगिएको कास्कीका प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले जानकारी दिए । उनलाई बुद्ध एयरको जहाजबाट...
आज हरिबोधनी एकादशी, पोखराको सेती नदीमा फूल तारिँदै
पोखरा । आज हरिबोधिनी एकादशी अथार्त ठूलो एकादशी । भगवान् विष्णुको विशेष आराधना र तुलसीको विवाह गरी मनाउँदै छन् । हरिबोधिनी एकादशीलाई एकादशीहरूमा सबैभन्दा ठूलो एकादशीका रूपमा लिने गरिन्छ । त्यसैले पनि जनजिब्रोमा यो एकादशीलाई ठूलो एकादशी भन्ने पनि छ । हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको उपासना गर्ने पर्वको रुपमा लिइन्छ । हरेक एकादशीको दिनमा...
पोखरा ५ का पूर्ववडाध्यक्ष अधिकारीको सम्झानामा श्रद्धाञ्जली सभा
पोखरा । पोखरा महानगरपालिकाका पूर्ववडाध्यक्ष द्रोणराज अधिकारीको स्मृतिमा आज श्रद्धाञ्जली सभा गरिएको छ । गत कात्तिक २० गते ७२ वर्षको उमेरमा निधन भएका अधिकारीको सातौं दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा गरिएको हो । नेपाल कम्युनिष्ट पार्टी एमाले गण्डकी प्रदेश कमिटीका सल्लाहकार, नेकपा एमाले ज्येष्ठ कम्युनिस्ट मञ्च गण्डकी प्रदेशका सदस्यसमेत रहेका अधिकारी २०३८ देखि २०४६ सम्म...
कृषिका समस्या बारे छलफल
‘उत्पादनदेखि बजारीकरणसम्म किसान पीडितको पीडित’
पोखरा । जिल्ला समन्वय समिति कास्कीले जिल्लाका कृषि तथा पशुपालन क्षेत्रका सरोकारवालाहरूसँग अन्तरक्रिया गरेको छ । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले कार्यक्रमको उद्घाटन गर्दै कृषि र किसानका समस्याहरूको पहिचानसहित समाधान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उल्लेख गरे । प्रमुख पौडेलले पहिचान भएका समस्या समाधानमा केन्द्रित हुन् राज्यका सरोकारवाला निकाय गम्भीर हुन आग्रह गरे...
नेरेसो उपशाखा पोखरा ५ को अध्यक्षमा केशव निर्वाचित
पोखरा । नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा -५ को नवौ अधिवेशनले केशवप्रसाद कोइरालाको अध्यक्षातामा ११ सदस्यीय नयाँ कार्यसमितिको निर्वाचित गरेको छ । सोसाइटीको उपसभापतिमा नेत्रमाया अधिकारी, सचिव प्रदीप सुवेदी, कोषाध्यक्ष गोविन्द खत्री, सह-सचिव विध्या अधिकारी पौडेल, सहकोषाध्यक्ष, केशव बराल चयन भएका छन् । सदस्यमा पवित्रा शर्मा, माधव बास्तोला, रामप्रसाद खनाल, कृष्णकुमारी गुरुङ, इन्द्रप्रसाद पराजुली चयन...
रवि लामिछानेलाई १३ दिन थुनामा राख्न अदालतको अनुमति
पोखरा ।  पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासतमा राख्न  आइतबार म्याद थप भएको छ । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले १० दिन हिरासतमा राख्न अनुमति दिएकाे हाे ।न्यायाधीश नवराज दाहालको इजलासले लामिछानेलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । सहकारी ठगी प्रकरणमा उनी पक्राउ परेका हुन् । रास्वपा...
पर्यटन व्यावसायीद्वारा पोखराबाट तत्काल अन्तर्राष्ट्रिय उडानको माग
पोखरा । सञ्चालनमा आएको २ वर्ष बित्नै लाग्दा पनि अन्तर्राष्ट्रिय उडान नभएपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने गर अन्तर्राष्ट्रिय उडान संचालन गर्न पर्यटन व्यावसायीले माग गरेका छन् । पोखराबाट अन्तर्राष्ट्रिय उडानसँगै मुख्य राजमार्गहरुमा जारी स्तरोन्नति कार्यलाई तीव्रता प्रदान गर्न होटल संघ पोखरा नेपालले माग गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रिप्रसाद पाण्डेको उपस्थितिमा...
अन्तर्राष्ट्रिय पर्वतीय दौडको पाँच किमीमा बादल र नारायणी प्रथम
पोखरा । पर्यटकीय राजधानी पोखरामा आयोजना भएको अन्तर्राष्ट्रिय क्रसकन्ट्री पर्वतीय दौड अन्तर्गतको ५ किमी छात्रतर्फ कास्कीका बादल कार्की र छात्रातर्फ नारायणी भण्डारी प्रथम भएका छन् । बिजेता दुबैले नगद ३०/३० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे । बादल कास्की मोडनाइज्ड र नारायणी छोरेपाटन माविमा अध्ययनरत छन् । त्यसैगरी छात्रतर्फ कालिका माविका कृष्ण परियार दोस्रो...
पोखरामा अन्तर्राष्ट्रिय पर्वतीय दौड सुरु, ६४ चिनिया धावकसहित १२ सय भन्दा बढी सहभागी
पोखरा । पर्यटनको राजधानी पोखरामा भर्खर अन्तर्राष्ट्रिय क्रस कन्ट्री पर्वतीय दौड सुरु भएको छ ।  लेकसाइडस्थित वाराहीघाटबाट दौड  सुरु भएको हो । नेपाल सरकारका पर्यटन मन्त्री बद्री पाण्डे र चिनिया राजदूत च्याङ छेङले दौडलाई शुभारम्भ गरेका हुन् । ६४ चिनिया धावकसहित १२ सय बढी धावक दौडमा सहभागी भएको प्रतियोगिताका मिडिया संयोजक प्रतीकराज पहारीले जानकारी दिए...
अन्तर्राष्ट्रिय क्रस कन्ट्री दौड भोलि, चिनिया धावक पोखरामा
पोखरा । पोखरामा भोलि हुने  अन्तर्राष्ट्रिय  स्तरको ‘क्रस कन्ट्री दौड’ मा भाग लिन चिनिया धावक पोखरामा आएका छन् । चीनको कुनमिङबाट चार्टर्ड फ्लाइटबाट धावक बिहीबार दिउँसो पोखरा आएका हुन् । उनीहरुलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत समेत गरिएको छ । धावकसहित १ सय ३४ सदस्यीय टोली  लिएर सिचुवान एयरलाइन्सको न्यारोबडी एयरबस–३१९  पोखरा आएको हो । हिमालयन...