बालगृहमा कार्यरत मजदुरलाई सामाजिक सुरक्षा कोषमा अवद्ध गराउन कास्की जिससको अनुरोध

बालगृहमा कार्यरत मजदुरलाई सामाजिक सुरक्षा कोषमा अवद्ध गराउन कास्की जिससको अनुरोध

Untitled ३

पोखरा । जिल्ला समन्वय समिति कास्कीले बालगृहमा कार्यरत मजदुरलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन अनुरोध गरेको छ । कास्की जिल्लामा सञ्चालित बालगृहका सञ्चालकहरूसँगको अन्तक्रियामा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले सम्पूर्ण बालगृहमा कार्यरत मजदुरहरूलाइ अनिवार्य नियुक्तिपत्रसहित सरकारले तोकेको न्युनतम पारिश्रमिक प्रदान गर्न आग्रह गर्नुभयो ।

पौडेलले बालश्रमरहित बालगृह बनाउन आग्रह गर्दै सुरक्षित र व्यवस्थित बालगृह निर्माणका लागि आ आफ्नो क्षेत्रबाट कार्य सम्पादन गर्न आग्रह गर्नुभयो । उहाँले बालगृहसहित राज्यद्वारा नियन्त्रित र निर्देशित सबै निकायले श्रम ऐन, कानुन र निर्देशिकाको पूर्ण पालनामा थप गम्भीर हुनुपर्ने उल्लेख गर्नुभयो । श्रम कार्यालय पोखराका वरिष्ठ श्रम अधिकृत सुरेश ढकालले बालश्रमरहित प्रदेश बनाउनेतर्फ सबैजना केन्द्रित हुनुपर्ने भन्दै श्रम ऐन,न्युनतम पारिश्रमिकसहित सबै कामदारलाई सामाजिक सुरक्षा कोषमा ल्याउनु पर्ने अन्यथा कानुन बमोजिम कारबाही हुने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद गण्डकीका प्रदेश समन्वय अधिकृत बद्री वाग्लेले कास्कीका बालगृहहरूको वर्तमान अवस्था र चुनौतीका बारेमा जानकारी दिनुभएको थियो। राष्ट्रिय बाल अधिकार परिषद काठमाडांैको समन्वय तथा सहकार्यमा आयोजित कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेल र स्वागत उपप्रमुख सरिता माल तथा सहजीकरण जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो । कार्यक्रममा कास्की जिल्लामा सञ्चालित बालगृहका संचालकहरू, सरोकारवाला र नियामक निकायका प्रमुख तथा प्रतिनिधिहरूको सहभागी थिए ।

प्रतिक्रिया