पोखरा

प्रेस चौतारी कास्की अध्यक्ष मोतीलाई मातृशोक
पोखरा । प्रेस चौतारी कास्कीका अध्यक्ष मोतीसागर अधिकारीलाई मातृशोक परेको छ । उहाँकी आमा छली अधिकारीको ६९ वर्षको उमेरमा सोमबार दिउँसो निधन भएको हो । अधिकारीको हृदयघातका कारण निधन भएको हो । सोमबार दिउँसो एक्कासी हृदयघात भएपछि उहाँलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । स्वर्गीय अधिकारीको आज मंगलबार पोखरा २५ को...
हरितालिका तीज महिला स्वतन्त्रताको भावना मुखरित गर्ने पर्वः प्रदेश प्रमुख
पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले नेपाली हिन्दू महिलाहरूको महान् पर्व हरितालिका (तीज) महिला मुक्ति तथा स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व भएकाले छुट्टै महत्व बोकेको बताउनुभएको छ । तीजका अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्नुहुँदै भट्टले सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको यस पर्वले नेपालीलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा...
लेखनाथ उद्योग वार्णिय संघको १५ औं अधिवेशन
राजेन्द्र ओझा नेतृत्व टिमको प्रतिवद्धता पत्र सार्वजनिक
पोखरा । पोखरा महानगरपालिका भित्रपर्ने (साविक लेखनाथ नगरपालिका) का उद्योगी व्यवसायीलाई चुनाव लागेको छ । लेखनाथ उद्योग वाणिज्य संघको १५ औं अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने भएपछि उद्योगी व्यवसायीलाई चुनाव लागेको हो । संघको अधिवेशन भदौ २० र २१ गते पोखरा महानगरपालिका वडा नम्बर २९ भण्डारढिकमा हुँदैछ । चुवनामा राजेन्द्र ओझा र जानुका पराजुली अधिकारी...
पोखरा विमानस्थलमा एक रुपैंयाँ पनि भ्रष्टाचारको नभएको  महानिर्देशक अधिकारीको स्पष्टीकरण
पोखरा । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा प्राधिकरणले एक रुपैयाँ पनि खर्च नगरेको दाबी गरेका छन्। पोखरामा आयाेजित पत्रकार सम्मेलनमा उनले  २०७१ देखि २०७९ सम्म क्यानको खाताबाट विमानस्थल परिसरमा खर्चिएको कुनै रकम नभएको स्पष्ट पारे। संसदीय उपसमितिले विमानस्थल निर्माणमा १० अर्बभन्दा बढी अनियमितता भएको निष्कर्षसहित प्रतिवेदन...
पोखरा ४ मा तीज गीत प्रतियोगिता
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ४ को आयोजनामा वडा स्तरीय तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । बुधबार सम्पन्न प्रतियगितामा गणेशटोल मिसा पुच प्रथम भएको छ । प्रथम हुन सफल उक्त समूहले २२ हजार रुपैयाँसहित प्रमाण पत्र प्राप्त गरेको छ । महिला समाजसेवा समिति दोस्रो हुँदै १७ हजार रुपैयाँ र प्रमाण पत्र प्राप्त गर्यो...
 जनउत्तरदायी र जवाफदेही सेवा प्रवाहमा केन्द्रित हुन जिसस कास्की प्रमुख पौडेलको आग्रह  
पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्कीका पालिकाहरू संग असल अभ्यास बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गर्नु भएको थियो। पौडेलले कार्य सम्पादन र बिकास निर्माणका असल अभ्यास आदान प्रदान सहित समस्याहरूको निराकरण र प्रभाबकारी समन्वयका निम्ति कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै आपसी अनुभव आदान...
तीजकाे अवसरमा पोखराकाे लामाचौरमा तीज महोत्सव हुने
पोखरा ।   नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स), लामाचौरको आयोजनामा २७ औं संस्करणको ‘लामाचौर तीज महोत्सव–२०८२’ हुने भएको छ । संस्थाको २९ औं वार्षिक समारोह एवं तीज अवसरमा यही भदौ ८ देखि १० गतेसम्म लामाचौरको इन्द्रराज्यलक्ष्मी मावि प्रांगणमा सो महोत्सव हुन लागेको हो । मंगलबार पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष इ.दिनेश भण्डारीले संस्कृतिको जगेर्ना एवं खेलकुदको विकास...
कास्कीका फोटो पत्रकारले मनाए विश्व फोटोग्राफी दिवस
पोखरा । नेपाल फोटो पत्रकार संघ, कास्कीले शुभकामना आदानप्रदान गरी विश्व फोटोग्राफी दिवस मनाएको छ । संघले १ सय ८६ औं फोटोग्राफी दिवसको अवसरमा कास्कीको मादी गाउँपालिका– ५, सुनपदेलीमा शुभकामना आदानप्रदान, बधाई तथा तीज खाने कार्यक्रम गरेको हो । कार्यक्रममा संघका अध्यक्ष राम गुरुङलाई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले प्रदान गर्ने कञ्चन पत्रकारिता...
नेपाल पूर्वप्रहरी संगठनको ३५ औं स्थापना दिवस मनाइयो
पोखरा । नेपाल पूर्वप्रहरी संगठनको ३५ औं स्थापना दिवस मनाइएको छ । पूर्वप्रहरी संगठन इकाइ समिति लेखनाथले नेपाली महिलाहरुको पर्व हरितालिका तिजको अवसरमा पूर्वप्रहरी परिवार महिला संघका पदाधिकारी तथा सदस्यहरुलाई दर खुवाएर र बिरामी भएका आफ्ना सदस्यको स्वास्थ्य अवस्था बुझी स्वास्थ्य लाभको कामना गरेर मनाएको हो । समितिले पूर्वप्रहरी संगठनका सदस्य वीरबहादुर गुरुङ र प्रेम...
पोखराका तालहरु सफाइ गर्न पोखरा महानगर र लक्ष्मी हाउसबिच सम्झौता
पोखरामा रहेको तालहरुको सरसफाइ गर्न पोखरा महानगरपालिका र प्रतिष्ठित व्यावसायिक घरना लक्ष्मी ग्रुपबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । स्विस प्रविधिको प्रयोग गरेर पर्यटकीय सहर पोखरामा रहेका तालहरुको सरसफाइ गर्ने गरी सम्झौता भएको हो । विशेष गरी पोखरा महानगरपालिका र लक्ष्मी ग्रुपबिच वातावरण तथा पर्यावरण संरक्षणसँगै महानगर क्षेत्रमा रहेका तालहरूको सरसफाइ एवं रोजगारी सिर्जना सम्बन्धी...