पोखरा

कास्की एमालेका आकांक्षीहरूको सूची सार्वजनिक, पूर्वमन्त्री विद्याले चुनाव नलड्ने
पोखरा ।आगामी प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरुकाे नाम सिफारिस गरेको छ ।  शनिबार बसेको निर्वाचन क्षेत्र कमिटीहरूको बैठकले सिफारिस गरेका आकांक्षीहरूको सूचीमा निवर्तमान सांसददेखि स्थानीय तहका बहालवाला जनप्रतिनिधिसम्म अटाएका छन्। यसपटकको सिफारिसमा  चर्चाको विषय बनेको छ— पूर्वशिक्षा मन्त्री एवं निवर्तमान सांसद विद्या भट्टराईको नाम समावेश नहुनु। भट्टराईले आफू स्वेच्छाले...
कास्कीमा अनलाइन ठगीको डरलाग्दो रूप: एक वर्षमै १९ करोड गुम्यो, सचेत रहन एसपी कार्कीको आग्रह
पोखरा। कास्कीमा अनलाइन ठगीको जालो भयावह बन्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीका अनुसार पछिल्लो एक वर्षमा मात्रै जिल्लाभित्र अनलाइनमार्फत १९ करोड रुपैयाँभन्दा बढी ठगी भएको छ । सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा बैदामको २२ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै एसपी कार्कीले यो तथ्याङ्क...
२०२६ लाई स्वागत गर्न लेकसाइड तयार
मध्यरातमा भव्य आतिसबाजी र पोखरा सडक महोत्सवको उल्लास
पोखरा । चिसो मौसम, तर तातो जोस! आज डिसेम्बर ३१, अर्थात् सन् २०२५ लाई बिदा गरेर नयाँ वर्ष २०२६ लाई स्वागत गर्ने विशेष रात। पोखराको लेकसाइड आज झनै उज्यालो र झकिझकाउ हुँदैछ। पोखरा सडक महोत्सवको रौनकले छोपिसकेको लेकसाइडमा आज मध्यरात १२ बजे नयाँ वर्षको ‘काउन्टडाउन’ सँगै भव्य आतिसबाजी (Fireworks) गरिने तयारी पूरा भएको छ। आकाश...
एनसिसी अल्मुनाईका ८ वर्ष
गण्डकी प्रदेश एनसिसी अल्मुनाई एसोसिएसनको लोभलाग्दो प्रगति र सेवा यात्रा
पोखरा । नेपालमा अनुशासित र राष्ट्रप्रेमी युवा जनशक्ति तयार गर्ने उद्देश्यका साथ स्थापित राष्ट्रिय सेवा दल (NCC) को तालिम लिएका भूतपूर्व क्याडेटहरूको संगठन ‘एन.सि.सि. अल्मुनाई एशोसिएसन’ (NCCAA) गण्डकी प्रदेशले आफ्नो स्थापनाको ८ औँ वर्षको यात्रामा सामाजिक सेवा र राष्ट्रिय एकताको एउटा बलियो खम्बाको रूपमा आफूलाई उभ्याएको छ। यो एसोसिएसन नेपाली सेनाको फूलबारी ब्यारेक भित्र रहेको...
पोखराका युवा पत्रकार धनबहादुर काठमाडौंमा पुरस्कृत
पोखरा । नेपाल पत्रकार महासंघ कास्कीका सहसचिव तथा  युवा पत्रकार  धनबहादुर गुरुङ ‘पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कार’ बाट सम्मानित भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ नेपालले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनीसहित ६ जना पत्रकार पुरस्कृत भएका हुन् । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष रेशम गुरुङले उनीहरूलाई पुरस्कार प्रदान गरे । संघले हरेक...
सोह्रौँ राष्ट्रपति रनिङ सिल्ड तथा पाँचौ मेयर कप भाेलिदेखि पाेखरामा, ४ सय ४ पदमा प्रतिष्पर्धा 
पोखरा  ।  पोखरामा भाेलि देखि हुने सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक पोखरा महानगर खेलकुद विकास समितिले  दिएको जानकारी अनुसार प्रतियोगितामा कुल ४ सय ४ पदकका लागि ३ हजार ३ सय १२ विद्यार्थीले प्रतिष्पर्धा गर्नेछन् । पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीप...
 कांग्रेसपछि रास्वपा रोज्दै कुमार खड्का, कास्कीको राजनीतिमा नयाँ तरंग
 पोखरा । कास्कीको राजनीतिमा बेला बेलामा चर्चामा आइरहने  पात्रमध्येमा कुमार खड्का पर्छन् । विद्यार्थी राजनीतिबाट यात्रा सुरु गरेका खड्का समय–समयमा पार्टी परिवर्तन र धारिलो भूमिकाका कारण चर्चित हुँदै आएका छन् । नेपाली कांग्रेसप्रति आकर्षित हुँदै नेपाल विद्यार्थी संघबाट राजनीतिमा होमिएका उनी इन्जिनियरिङ अध्ययन संस्थान, लामाचौरको स्ववियु सभापति बनेपछि केही वर्ष बेलायत बसे । माओवादी शान्ति...
पोखरा पब्लिक स्कुलको मानव सेवा आश्रमलाई सहयोग
पोखरा । पोखराको चाउथेमा रहेको पोखरा पब्लिक स्कुलमा गठित सोसल वेलफेयरले कमिटिले पोखराको छोरेपाटनस्थित मानव सेवा आश्रमलाई विभिन्न सामग्री सहयोग गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वसन्तप्रसाद पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा आश्रमका लागि २५ थान प्लास्टिक कुर्ची, तातो चिसो पानी आउने वाटर डिस्पेन्सर, प्याम्पर्स, फलफूल तथा खाद्यान्न हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै विद्यालयका...
पोखरा महानगरकाे स्थापना दिवस
पोखरा महानगरले बाँड्यो नवरत्न सम्मान,कर्मचारी सम्मानित
पोखरा । पोखरा महानगरपालिकाले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका नौ जना विशिष्ट व्यक्तित्वलाई ‘पोखरेली नवरत्न’ बाट सम्मान गरेको छ । बुधबार महानगरको ६७ औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा संगीत, साहित्य, समाजसेवा, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रका हस्तीहरूलाई सम्मान गरिएको हो । विसं २०५५ मा सुरु भएर बीचमा रोकिएको यो सम्मानलाई महानगरले १० वर्षपछि पुनः निरन्तरता दिएको छ...
पाेखरा घुम्नका लागि देशका पूर्वी सहरमा निम्ताे बाँडेर फर्कियाे टाेली
पोखरा । पोखराका पर्यटनकर्मीले पोखरा घुम्नका लागि इटहरि, विराटनगर, जनकपुर र चितवनकाे भरतपुरमा पत्रकार सम्मेलन गरी निम्ता बाँडेका छन् । पोखरा भ्रमण वर्ष २०२५ र अंग्रेजी नयाँ वर्षको अवसरमा प्रत्येक वर्ष हुने पाेखरा सडक महोत्सवको अवसरमा निम्तो गर्न पाेखराका पर्यटनकर्मी र पाेखरा महानगरपालिका ती सहरमा पुगेका हुन् । पाेखरा  महानगरपालिकाले सन २०२५ लाई पाेखरा भ्रमण...