समाचार

पाँचौँ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता सुरु
धनुषाको नकटाझिजमा पाँचौँ संस्करणको सहाना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिता आज (सोमबार)बाट सुरु भएको छ। जिल्लाको मिथिला नगरपालिका र नेपाल हक्की संघले प्रतियोगिताको संयुक्त आयोजना गरेको हो। हिमालय युवा क्लबको खेल मैदानमा भएको प्रतियोगिताको पहिलो खेलमा लुम्बिनी प्रदेशले प्रदेश–१ लाई २–० गोलले हरायो। अर्को खेलमा नेपाल आर्मीले सुदूरपश्चिम प्रदेशलाई ६–० गोलले हरायो। तेस्रो खेलमा...
सबैले सम्झने खालको काम गर्छु: मन्त्री जुग्जाली
गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रेशमबहादुर जुग्जालीले आफू मन्त्री भएको समयमा सबैले सम्झने खालको काम गर्ने प्रतिबद्धता जनाएका छन्। नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीले आयोजना गरेको भेटघाट तथा स्वागत कार्यक्रममा उनले यस्तो बताएका हुन्। उनले भने, ‘आफू मन्त्री कति दिन हुने भन्ने टुंगो नभएपनि सांसद भने ५ वर्षसम्म रहन्छु।’ उनले म्याग्दीमा अलपत्र...
घनश्याम भुसालले भने, ‘स्वास्थ्य अवस्था सामान्य छ’
गाडी चलाउँदा–चलाउँदै बेहोश भएका एकीकृत समाजवादीका सचिवालय सदस्य घनश्याम भुसालले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्। आज (शुक्रबार) दिउँसो आफैँ गाडी चलाएर पार्टी कार्यालय जाँदै गर्दा उनी गाडीमै बेहोश भएर सामान्य दुर्घटनामा परेका थिए। त्यसपछि सिभिल अस्पताल भर्ना भएका उनले आफूलाई ठिक रहेको बताएका छन्। उनले आफ्नो आधिकारिक फेसबूक ह्यान्डलमा लेखेका छन्, ‘सडक...
गण्डकी प्रदेश सरकारले ऐन संशोधन प्रस्ताव टेबल गर्‍यो
गण्डकी प्रदेश सरकारले विनियोजन ऐन संशोधन प्रस्ताव गण्डकी प्रदेश सभामा टेबल गरेको छ। प्रदेश सरकारले गण्डकी प्रदेश सभामा चालु आर्थिक वर्षका लागि ल्याएको बजेट रकमान्तरणका लागि टेबल गरेको हो। आर्थिक मामिला मन्त्री सीता सुन्दासले संशोधनका लागि बनेको संशोधन प्रस्ताव प्रदेश सभामा टेबल गरेकी हुन्। उक्त संशोधन ऐनमा चैत्रपछि मात्र रकमान्तरण गर्न पाउने व्यस्था सहित टेबल...
फागुन १ देखि मुख्यमन्त्री कप भलिबल प्रतियोगिता
पोखरामा गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ। गण्डकी प्रदेश स्थापना दिवसको अवसरमा प्रदेश खेलकुद परिषदको आयोजना तथा गण्डकी प्रदेश भलिबल संघको प्राविधिक सहयोगमा फागुन १ देखि ३ गतेसम्म पोखरा रंगशालामा प्रतियोगिता संचालन हुने भएको हो। प्रदेश खेलकुद परिषदको शुक्रबार भएको कार्यकारी समितिको बैठकले उक्त प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको...
पोखरा–१५ का भूमिहीनलाई निस्सा
पोखरा महानगरपालिका वडा नं १५ का भूमिहीनलाई निस्सा वितरण सुरु गरिएको छ। पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङ, भुमि आयोग कास्कीका अध्यक्ष गंगा पोखरेल र पोखरा–१५ का वडाध्यक्ष तोरणबाहदुर बानियाँले निस्सा वितरण गरेका हुन्। उपप्रमुख गुरुङले सीमा गिरी पुरीलाई पहिलो निस्सा हस्तान्तरण गरेकी छन्। गुरुङले निर्वाचनले रोक्किएको निस्सा वितरण कार्य फेरी सुरु भएको बताइन्। कुनैपनि नागरिक...
गण्डकीका नीति तथा योजना आयोगका उपाध्यक्ष र सदस्यले लिए शपथ
गण्डकी प्रदेशका नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्षसहित सदस्यहरूले आज (बुधबार) शपथ लिएका छन्। गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले उपाध्यक्ष डा गिरिधारी शर्मा पौडेल सदस्यद्वय डा.सुभाष अधिकारी र डा.शान्ताकुमारी खत्रीलाई शपथ खुवाएका हुन्। आइतबारको मन्त्रिपरिषद् बैठकले उनीहरूको नियुक्तिको निर्णय गरेको थियो।
पोखरा–२३ लाई अन्तर वडा भलिबलको दोहरो उपाधि
पोखराको वडा नं २३ ले अन्तर वडा महिला तथा पुरुष भलिबल प्रतियोगिताको दोहरो उपाधि जितेको छ। पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको अन्तर वडा महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिला तथा पुरुष दुबैतर्फ पहिलो हुँदै दोहरो उपाधि जितेको हो। पोखरा रंगशालास्थित भलिबल कोर्टमा बुधबार भएको फाइनलमा वडा नम्बर २३ को महिला र पुरुष दुवै...
पोखरामा फागुन १६ देखि सृजना कप भलिवल प्रतियोगिता हुँदै
पाँचौं संस्करणको सृजना कप भलिवल प्रतियोगिता २०७९ आउँदो फागुन १६ देखि पोखरामा हुँदैछ। पोखराको सृजना विकास केन्द्र र कास्की जिल्ला भलिवल संघको आयोजनामा सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय छात्र/छात्रा भलिबल प्रतियोगिता आउँदो फागुन १६ गतेदेखि १९ गतेसम्म हुने भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ। प्रतियोगितामा विजेता हुने छात्र तथा छात्रा...
पोखरामा अन्तराष्ट्रिय स्तरको आइस हक्की ट्रेनिङ सेन्टर र क्रिकेट मैदान बनाउने मन्त्री गुरुङको प्रतिबद्धता
गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पन्चराम गुरुङले पोखरामा अन्तर्राष्ट्रियस्तरको हाइस हक्की ट्रेनिङ सेन्टर र क्रिकेट मैदान बनाउन बिशेष पहल गर्ने प्रतिबद्धता जनाएका छन्। पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति कास्कीलगायतका विभिन्न खेल संघसंस्थाहरुले मंगलबार पोखरामा संयुक्त आयोजना गरेको मन्त्री गुरुङको स्वागत तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो प्रतिबद्धता...