पोखरा

पोखरा १९ को चुरुङ्गामा आज दोस्रो संस्करणको दाँई महोत्सव हुँदै
पोखरा । पोखरा १९ को चुरुङ्गामा शनिबार दोस्रो संस्करणको दाँई महोत्सव २०८२ हुने भएको छ । पोखरा पर्यटन परिषद्को आयोजनामा हुने उक्त महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटक एवं दर्शक तथा ददेराहरु गरी करिब एक हजार जनाको महोत्सवमा सहभागि हुने बताइएको छ । “पोखरा सबै मौसमका लागि आकर्षक गन्तव्य” भन्ने मूल नारासहित महोत्सवमा विभिन्न नगद सहितको...
पोखरामा मंसिर १७ गतेदेखि राष्ट्रिय औद्योगिक व्यापार मेला तथा क्यान ईन्फाेटेक हुने
पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घले यही मंसिर १७ देखि २१ गतेसम्म नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेकको २०८२ पोखराको आयोजना गर्ने भएको छ । आयोजक संस्था पोखरा उद्योग वाणिज्य सङ्घले मङ्गलबार पत्रकार सम्मेलनमार्फत् मेलाको तयारी चलिरहेको र यो पटक मेलाको मुख्य सहयात्रीको रुपमा पोखरामै रहेको नेपाल...
पोखराको राष्ट्रिय मावि व्यवस्थापन समितिका अध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरा । कास्कीको राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामविक्रम राणासहित ८ जना व्यक्ति र एउटा निजी विद्यालयविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।सामुदायिक विद्यालयको भवन कानून विपरीत निजी विद्यालयलाई भाडामा दिई भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाण्डौमा मुद्दा दायर गरेको हो । पोखरा महानगरपालिका वडा नम्बर १ काे पुरानो...
पोखरा उवा संघको व्यापार मेलामा जोडियो नेपाल मणिपाल अस्पताल
पोखरा, ३० कात्तिक । पोखरा उद्योग वाणिज्य संघले वर्षेनी आयोजना गर्दै आइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको ३४ औं संस्करण तथा १३ औं क्यान इन्फोटेक २०८२ सँग नेपाल मणिपाल अस्पताल जोडिएको छ । ३४ औं संस्करणको ‘राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेक २०८२’ यही मंसिर १७ देखि २१ गतेसम्म पोखरा ९,नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा...
भष्ट्राचारको छानबिन नेकपा एमालेबाट सुरु गर्न नेता खगराज अधिकारीको आग्रह
पोखरा। नेकपा एमाले स्थायी कमिटी सदस्य खगराज अधिकारीले भष्ट्राचारको छानबिन नेकपा एमालेबाट सुरु गर्न आग्रह गर्नुभएको छ । जेनजी आन्दोलपछि उत्पन्न परिस्थितिमा लोकतन्त्रको जर्गेना र संविधानको रक्षाका लागि भन्दै नेकपा एमाले पोखरा महानगर कमिटीले मंगलबार पोखरामा प्रर्दशन गरेको र्‍ यालीपछि आयोजित कोण सभामा बोल्दै उहाँले नेकपा एमालेका अध्यक्ष केपी ओलीबाट नै भष्ट्राचारको छानबिन सुरु गर्न...
पोखरामा ४५ जना सशस्‍त्र प्रहरी सहायक निरीक्षक दीक्षित
पोखरा । सशस्त्र प्रहरी बलका अतिरिक्त सशस्त्र प्रहरी महानिरीक्षक (एआइजी) बंशीराज दाहालले समय र परिस्थिति अनुसार सुरक्षा चुनौती बदलिने बताउनुभएको छ । पोखराको लामापाटनस्थित सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालमा सञ्चालन भएको सि.स. १७ (ख) सशस्त्र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा बिहीबार बोल्दै एआइजी दाहालले बदलिरहने सुरक्षा चुनौतीलाई सामना गर्ने...
पोखराको न्युरोडमा दुवै साइड पार्किङ हुनुपर्ने माग गर्दै व्यवसायीको ध्यानाकर्षण
पोखरा । पोखरा न्युरोडका ब्यवसायीहरुले एकतर्फी पार्किङका कारण व्यवसायीहरु पलायन हुने क्रम बढेको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन । पोखरा सभागृह देखि बिपी चोक सम्म पश्चिम साइडका झण्डै २ सय व्यवसायीहरुले न्युरोडमा एकतर्फी पार्किङका कारण व्यवसाय सञ्चालनमा अफठेरो परेका कारण पलायन हुने क्रम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय कास्की, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की,...
३४औं राष्ट्रिय औद्योगिक व्यापार मेला एवं १३ औं क्यान इन्फोटेक मंसिर १७ देखि २१ गतेसम्म हुने
पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घले आउँदो मंसिर १७ देखि २१ गतेसम्मको लागि घोषित ‘३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला–२०८२,पोखरा एवं १३ औं क्यान इन्फोटेक २०८२ को तयारी सुरु गरेको छ । सङ्घका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक गोकर्ण कार्कीका अनुसार पोखरा ९,प्रदर्शनी केन्द्रमा मेला आयोजना गरिने छ । सङ्घले मेलालाई विशुद्ध स्वदेशी उत्पादन...
एमालेले पोखरामा गर्‍यो मोटरसाइकल र्‍याली प्रदर्शन
पोखरा । नेकपा (एमाले) जिल्ला कमिटी, कास्कीले पोखरामा शनिबार बृहत् मोटरसाइकल र्‍याली निकालेको छ । जेनजी आन्दोलनपछि दाङलगायत देशका विभिन्न स्थानमा गरिएको र्‍यालीको निरन्तरता स्वरूप कास्कीमा पनि र्‍याली निकालिएको एमालेले जनाएको छ । पोखरा सभागृहबाट सुरु र्‍याली पृथ्वीचोक, नयाँ बजार, महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, सिर्जनाचोक, लेकसाइड हुँदै शहीद चोक पुगेर कोणसभामा परिणत भएको थियो । एमाले...
प्रहरी कार्यालयमा तोडफोड, आगजनी र हातहतियार लुटपाटमा संलग्न १० जना पक्राउ
पोखरा । कास्की जिल्लामा जेनजी आन्दोलनका क्रममा प्रहरी कार्यालयमा तोडफोड, आगजनी र हातहतियार लुटपाटमा संलग्न १० जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, कास्कीले मंगलबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुको विवरण सार्वजनिक गरेको हो। प्रहरीका अनुसार गत भदौ २४ गतेको  जेनजी आन्दोलनका क्रममा जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय बगर र प्रहरी चौकी...