पोखरा

लिटरेचर फेस्टिभल: ‘घरबाट स्कूलसम्म’ विषयमा छलफल
पोखराको लेकसाइडस्थित वाराहीघाटमा सुरु लिटरेचर फेस्टिभलमा पहिलो दिन बाल विकास विज्ञ डा. मीनाक्षी दाहालसँग ’घरबाट स्कुलसम्म’ शीर्षकमा छलफल गरिएको छ। फिस्टेल एकेडेमीका कार्यकारी निर्देशक दिनकर नेपालले गरेको छलफलमा बालबालिकाको विकासक्रममा अपनाउनुपर्ने संवेदनशीलतालगायत विविध पक्षबारे अन्तरक्रिया गरिएको छ। एउटै विद्यालयमा गइरहेका बालबालिकाले पनि आफ्नो वर्गअनुसार फरक कक्षा कोठा, फरक शिक्षकको शिक्षा लिनुपर्ने अवस्था रहेको डा. दाहालको...
१० औं संस्करणको लिटरेचर फेस्टिभल पोखरामा सुरु
पोखरामा १० औं संस्करणको नेपाल लिटरेचर फेस्टिभल सुरु भएको छ। पोखराको लेकसाइडस्थित बाराहीघाटमा सुरु भएको फेस्टिभलमा करिब २ सय वक्ता र हजारौंको संख्यामा सहभागीहरु रहनेछन्। पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यले फेस्टिभलको उद्घाटन गरे। आचार्यले फेस्टिभललाई पोखराको गौरवको विषयको संज्ञा दिए। सधैँ साथ दिन तयार रहेको उनको प्रतिबद्धता थियो। आचार्यले भने, ‘पोखराले लिटरेचर फेस्टिभलजस्तो दुर्लभ अवसर...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडान सफल
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन उडानको सुरुआत गरिएको छ। विमानस्थलमा आज (बिहीबार) यति एयरलाइन्सले पहिलो प्रदर्शन उडान सफलतापूर्वक सम्पन्न गरेको हो। एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले दिउँसो २:१५ बजे पुरानो विमानस्थलबाट उडान गरी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा २:२७ मा अवतरण भएको जानकारी गराएका छन्। ‘मुलुकको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा आज यतिले प्रदर्शन उडान सम्पन्न गरेको छ, उडानका...
११ औं संस्करणको ‘पोखरा महोत्सव’को तयारी तीब्र
पोखरामा पुसको २७ गतेदेखि सुरु हुने ११ औं संस्करणको पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ। स्थानीय युनाइटेड क्लवको आयोजनामा २७ गतेदेखि माघको ९ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने महोत्सवको तयारी तीब्र पारिएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। स्थापनाकालदेखि युनाइटेड क्लवले पोखराको अमरसिंह चौरमा पोखरा महोत्सवको आयोजना गरी शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन...
लेखनाथ महोत्सवको तयारी पूरा
१८ औं संस्करणको लेखनाथ महोत्सव बिहीबारदेखि सुरु हुँदैछ। लेखनाथस्थित डाँडाकोनाकमा आयोजना गरिएको महोत्सव १८ गतेसम्म चल्नेछ। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संबृद्धि’ मूल नारा दिएर लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य संघको संयुक्त आयोजना हुन लागेको महोत्सवको तयारी पूरा भएको छ। स्टल निर्माणसँगै सजावटको काम भइरहेको छ। महोत्सवमा २३७ स्टल रहनेछन्।...
कवि शिरोमणि लेखनाथ पौडेलप्रति समर्पित कविता वाचन
१८ औं लेखनाथ महोत्सवको पूर्वसन्ध्यामा आज (सोमबार) १८ कविहरुले १८ कविता वाचन गरेका छन्। कवि सिरोमणी लेखनाथ पौडेलमा समर्पित गरेर उनीद्वारा रचना गरिएका १८ कविता १८ जना कविहरुले वाचन गरेका हुन्। कार्यक्रममा कवि शिरोमणि पौडेलले रचना गरेका कवितामध्ये कविहरु ऋषिकेश बरालले ‘ऋतुविचार’, तारानाथ पराजुलीले ‘पूर्बस्मृति’, डा. इश्वरमणि अधिकारीले ‘चरीको बिलाप’, जीवनसागर भण्डारीले ‘गौँथलीको चिरीबीरी’, अमृता...
पोखरामा साइकल दौड र ‘टुर दि पोखरा’ हुँदै
पर्यटकीय सहर पोखरामा बिहीबार साइकल दौड र शनिबार ‘टुर दि पोखरा’ हुँदैछ। पोखरा महानगरपालिका कार्यालय मातहतको खेलकुद विकास समितिको आयोजनामा आगामी बुधबार ‘दोस्रो मेयर कप साइकल दौड प्रतियोगिता’ को तयारी पूरा भएको आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। जसमध्ये ३ विधामा हुने ५० किलोमिटर दूरीको साइकल दौडको तयारी गरिएको साइकल सिटी पोखराले सोमबार...
पोखरा सडक महोत्सव: ‘स्वास्थ्य र पर्यटनका लागि हाइकिङ’
रेवान पोखराले आउन लागेको पोखरा सडक महोत्सवको पूर्वाद्धमा पोखरादेखि धम्पुससम्मको एक दिवसीय हाइकिङ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पोखरामा क्रियाशील झण्डै २ दर्जन पत्रकारसहित आयोजक रेवान पोखराको टोली सहभागि थिए। टोलीले पोखराको लेकसाइडबाट काँडेसम्म बस यात्रा तथा काँडेबाट अष्ट्रेलियन वेस क्याम्प हुँदै धम्पुससम्म ३ घण्टाको पैदल यात्रा गरे। अंग्रेजी नयाँ वर्ष पारेर रेवान पोखराले हरेक...
पोखराको ल्याण्डफिल्ड साइडमा आजदेखि फोहोर फ्याँक्न रोक लगाइयो
पोखराको छिनेडाँडास्थित ल्याण्डफिल्ड साइडमा आज (आइतबार)देखि फोहोर फ्याँक्न रोक लगाइएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा बाधक बनेको ल्याण्डफिल्ड बाधक बनेपछि फोहर फ्याँक्न रोक लगाइएको हो। पोखरा महानगरपालिकाले तत्कालका लागि फोहोरको व्यवस्थापन गर्न विभिन्न वडाहरूमा अल्पकालीन व्यवस्था मिलाइएको जनाएको छ। पोखरा महानगरपालिकाका प्रवक्ता मोतीलाल तिमिल्सिनाका अनुसार तत्कालका लागि क्षेत्रगत रुपमा फोहोर व्यवस्थापन गर्ने निर्णय महानगरले गरेको...
पत्रकार आरजू विष्ट ‘सल्यानी’ लाई युआरएल पत्रकारिता पुरस्कार प्रदान
पत्रकार आरजू विष्ट ‘सल्यानी’ युआरएल स्वास्थ्य पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानीत भएका छन्। गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले स्थापना र संचालन गरेको यो पुरस्कारको राशी नगद २० हजार र ताम्रपत्र छ। प्रमुख अतिथ पोखराका मेयर धनराज आचार्य र युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले युआरएलको शुक्रबार आयोजित एक कार्यक्रममा नगदसहित सम्मानपत्र, खादा, माला...