पोखरा

विभिन्न पार्टी परित्याग गरी ३ सय ६७ युवा एमाले प्रवेश
पोखरा । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राप्रपा परित्याग गरी ३ सय ६७ युवा मंगलबार नेकपा (एमाले) प्रवेश गरेका छन् । कास्कीको मादी ९ का युवा नेता कृष्ण थापाको नेतृत्वमा सचिन गुरुङ, राहुल कार्की, मनिष ठकुरी, सुजन गुरुङ, शंकर क्षत्री, श्याम थापा, सुजन राना, साजन गुरुङ, प्रविण अधिकारी लगायतका युवालाई पार्टीका उपमहासचिव तथा सूचना...
प्राइम सहकारीको रकम अपचलनमा एक जना कारागार चलान
पोखरा । सहकारी ठगी प्रकारणमा पक्राउ परेका तनहुँ व्यास नगरपालिका वडा नं. १० बस्ने ५६ वर्षका शंकरनारायण श्रेष्ठ जेल चलान भएका हुन् । पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनमा रहेको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना, अपचलन एवं ठगी कसुरमा उनीकारागार चलान भएका हुन् । अदालतले आज ५० लाख धरौटी माग गरेकोमा उक्त रकम...
पोखरा–मुग्लिन सडक
पश्चिम खण्डमा सडक विस्तार ३ वर्षमा ३२ प्रतिशत मात्रै काम, एक वर्ष म्याद थपको माग
पोखरा । पृथ्वी राजमार्गको पोखरा मुग्लिन सडक अन्तर्गत पश्चिमतर्फ पोखरा— जामुने खण्डमा सडक विस्तारको काम निकै सुस्त देखिएको छ । काम सुरु भएको तीन वर्षमा जम्मा ३२ प्रतिशत मात्रै काम भएको छ । उक्त खण्डमा २०७८ भदौदेखि काम सुरु भएको हो । ठेक्काको म्याद सकिएपछि थपिएको १ सय दिन पनि सकिँदै छ । मंसिर २०...
रवि लामिछानेलाई १५ दिन हिरासतमा राख्न अदालतको अनुमति
पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रविलामिछानेलाई १५ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । न्यायाधीश भीमलाल बेलबासेको इजलासले रविलाई १५ दिन हिरासतमा राख्द्यन अनुमति दिएको हो । लामिछानेलाई कात्तिक २५ गते १३ दिन म्याद थप भएको थियो । लामिछाने माथि सहकारी ठगीसँगै संगठित अपराध...
बालिकालाई याैन कार्यमा लगाउने ३ जना पोखरामा पक्राउ
पोखरा । बालिकाहरुलाई जबरजस्ती यौन कार्यमा संलग्न गराएको आरोपमा  कास्की प्रहरीले  ३ युवतीलाई पक्राउ गरेको छ । होटलका कोठामा ४ जना बालिकालाई  राखेर यौनशोषण गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम कास्कीबाट खटिएको प्रहरी टोलीले गोरखाको पालुङ्टार नगरपािलका वडा नं.४ स्थायी घर भई हाल लेकसाइड बस्ने  वर्ष १९की  ममता...
गरिमाको १८ औं वार्षिकोत्सव,
गरिमाले पोखरामा गरेको रक्तदानमा १ सय ६६ युनिट रगत संकलन
पोखरा । गरिमा विकास बैंकले विविध कार्यक्रम गरी आफ्नो १८ औं वार्षिकोत्सव आज मनाएको छ । वार्षिकोत्सवकै अवसरमा आज पोखराको क्षेत्रीय कार्यालयमा भएको रक्तदानमा १ सय ६६ युनिट रगत संकलन भएको छ । बैंकका पूर्वअध्यक्ष चन्दकान्त बराल र जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख शोभा पाण्डेले पहिलो रक्तदातातालाई ब्लडब्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए ।...
बडातिहारका लागि खर्च जुटाउन राउटे पोखरामा
पोखरा । खर्च जुटाउन सुर्खेतबाट राउटे समुदाय पोखरा आएका छन् । राउटे समुदायका मुखिया शेरबहादुर रासकोटी शाहीको नेतृत्वमा ७ जनाको टोलीले हिजो पोखरा आएको हो । राउटे समुदायको मंसिर ११ र १२ मा परेको मुख्य पर्व बडातिहारको लागि खर्च जुटाउन पोखरा आएको मुखिया शेरबहादुरले सुनाए । उनीहरुले गण्डकीका मन्त्रालय र पोखरा महानगर पालिकामा सहयोग मागेका...
लोक संगीतका शिखर व्यक्तित्व झलकमानको आज स्मृति दिवस
पोखरा । नेपाली लोक संगीतका शिखर व्यक्तित्व झलकमान गन्धर्वको आज स्मृति दिवस । उनको ६८ वर्षको उमेरमा २०६० मंसिर ६ गते काठमाडौमा निधन भएको थियो । पर्यटनको राजधानी सहर पोखरास्थित बाटुलेचौरको एउटा विपन्न गरिब गन्धर्व परिवारमा विसं. १९९२ साल वैशाख १२ गते उनको जन्म भएको हो । ९ वर्षको बाल्यकालदेखि नै सारंगी बजाउन जानिसकेका झलकमान...
पोखराको केदारेश्वर महादेव मन्दिर परिसर सरसफाइ
पोखरा । कर्मचारी मिलन केन्द्र कास्कीको आयोजनामा हरेक महिना गर्दै आइएको सम्पदा सरसफाई अभियान अन्तर्गत फेवाताल किनाराको केदारेश्वर महादेव मन्दिर परिसरमा सरसफाइ गरिएको छ । प्रत्येक महिनाको ५ गते गर्दै आइएको सरसफाइ अभियान अन्तर्गत यसपटक केदारेश्वर मन्दिर परिसर छनौट गरिएको कर्मचारी मिलन केन्द्र कास्कीका अध्यक्ष लोकनाथ आचार्यले बताए । राष्ट्रसेवक कर्मचारीहरूले सार्वजनिक सेवा प्रवाहका साथै...
पोखरा युनाइटेड एकेडेमीमा स्पोर्टस मिट
पोखरा । पोखराको भद्रकाली मार्गमा रहेको पोखरा युनाइटेड एकेडेमीमा वार्षिक स्पोट्र्स मिट २०८१ सुरु भएको छ । तीन दिनसम्म संचालन हुने उक्त स्पोर्टस मिटको आज संघीइ सांसद मनबहादुर गुरुङले उद्घाटन गर्दै विद्यालयले शिक्षासँगै खेलाडी उत्पादनको लागि विभिन्न खेलकुद गतिविधि गर्नुपर्नेमा जोड दिनु भयो । उनले हरेक व्यक्तिसँग विभिन्न क्षमता हुने हुँदा आफ्नो प्रतिभा प्रष्फुटन गर्न...