पोखरा

पोखरामा जेनजी आन्दोलन हिंसात्मक, सरकारी र निजी सम्पत्तिमा आगजनी
पोखरा । जेनजी आन्दोलनले मंगलबार पोखरामा हिंसात्मक रुप लिँदै सरकारीदेखि निजी सम्पत्तिसम्म ध्वस्त बनाएको छ । बिहान ९ बजेदेखि सुरु भएको प्रदर्शन दिनभर उग्र बनेपछि संसद् भवन, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रदेश प्रमुखको निवाससहित अधिकांश सरकारी निकायमा तोडफोड तथा आगजनी भयो ।आगलागी गरिएका कार्यालयहरु जलेर ध्वस्त भएका छन् भने महत्वपूर्ण कागजात नष्ट भएका छन् ।...
एमाले कास्की पार्टी कार्यालयमा आगजनी
पोखरा ।  नेकपा एमाले कास्कीको कार्यालयमा आगजनी भएको छ । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरुले  शान्तिवनमा रहेको कार्यालयमा आगजनी गरेका हुन् । प्रदर्शनमा उत्रिएका जेनजी समूहले पोखरा महानगरपालिकाको कार्यालय, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाको घर, पोखराका मेयर धनराज आचार्यको घर, पोखरा इभेन्ट सेन्टर लगायत संरचनामा आगजनी र तोडफोड गरेका छन् ।...
पोखराको बुलौदीमा रहेको इभेन्ट सेन्टरमा आगजनी
पोखरा । पोखरा बुलौंदीस्थित पोखरा इभेन्ट सेन्टरमा आगजनी भएको छ । सोमबारदेखि प्रदर्शनमा उत्रिएका जेनजीहरुले इभेन्ट सेन्टरमा आगजनी गरेका हुन् । अहिले काठमाडौं, पोखरा लगायत देशका विभिन्न ठूला शहरहरुमा प्रदर्शन भइरहेको छ । शीर्ष नेतका घर, पार्टी कार्यालय, प्रहरी कार्यालयहरूमा प्रदर्शनकारीहरूले लगातार ढुंगामुढा गरिरहेका छन् ।
आन्दोलनकारीद्वारा पोखरा महानगर तोडफोड र आगजनी
पोखरा । आन्दोलनकारीले पोखरा महानगरपालिकाको कार्यालयमा भीषण आगजनी र तोडफोड गरेका छन् । महानगर कार्यालय अघि खटिएका सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडपका क्रममा सुरक्षाकर्मीलाई हटाएर आन्दोलनकारीले कार्यालय कब्जा गरेका छन् । उनीहरूले महागरभित्रै पसेर तोडफोड र आगजनी गरका छन् । महानगरभित्र रहेका सवारी साधनलाई बाहिर ल्याएर आगजनी गरिएको छ । भित्रै रहेका सवारीसाधन तोडफोड र आगजनी गरिएको...
जेन जीको आन्दोलनलाई मध्य नजर गरेर पोखरामा कर्फ्यु जारी
पोखरा । जेन जीको आन्दोलनलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय, कास्कीले पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माले मंगलबर जारी गरेको कर्फ्यु आदेशमा भदौ २४ गते राति १० बजेसम्म तोकिएको क्षेत्रमा भेला, जुलुस, प्रदर्शन तथा धर्ना गर्न नपाउने उल्लेख गरिएको छ । जेन जी प्रदर्शनकारीले हिजो सोमबार...
पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी अध्यक्षमा एनकुमार साई निर्वाचित
पोखरा । पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी लिमिटेड, पोखराको हालै सम्पन्न निर्वाचनबाट नयाँ कार्यसमिति चयन भएको छ। अध्यक्षमा एन कुमार साई विजयी भए। उनले ६०८ मत प्राप्त गर्दै प्रतिस्पर्धी विज्ञान श्रेष्ठलाई ८४ मत अन्तरले पराजित गरे। श्रेष्ठले ५२४ मत पाए। सञ्चालक पदतर्फ हेमन्त मल्ल ८४० मतसहित सर्वाधिक मत ल्याउँदै विजयी भए। त्यस्तै जय प्रसाद शर्मा र...
जेनजीको आन्दाेलनलेउग्र रुप लिएपछि कास्कीका निषेध आज्ञा जारी
पोखरा । जेन जीको आन्दोलन नियन्त्रणा बाहिर जानथालेपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा निषेधाज्ञा जारी गरेको छ । प्रहरी घेराभित्र रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तोडफोडका र आगजनी प्रयास भएपछि पार्दी आसपासमा निषेधाज्ञा  जारी गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माद्वारा हस्ताक्षरित सूचना अनुसार, २०८२ असार २३ गते...
जेन जी प्रदर्शनकारीले गरे गण्डकीको मुख्यमन्त्री कार्यालयमा तोडफोडको प्रयास
पोखरा । ‘जेन जी’ प्रदर्शनकारीले पोखरा-७ मा रहेको गण्डकी प्रदेशका मुख्यमन्त्रीको कार्यालयमा तोडफोडसहित आगजनीको प्रयास गरेका छन् । सोमबार सभागृह चोकमा भएको प्रदर्शनपछि गएका प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालयमा ढुङ्गामुढा गरेका हुन् । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीका फोहोरा प्रहार गरेको थियो । प्रदर्शनकारीले सरकारद्वारा सामाजिक सञ्जाल बन्द गर्ने निर्णयदेखि भ्रस्टाचारसम्मका विषयमा आवाज उठाएका छन् ।...
जन्म दिनको अवसरमा पुष्पले गरे विद्यालयमा अक्षयकोष स्थापना
पोखरा । जन्म दिनको अवसरमा पोखरा २८ आरुपाटाका पुष्पराज त्रिपाठीले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । लायन्स क्लब पोखरा कालिका भ्यु टाउन अध्यक्षसमेत रहेका त्रिपाठीले आफूले अध्ययन गरेको लेखनाथ आधारभूत विधालयमा एक लाख एक रुपैंयाँको अक्षयकोष स्थापना गरेका हुन् ।अक्षयकोषको प्राप्त व्याजले जेहेन्दार विद्यार्थीलाई पुरस्कृत गर्नेगरी अक्षयकोष स्थापना गरेको त्रिपाठीले बताए । विद्यालयमा अध्ययनरत ७...
कलम सहकारीको साधारणसभा सम्पन्न
पोखरा । पोखरा ९ पालिखेचोकमा रहेको कलम बचत तथा ऋण सहकारी संस्थाको १५ औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष दीपकराज बास्तोलाले सहकारी आन्दोलनमा प्रतिबद्ध भएर लाग्दा सहकारीमा लागेको बादल हट्ने विश्वास व्यक्त गर्दे बास्तोलाले भने, ‘प्रतिबद्ध भएर लागौं, बादल हट्छ, हट्छ ।’ केही सहकारी मात्रै समस्याग्रस्त भएकोमा...

Copy - Advertisement


 

This will close in 10 seconds