पोखरा

पोखरामा अब्बल ६ युवालाई सम्मान
पोखरामा अब्बल ६ युवाहरु सम्मानित भएका छन्। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमबार नेकपा एमाले कास्कीले उनीहरुलाई सम्मान गरेको हो। एमाले कास्की सचिव दर्शन लामाको संयोजकत्वमा आयोजित कार्यक्रममा विभिन्न विधाका ६ युवाहरु सम्मानित भएका हुन्। नेपाली महिला भलिबल टोलीकी कप्तान अरुणा शाही, संक्रामक तथा सरुवा रोग अस्पताल गण्डकीका कार्यकारी निर्देशक डा विकास गौचन, नेपाल आइडल करण...
पोखरामा क्रियाशील लेखनाथ पत्रकार मञ्चलाई सहयोग
पोखरामा क्रियाशील लेखनाथ पत्रकार मञ्चलाई व्यवसायिकहरुबाट सहयोग मिलेको छ। पोखरा महानगरपालिका–२९ को भण्डारढीकस्थित आदर्श हार्डवेयरले आफ्नो स्थापनाको १३ औँ वार्षिकोत्सवमा मञ्चलाई सहयोग गरेको हो। मञ्चले स्थापना गरेको लेखनाथ पत्रकारिता पुरस्कारको कोष वृद्धिमा सहयोग पुग्नेगरी सो हाडवयर्सका संचालक विजय गुरुङ र लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले मञ्चका अध्यक्ष कविराज खनाललाई २५ हजार १३ रुपैयाँको...
पोखरा महानगरपालिकाकोे बजेट तथा कार्यक्रम पारित
पोखरा महानगरपालिकाको आगामी आ.व २०८१/०८२ को बजेट तथा कार्यक्रम सर्वसम्मत पास भएको भएको छ। १५ औँ नगरसभाले महानगरपालिकाको बजेट तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो। उपप्रमुख मन्जुदेवी गुरुङले १० असारको नगरसभामा ७ अर्ब ५१ करोड ३२ लाख ८३ हजार रुपैयाँ बराबरको बजेट पेस गरेकी थिइन्। बजेटको स्रोतमा संघीय सरकारबाट अनुदान स्वरूप ४ अर्ब २० करोड...
पोखराका २८० सुन्तला कृषकलाई २५ लाख रुपैयाँ बराबरको अनुदान
पोखरा महानगरपालिकाले सुन्तला कृषकहरूलाई अनुदान प्रदान गरेको छ। नगर प्रमुख धनराज आचार्यले किसानहरूलाई सुन्तला बगैँचा व्यवस्थापन प्रोत्साहन कार्यक्रम अन्तर्गत नगद २५ लाख रुपैयाँ बराबरको अनुदान प्रदान गरेका हुन्। पोखरा महानगरपालिकाको कृस्ती, निर्मलपोखरी, खाल्टे, मासपाटन, फेदीपाटनलगायत स्थानका २ सय ८० किसानलाई अनुदान प्रदान गरिएको हो। महानगरपालिकाले सुन्तला बगैँचा व्यवस्थापनका लागि विभिन्न मापदण्ड बनाइ प्रतिबोट अधिकतम १...
पोखरा महानगरपालिकाद्धारा कृषकहरूलाई प्रोत्साहन रकम प्रदान
पोखरा महानगरपालिकाले चैते धान लगाउने कृषकहरूलाई प्रोत्साहनस्वरुप रकम प्रदान गरेको छ। महानगरको वडा नं.२६ र २७ का २२६ जना कृषकहरूलाई नगद ६ लाख ८१ हजार ३ सय रुपैयाँ बराबरको प्रोत्साहन रकम प्रदान गरेको हो। उनीहरूलाई सोमबार आयोजित एक कार्यक्रमबीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य उक्त प्रोत्साहन प्रदान गरेका हुन्। प्रोत्साहन रकम प्रदान गर्दै नगर प्रमुख...
पोखरामा लायन्स रिटर्नी कोरियाको वृक्षरोपण
लायन्स क्लब अफ कोरिया रिटर्नीले पोखरामा वृक्षरोपण गरेको छ। लायन्स क्लब अफ अन्तराष्ट्रिय ३२५ आई क्लष्टर–२, रिजन–४, जोन–७ अन्तर्गतको क्लबले पोखरा वडा नं १७ स्थित शंकरधाममा तेजपत्ता, चाँप, कल्की र बेगमवली प्रजातिका २५० विरुवाहरु वृक्षारोपण गरेको हो। प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं १७ की वडाध्यक्ष राधिका शाही योगी, वडा सदस्य विक्रम गुरुङ, लायन्स सचिवालय...
पोखरा–१५ मा किसान बजार संचालन
पोखरा महानगरपालिका वडा नं. १५ मा ‘किसान बजार’ संचालनमा आएको छ। स्थानीय स्तरमा उत्पादित कृषि उपजहरूको बजारीकरण गर्ने उद्देश्यले उक्त बजार संचालनमा ल्याइएको वडा अध्यक्ष तोरणबहादुर बानियाले जानकारी दिए। ‘स्थानीय कृषकहरूको हितलाई मध्यनजर गर्दै कृषि उपजहरूको सहज बजारीकरण गर्न कृषि बजार संचालनमा ल्याइएको हो’, वडाध्यक्ष बानियाँले भने, ‘बजार संचालनमा आएपछि कृषकहरूले उत्पादन गरेका कृषिजन्य उत्पादन...
विपत्तिका घटनाप्रति पोखरा महानगरको ध्यानाकर्षण
निरन्तरको वर्षाका कारण पोखरालगायत देशभरको जनजीवन प्रभावित भएको छ। नगर क्षेत्रका कतिपय बस्तीहरू पहिरो र डुबानको जोखिममा परेका छन्। खोलानालाको डिल भीर, पाखा–पखेरा, वन जंगललगायत उच्च जोखिम रहेका क्षेत्रमा बसोबास गरिरहेका वस्तीहरूमा कुनैपनि बेला विपद्ले भयावह अवस्था सृजना गर्न सक्ने अवस्था प्रति महानगरपालिका सचेत छ। प्राकृतिक विपद्ले निम्त्याएका अत्यास लाग्दा घट्नाहरुप्रति महानगरपालिकाको गंभीर ध्यानाकर्षण भएको...
पोखराको पुरुञ्चौर र चैनपुरमा पहिरो, १० जनाको ज्यान गयो
निरन्तर वर्षाका कारण पोखरा महानगरपालिका पनि नराम्ररी प्रभावित बनेको छ। पहिरोका कारण पालिकाभित्रका १० जनाले ज्यान गुमाएका छन्। पोखरा महानगरपालिका वडा नं.१९ तल्लाकोट (पुरुन्चौर) मा ७ जना र पोखरा–३२ चैनपुरमा ३ गरी १० जना नगरवासीहरूको पहिरोमा परि ज्यान गएको छ। पहिरोमा परि तल्लाकोट निवासी ४७ वर्षीय कुलबहादुर परियार, ४३ वर्षीय मनकुमारी परियार, ८५ वर्षीय लक्षिमा...
पोखरा महानगरको १५ औं नगरसभा जारी
पोखरा महानगरपालिकाको १५ औँ नगर सभा जारी छ। नगरसभाले आर्थिक ऐन २०८१ र विनियोजन विधेयकलगायत सभामा पेस गरिएका प्रस्तावहरू सर्वसम्मतिले पास गरेको छ। त्यसैगरी, वार्षिक विकास कार्यक्रम (बजेट) माथि दफावार छलफलका गर्न आइतबार बिहान ११ बजे नगरसभाको अर्को बैठक आह्वान गरिएको छ। शनिवारको नगरसभा बैठकमा नगरसभा सदस्यहरूले आ–आफ्नो धारणा राखेका छन्। आइतबार वार्षिक विकास कार्यक्रम...