पोखरा

पोखरा वडा नं. ५ को सुविधासम्पन्न भवन उद्घाटन
पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ५ को नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन भएको छ । बिहिबार एक समारोहका बीच महानगरका प्रमुख धनराज आचार्यले भवनको उद्घाटन गरेका हुन् । भवन उद्घाटन गर्दै उनले अब महानगरका ३३ वटा वडा मध्ये दुई वटा वडामा मात्र भवन बन्न बाँकी रहेको जानकारी दिए । उनका अनुसार वडा नम्बर ९...
चापापानी टोल विकास संस्थाको अधिवेशन सम्पन्न 
पोखरा । पोखरा महानगरपालिका १२ चापापानी टोल विकास संस्थाको छैठौं साधारणसभा तथा तेस्रो अधिवेशनले दान वहादुर बस्नेतको अध्यक्षतामा नया कार्यसमिति सर्वसम्मत चयन गरेको छ । संस्थाको उपाध्यक्षमा पुजा कार्की महासचिवमा भोजराज सुवेदी सचिवमा रसोधा बराल कोषाध्यक्षमा बुद्व कार्की रहेका छन् भने सदस्यहरुमा कमला कार्की ,राजु गुरुङ,सुरेन्द्र गुरूङ र रिविका थापामगर रहेका छन् । कार्यक्रममा बोल्दै...
कास्कीमा ३० विद्यालयका ६५ विद्यार्थीले ल्याए ४ जिपिए
पोखरा । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजा अनुसार कास्कीबाट ८ सामुदायिक विद्यालयका विद्यार्थीले ४ जिपिए ल्याएका छन् । राष्ट्रिय परीक्षा बोर्डले २०७२ देखि एसएलसी परीक्षा प्रणालीबाट परिवर्तन गरी एइई लागू गर्‍याे र परीक्षाफलमा ग्रेडिङ सिस्टम लागू गर्‍याे । त्यो बेलादेखि नै कास्कीका सामुदायिकका विद्यार्थीले ग्रेडिङको उच्चतम विन्दु ४...
बुद्व विशाल बजारमा निःशुल्क स्वास्थ्य शिविर, १५० जना लाभान्वित
पोखरा । बुद्व विशाल बजार व्यापारिक एशोसियसनको आयोजना तथा शहरी स्वास्थ्य प्रवर्द्वन केन्द्र पोखरा ८ को सहकार्यमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा १५० जना लाभान्वित भएका छन् । बुद्व विशाल बजारमा आयोजना गरिएको उक्त स्वास्थ्य शिविरमा व्यवसायीहरू,कर्मचारीहरूलाई उच्च रक्तचाप, मधुमेह,मोटोपन तथा मृगौला सम्बन्धी निःशुल्क जाँच गरिएको थियो । स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतना कार्यक्रममा शहरी स्वास्थ्य...
पोखरा कलेज अफ म्यानेजमेन्टका विद्यार्थी गरे नमुना पत्रकार सम्मेलन
पोखरा । पोखरा कलेज अफ म्यानेजमेन्टका  विद्यार्थीहरुले शुक्रबार नमुना पत्रकार सम्मेलनको अभ्यास गरेका छन् । पोखरा उद्योग वाणिज्य संघको सभाकक्षमा दुई वटा सेक्सनका ६९ जना विद्यार्थीहरुले ६ वटा समूहमा बाँडिएर अभ्यासको प्रस्तुति गरेका थिए । बिबिए अन्तिम सेमेस्टरमा ‘मिडिया र जनसम्पर्क’ विषय अध्ययनरत विद्यार्थीहरुले कार्यक्रममार्फत् मिडियासँग समन्वय गर्ने कला सिकेको कलेजका दिवा कार्यक्रम संयोजक सरोज...
गण्डकी विश्व विद्यालयमा स्थायी सेवा पदपूर्तिको बाटो खुल्यो
पोखरा । गण्डकी विश्वविद्यालयमा करारमा रहेका ७८ जना शिक्षक कर्मचारीलाई स्थायी नियुक्तिको प्रक्रिया अगाडि नबढाउन माग गर्र्दै दर्ता भएको रिट उच्च अदालत पोखराले खारेज गरिदिएको छ । मुख्य न्यायाधीश डा रत्नबहादुर वागचन्द र न्यायाधीश मीलनकुमार राईको इजलाशले सोमबार उक्त रिट खारेज गरिदिएसँग विश्वविद्यालयलाई शिक्षक र कर्मचारी स्थायी गर्ने बाटो खुलेको छ । ठूलो संख्यामा शैक्षिक...
विपद् प्रतिकार्यमा तयारी रहन सशस्त्र प्रहरीलाई मुख्यमन्त्री पाण्डेको निर्देशन
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संभावित जोखिमको पूर्वआँकलन गरी तयारी अवस्थामा रहन शसस्त्र प्रहरी बलसहित सबै सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी पोखराको २४ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले गण्डकी प्रदेश सबैखाले विपद्को उच्च जोखिममा रहेकोले विपद् प्रतिकार्यको लागि तयारी रहन सुरक्षा निकायलाई निर्देशन दिनुभएको...
पत्रकार महासंघ कास्कीमा मल्टिमिडिया पत्रकारिता तालिम
पोखरा । नेपाल पात्रकार महासंघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा आयोजित ३ दिने मल्टिमिडिया पत्रकारिता तालिम सुरु भएको छ । तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका सभामुख कृष्ण प्रसाद धितालले समाजलाई सचेत, सुशुचित र सक्रिय गराउने काम पत्रकारिताको भएको बताए । पत्रकारलाई गतिशिल बनाउन मदत गर्ने उनको भनाइ थियो । नेपाल पत्रकार महासंघ कास्कीका पुर्व...
पोखरामा दुई वटा प्याराग्लाइडिङ दुर्घटना, ४ जनाको उद्धार
पोखरा । पोखरामा दुई वटा प्याराग्लाइडिङ ल्याडिङ्ग गर्ने क्रममा दुर्घटनामा परेको छ । दुर्घटना स्थलबाट चार जनाको सकुशल उद्धार गरेको छ । पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको दुई वटा प्याराग्लाइडिङ ल्याडिङ गर्ने क्रममा अनियन्त्रित भई फेवा तालको बिच भागमा खसेको थियो । दिउसो करिब ३ बजे भएको दुर्घटनामा तत्कालै सशस्त्र प्रहरीको टोलीले  रेस्क्यु गरेको थियो ।...
तामाको तार चोरीमा संलग्न ४ जना पोखरामा पक्राउ
पोखरा । नेपाल टेलिकमको तामाको तार तथा अन्य घरायसी सामग्री चोरीको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले कास्की जिल्लाबाट ४ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूमाथि जिल्ला अदालत कास्कीबाट चोरी तथा डाँका सम्बन्धी कसूरमा ७ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, पोखरा महानगरपालिका–१४...